धरान/ जिल्ला प्रहरी कार्यालय सुनसरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ अन्तर्गत लागू औषध कारोबार, सेवन तथा समाजमा असामाजिक गतिविधिमा संलग्न १२० जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार २०८३ साल वैशाख ९ र १० गते साँझदेखि बिहानसम्म सञ्चालन गरिएको अपरेसनमा ११५ पुरुष र ५ महिलालाई नियन्त्रणमा लिइएको हो।कारबाहीको क्रममा २६।५६ ग्राम ब्राउन सुगर र ४४ पिस ट्याब्लेट समेत बरामद गरिएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएकामध्ये १५ जनालाई सुधार केन्द्र पठाइएको छ भने ७६ जनालाई सम्झाइ–बुझाइ गरी आफन्तको जिम्मा लगाइएको छ। यस्तै, २ जनाविरुद्ध लागू औषध मुद्दा दर्ता गरिएको छ भने एक
प्राधिकरणले प्राप्त गरेको विवरण अनुसार थापाथलीका सुकुमबासीमध्ये सबैभन्दा धेरै जग्गा दिनेशमान श्रेष्ठसँग रहेको पाइएको छ । काभ्रेको पाँचखाल स्थायी ठेगाना रहेका उनीसँग झन्डै १३ हजार वर्गमिटर अर्थात् करिब २५ रोपनी जग्गा रहेको देखिएको छ । उनको कारोबारको विवरण हेर्दा उनी घरजग्गा कारोबारी हुनसक्ने देखिएको प्राधिकरणले जनाएको छ । उनीसँग धनकुटाको हात्तीखर्कमा २३ रोपनी ३ आना, मकवानपुरको हाँडीखोलामा १ रोपनी १४ आना र मकवानपुरको भैंसेमा ८ आना जग्गा छ । त्यस्तै, मकवानपुरको धियाल स्थायी ठेगाना भएका चन्द्र बहादुर योञ्जनसँग ११ हजार ९३६ वर्गमिटर अर्थात् झन्डै २३ रोपनी जग्गा रहेको देखिएको छ । उनीसँग सिन्धुलीको
धरान/ सुनसरीको धरान उप–महानगरपालिका वडा नं. ८ गैरि टोलमा लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा एक युवक लागूऔषधसहित पक्राउ परेका छन्। मिति २०८३ वैशाख १० गते अपराह्न करिब ३:३० बजे अस्थायी प्रहरी पोष्ट वरगाछीबाट खटिएको प्रहरी टोलीले स्थानीय २५ वर्षीय तुफान विकको घर कोठा जाँच गर्दा ब्राउन सुगर ३।९३ ग्राम पदार्थ फेला पारेको हो। बरामद गरिएको लागूऔषधसहित विकलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।प्रहरीले लागूऔषध नियन्त्रण अभियानलाई थप कडाइका साथ अघि बढाइएको समेत उल्लेख गरेको छ।
धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१६, जोरसखुवा क्षेत्रमा मध्यराति ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध बरामद भएको छ। मिति २०८३ साल वैशाख ७ गते राति ११:४० बजेको समयमा लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष अपरेशन सञ्चालन गरेको थियो। प्रहरी टोलीले स्थानीय २० वर्षीय राहुल आचार्यको कोठामा चेकजाँच तथा खानतलासी गर्दा प्रतिबन्धित औषधी ट्रामाडोल ३,१०० क्याप्सुल र स्पास्पेन १४,०५० ट्याब्लेट गरी जम्मा १७,१५० क्याप्सुल तथा ट्याब्लेट बरामद गरेको जनाएको छ। उक्त घटनामा संलग्न रहे
धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१३ आँपगाछीस्थित कोशी लोकमार्गमा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले ५९ केजी प्रतिबन्धित गाँजासहित तीन जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो। मिति २०८३ वैशाख ५ गते बिहान करिब ११:१० बजे भेडेटारबाट धरानतर्फ आउँदै गरेको BR 10 PB 2241 नम्बरको भारतीय स्कार्पियो गाडीलाई शंका लागेर जाँच गर्दा सिटमुनी ‘फल्स बटम’ बनाएर लुकाइछिपाइ ल्याइएको गाँजा फेला परेको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक अमरदिप भण्डारीको कमाण्डमा खटिएको टोली तथा अस्थायी प्रहरी चौकी अमरहाटबाट प्रहरी सहायक निरीक्ष
धरान/ वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय आविष्कार केन्द्र बीच स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानलाई थप सुदृढ बनाउने उद्देश्यसहित समझदारीपत्र मा हस्ताक्षर भएको छ। प्रतिष्ठानले दीर्घकालीन नीति अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य विस्तार गर्ने क्रममा यो महत्वपूर्ण कदम चालेको हो। काठमाण्डौमा २०८३ वैशाख २ गते आयोजित विशेष कार्यक्रममा प्रतिष्ठानका तर्फबाट अस्पताल निर्देशक डा. जगत नारायण प्रसाद र आविष्कार केन्द्रका तर्फबाट महाप्रबन्धक संजय झा ले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए। कार्यक्रममा साक्षीका रूपमा प्रतिष्ठानका उपकुलपति प्रा.डा. बिक्रम प्र
धरान/ बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र काठमाडौंस्थित तिलगंगा आँखा प्रतिष्ठान बीच स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानमा सहकार्य विस्तार गर्ने उद्देश्यसहित समझदारीपत्र मा हस्ताक्षर भएको छ। बैशाख २ गते काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रतिष्ठानका उपकुलपति प्रा.डा. बिक्रम प्रसाद श्रेष्ठ र तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा.डा. सन्दुक रुइत ले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार अब दुई संस्थाबीच शिक्षक तथा विद्यार्थी आदान–प्रदान, संयुक्त आँखा स्वास्थ्य शिविर तथा सर्जिकल क्याम्प सञ्चालन, विशेषज्ञ सेवा विस्तार, साथै आँखा उपचार क
धरान/ २०८२ साल श्रावन २६ गते बिहान करिब ७ः१५ बजे सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ स्थित जमुवामटोलमा पूर्व–पश्चिम राजमार्गमा काकडभिट्टाबाट खोटाङतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको विङ्गर एक आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको थियो भने करिब २१ जना भन्दा बढी घाइते भएका थिए । घाइतेहरूलाई कोशी प्रदेशका विभिन्न अस्पतालमा पु¥याई उपचारपछि डिस्चार्ज गरिएको थियो ।त्यसैगरी, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ हुलाकी मार्गमा २०८२ माघ १ गते को १ ख ४५४१ नम्बरको ट्रक दुर्घटनामा पर्यो । टायल र मार्ब
सुनसरी/ मध्यरातमा गरिएको सवारी चेकजाँचका क्रममा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। मिति २०८३ साल वैशाख ३ गते बिहान करिब १:१० बजे बराहक्षेत्र नगरपालिका–३ स्थित कालिन्द्र सामुदायिक वन नजिक पकली–चतरा सडकखण्डमा अस्थायी प्रहरी चौकी नडाहाबाट खटिएको टोलीले शंकास्पद मोटरसाइकल रोकेर जाँच गरेको थियो। पकलीबाट उदयपुरतर्फ जाँदै गरेको स १० प ४५१० नम्बरको मोटरसाइकलमा सवार उदयपुर चौदण्डीगढी–६ का २६ वर्षीय राज राई र २७ वर्षीय खुसे राईलाई जाँच गर्दा उनीहरूले बोकेको झोलाभित्र लुकाइएको अवस्थामा ठूलो परिमाणमा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ। प्र
झापा/ जिल्ला झापाको शिवसताक्षी नगरपालिका–३ स्थित भोटे पुल मुनि नवजात शिशुको शव फेला परेको छ। मिति २०८३ साल वैशाख २ गते राति करिब ११:५० बजे उक्त स्थानमा नवजात (छोरा) शिशुको शव भेटिएको सूचना प्राप्त हुनासाथ प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो। प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको जनाएको छ। घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक जना संकास्पद व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ।