विराटनगर/ मोरङको धनपालथान गाउँपालिका–६ कदमाहास्थित एक उखुबारीमा करिब ६–७ महिनाकी नाबालिका बेवारिसे अवस्थामा फेला परेकी छन्। मंगलबार साँझ करिब ६ः३० बजे स्थानीयले शम्भुप्रसाद यादवको उखुबारीबाट बालिकाको रोदन आवाज सुनेपछि गएर हेर्दा नाबालिका फेला परेकी थिइन्। स्थानीयले तत्काल प्रहरीलाई खबर गरेपछि मोरङ प्रहरीको टोली घटनास्थल पुगेको थियो। प्रहरी टोली पुगेका बेला बालिका लगातार रोइरहेकी थिइन् भने उनको अभिभावक वा आफन्त कोही पनि आसपास भेटिएका थिएनन्। मोरङ प्रहरीकी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार बालिकालाई सुरक्षाका लागि तत्काल स्थानीय सिजवना खातुनको जिम्मामा लगाइएको थियो। उनले
सुनसरी/ सुनसरीको रामधुनी नगरपालिका–७ मा बाढीले बगाएर ल्याएको कछुवाको कारण एक स्थानीय बिरामी भएका छन्। कछुवाको टोकाइ र त्यसपछि भएको विवादका कारण घटना विचित्र बनेको हो। मिति २०८२ असोज १९ गते दिउँसो करिब २ बजे बाढीले ल्याएको करिब ८–९ किलो तौलको कछुवा स्थानीयले फेला पारेका थिए। स्थानीयले उक्त कछुवालाई सामुदायिक वनमा राख्ने सल्लाह गर्दै गर्दा घटना घटेको हो। त्यही क्रममा ५१ वर्षीय बिरबहादुर राईले “कछुवाको छातिमा बल्छी अड्किएको छ, निकाल्छु” भन्दै हात लगाउँदा कछुवाले उनको बुढी औंलामा टोक्यो। हातबाट रगत बगेपछि सामुदायिक वनका अध्यक्ष ४५ वर्षीय रमेश राईले “किन चलाको?&
इटहरी/ सुनसरीको इटहरी उप–महानगरपालिका–९ स्थित साथी पेट्रोलपम्प नजिक कोशी लोकमार्गमा बुधबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको को २ च ८६३ नम्बरको स्कारपियोले बाटो क्रस गर्दै गरेका पैदल यात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्करबाट मोरङ बिराटनगर–१२ घर भएका ४० वर्षीय अच्युतप्रसाद बराल गम्भीर घाइते भएका थिए। घाइते बराललाई प्रारम्भिक उपचारका लागि इटहरी अस्पताल लगिएको र त्यहाँबाट थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको थियो। उपचारको क्रममा राति करिब ८:५० बजे उनको मृत्यु भएको प्रहरीले पुष्
धनकुटा/ बिराटनगरबाट धनकुटाको जितपुर आउदै गरेको साइराम बस दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छ्न । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार धनकुटा सदरमुकाम नजिकै निगाले भन्ने ठाउँमा टायर पड्किएर बस दुर्घटना भएको हो । दुर्घटनामा परि मृत्युहुने हरुमा महालक्ष्मी नगर पालिका ९ का ६० बर्षिय डिल्ली बराल र महालक्ष्मी ६ कि ५२ बर्सिया गङ्गा कार्की रहेका छ्न । घाइते हुनेमा धनकुटा ४ लोकसेवा कि दुर्गा तिम्सिना,केराबारी ९ मोरङकी ६० बर्षिया देबी नेउपाने,महालक्ष्मी ९ कि ७५ बर्षिया तारादेबी काफ्ले,महालक्ष्मी ७ जितपुरकी ३२ बर्षिया सिर्जना जिमि,महलक्ष्
सुनसरी/ बराहक्षेत्र नगरपालिका–५ कालाबन्जर चोकस्थित सुबेक्षा मेडिकल पसलमा प्रहरीले ठूलो परिमाणमा नियन्त्रित औषधि बरामद गरेको छ। विशेष सूचनाका आधारमा प्रहरी चौकी भरौलबाट खटिएको टोलीले सो मेडिकलमा छापा मारी SPASREST नामक ७८० ट्याब्लेट फेला पारेको हो। प्रहरीका अनुसार मेडिकल सञ्चालिका ४० वर्षीया शान्ति राजधामीलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर, सुनसरीमा ल्याइएको छ। बरामद औषधि र पक्राउ परेकी राजधामीलाई आवश्यक कारबाहीका लागि औषधि व्यवस्था विभाग, विराटनगरमा पठाइएको प्रहरीले जनाएको छ। प्रहरीले स्वास्थ्यसेवा
सुनसरी/ धरान उपमहानगरपालिका–१७ का ३८ वर्षीय सन्तोष बस्नेत ईनरुवामा लागूऔषधसहित पक्राउ परेका छन् । बुधबार बिहान करिब ९:३० बजे विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले ईनरुवा नगरपालिका–४ बसचोक नजिक जाँच गर्ने क्रममा बस्नेतलाई नियन्त्रणमा लिएको हो । लौकहीबाट ईनरुवातर्फ आउँदै गरेका बस्नेत सवार को ३२ प ५३६७ नम्बरको मोटरसाइकल रोकि खानतलासी गर्दा उनको साथबाट ब्राउनसुगर १२.७० ग्राम लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद लागूऔषध र मोटरसाइकलसहित बस्नेतलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा थप अनुसन्धान भइरहेको
वराहक्षेत्र/ चाडपर्वको अवसरमा उपभोक्ताको अधिकार संरक्षणका लागि वराहक्षेत्र नगरपालिकाले बजार अनुगमनलाई तीव्र पारेको छ। नियमित अभियान अन्तर्गत नगर क्षेत्रका विभिन्न बजारमा अनुगमन गर्दै म्याद नाघेका सामग्री नष्ट र नियम उल्लङ्घन गर्ने व्यापारीलाई जरिमाना गरिएको हो। नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख मातृका तिवारीका अनुसार बजारमा गुणस्तरीय वस्तु सुनिश्चितता, मूल्यको एकरूपता, कानुनी प्रमाणपत्र, र ४० माइक्रोनभन्दा कम प्लास्टिकका झोलाको नियन्त्रणलाई प्राथमिकता दिइएको छ। यसै क्रममा मंगलबार वडा नं. ९ राजावास बजार र वडा नं. १० प्रकाशपुर बजारका होटल, किराना, फलफूल, मिठाई र हाडवायर पसलमा अनुगमन गर
विराटनगर/ मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटल मा पछिल्ला केही दिनदेखि रगतको गम्भीर अभाव देखिएको छ। तत्काल रगत आवश्यक परेका बिरामीलाई समेत समयमै रगत उपलब्ध नहुँदा उपचारमा समस्या उत्पन्न भएको छ। विराट ब्लड बैंकका इन्चार्ज प्रबिण दाहाल का अनुसार दशैंपछिदेखि सबै समूहका रगतको अभाव देखिएको हो। सामाजिक क्षेत्रबाट हुने रक्तदान कार्यक्रम ठप्प हुँदा न केवल विराट मेडिकल, तर विराटनगरका अन्य अस्पतालहरूमा पनि रगत आपूर्तिमा संकट आएको छ। विराटनगरमा सुविधा सम्पन्न अस्पतालहरू भएकाले टाढा–टाढाबाट बिरामी आउने र माग उच्
धरान/ पूर्वी नेपालमा क्यान्सर उपचार सेवा सुरु गर्ने पहिलो संस्थाका रूपमा परिचित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले तीन दशकदेखि क्यान्सर उपचारमा निरन्तर योगदान दिँदै आएको छ । सीमित स्रोत र संरचनात्मक चुनौतीबीच पनि प्रतिष्ठानले उपलब्ध गराएको उपचार सेवाको तथ्यांकले यस संस्थाको महत्व झनै स्पष्ट बनाएको छ । आर्थिक वर्ष २०८१/०८२ मा मात्र विभिन्न प्रकारका क्यान्सरका ३ सय ८८ बिरामीले शल्यक्रिया सेवा, र ३ हजार ६ सय ५० भन्दा बढी बिरामीले सिस्टेमिक थेरापी (किमो, हर्मोनल तथा टार्गेट) सेवा लिएका छन् । ब्रेन ट्युमर, ब्रेस्ट क्यान्सर, ग्यास्ट्रोइन्टेस्टाइनल क्यान्सर, ओरल क्यान्सरदेखि
सुनसरी/ मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलमा सोमबार साँझ एक पुरुषको लिंग काटिएको घटना भएको छ। प्रहरीका अनुसार ३२ वर्षीय कामत थरका पुरुष आफ्नो महिला साथीलाई भेट्न पुगेका बेला सोही महिलाले धारिलो हतियार प्रयोग गरी उनको लिंग काटिदिएकी हुन्। गम्भीर घाइते भएका ती पुरुषलाई अहिले विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आईसीयूमा राखी उपचार भइरहेको छ। अस्पतालका चिकित्सकका अनुसार धारिलो हतियारले प्रहार हुँदा लिंगमा गहिरो चोट लागेको र चुँडिन लागेको अवस्थामा उपचार भइरहेको हो। प्रारम्भमा उनलाई कोशी अस्पतालमा लगिएको थियो तर अवस्था गम्भीर भएपछि थप उपचारका लागि नोबेल रिफर गरिएको हो। घाइते पुरुष मोरङको