सुनसरीमा ‘स्वीप अपरेसन’ : १२० जना नियन्त्रणमा, ठूलो परिमाणमा लागू औषध बरामद

  • वैशाख ११, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/  जिल्ला प्रहरी कार्यालय सुनसरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ अन्तर्गत लागू औषध कारोबार, सेवन तथा समाजमा असामाजिक गतिविधिमा संलग्न १२० जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार २०८३ साल वैशाख ९ र १० गते साँझदेखि बिहानसम्म सञ्चालन गरिएको अपरेसनमा ११५ पुरुष र ५ महिलालाई नियन्त्रणमा लिइएको हो।
कारबाहीको क्रममा २६।५६ ग्राम ब्राउन सुगर र ४४ पिस ट्याब्लेट समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएकामध्ये १५ जनालाई सुधार केन्द्र पठाइएको छ भने ७६ जनालाई सम्झाइ–बुझाइ गरी आफन्तको जिम्मा लगाइएको छ। यस्तै, २ जनाविरुद्ध लागू औषध मुद्दा दर्ता गरिएको छ भने एक जना फरार प्रतिवादी रहेको प्रहरीको भनाइ छ।

हाल २६ जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।

प्रहरीले यस्ता अपरेसनलाई निरन्तरता दिँदै समाजमा शान्ति सुरक्षामा चुनौती दिने गतिविधि नियन्त्रणमा लिने प्रतिबद्धता जनाएको छ।

९१५ किलो गाँजासहित च ...

धरान/ सुनसरीको इनरुवामा ९१५ किलोभन्दा बढी गाँजा सह ...

देव कुमारी-शिव प्रसा ...

विराटनगर/ ७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्र ...

धरानको भोटेपुलमा ट्र ...

धरान/ सुनसरीको धरान–८ भोटेपुलस्थित कोशी लोकम ...

कारागारको गेटमै समात ...

धरान/मोरङको विराटनगरस्थित कारागारमा लागुऔषध छिराउन खोज् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved