सुनसरीमा ‘स्वीप अपरेसन’ : १२० जना नियन्त्रणमा, ठूलो परिमाणमा लागू औषध बरामद

  • वैशाख ११, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/  जिल्ला प्रहरी कार्यालय सुनसरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ अन्तर्गत लागू औषध कारोबार, सेवन तथा समाजमा असामाजिक गतिविधिमा संलग्न १२० जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार २०८३ साल वैशाख ९ र १० गते साँझदेखि बिहानसम्म सञ्चालन गरिएको अपरेसनमा ११५ पुरुष र ५ महिलालाई नियन्त्रणमा लिइएको हो।
कारबाहीको क्रममा २६।५६ ग्राम ब्राउन सुगर र ४४ पिस ट्याब्लेट समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएकामध्ये १५ जनालाई सुधार केन्द्र पठाइएको छ भने ७६ जनालाई सम्झाइ–बुझाइ गरी आफन्तको जिम्मा लगाइएको छ। यस्तै, २ जनाविरुद्ध लागू औषध मुद्दा दर्ता गरिएको छ भने एक जना फरार प्रतिवादी रहेको प्रहरीको भनाइ छ।

हाल २६ जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।

प्रहरीले यस्ता अपरेसनलाई निरन्तरता दिँदै समाजमा शान्ति सुरक्षामा चुनौती दिने गतिविधि नियन्त्रणमा लिने प्रतिबद्धता जनाएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved