बराहक्षेत्रमा ठूलो परिमाणमा लागू औषधसहित युवक पक्राउ

  • मंसिर १५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ सुनसरीको बराहक्षेत्र नगरपालिका–७, बत्तिस टोलमा प्रहरीले विशेष सूचनाका आधारमा छापा मार्दै ठूलो परिमाणमा लागू औषध बरामद गरेको छ।

आईतबार राति करिब ९ः३५ बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले लागू औषध ओसार–पसार तथा कारोबार भइरहेको भन्ने गोप्य जानकारीका आधारमा गरेको कारबाहीमा एक युवक पक्राउ परेका हुन्।

प्रहरीका अनुसार पर्वत मोदी गाउँपालिका–६ घर भई हाल बराहक्षेत्र–६ का प्रेम तामाङको घरमा बस्दै आएका २७ वर्षीय दिनेश तामाङको चेकजाँच तथा खानतलासी गर्दा TRAMADOL HYDROCHLORIDE CAPSULE I.P. का ९ पत्ता (८७ क्याप्सुल) र SPASPAIN का ९ पत्ता (८८ ट्याब्लेट) फेला परेका छन्।

लागू औषधसहित पक्राउ परेका तामाङलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved