धरानमा मध्यराति ठुलो परिमाणमा प्रतिबन्धित औषधी बरामद, दुई युवा पक्राउ

  • वैशाख ८, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/  सुनसरीको धरान उपमहानगरपालिका–१६, जोरसखुवा क्षेत्रमा मध्यराति ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध बरामद भएको छ।

मिति २०८३ साल वैशाख ७ गते राति ११:४० बजेको समयमा लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर  र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष अपरेशन सञ्चालन गरेको थियो।

प्रहरी टोलीले स्थानीय २० वर्षीय राहुल आचार्यको कोठामा चेकजाँच तथा खानतलासी गर्दा प्रतिबन्धित औषधी ट्रामाडोल ३,१०० क्याप्सुल र स्पास्पेन १४,०५० ट्याब्लेट गरी जम्मा १७,१५० क्याप्सुल तथा ट्याब्लेट बरामद गरेको जनाएको छ।

उक्त घटनामा संलग्न रहेको आरोपमा राहुल आचार्यसहित धरान–११ गोदावरी चौक बस्ने १९ वर्षीय रोहित रिजाललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved