स्वास्थ्य

    Showing २३१-२४० of २,६१२ items.
  • धरानमा लागुऔषधसहित दुई युवक पक्राउ, मोटरसाइकलबाट ४ हजार क्याप्सुलरट्याब्लेट बरामद

    धरान/ सुनसरीको धरान उपमहानगरपालिका–८ स्थित सम्पाङ चोकबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित दुई युवालाई पक्राउ गरेको छ। मंगलबार राति करिब ११:१० बजे अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको एनएस २०० सिसी मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उक्त लागुऔषध बरामद गरेको हो। प्रहरीका अनुसार हरिनगरा गाउँपालिका–६ निवासी २१ वर्षीय अंकज अन्सारीले चलाएको मोटरसाइकलमा पछाडि सवार १८ वर्षीय अब्दुल वाहिद अन्सारीले बोकेको झोलाबाट ट्रामाडोल २ हजार क्याप्सुल र डेकोलिक २ हजार ट्याब्लेट गरी जम्मा ४ हजार पिस लागुऔषध फेला परेको थियो। दुवै जनालाई लागुऔषध र मोट

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • १,२७६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ७ वर्षदेखि अलपत्र लेदुवा पुल : बर्खामा ज्यान जोखिममा राखेर खोला तर्दै स्थानीय र विद्यार्थी

    धरान/  धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा निर्माणाधीन पुल सात वर्ष बित्दासमेत पूरा हुन सकेको छैन । सम्झौता अनुसार सो पुल पाँच वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्ने हो । निर्माणको काम अलपत्र रहँदा स्थानीयवासी र विद्यार्थी बर्खायाममा जोखिम मोलेर खोला तर्न बाध्य छन् । पुल निर्माणका लागि २०७७ साउन ४ गते कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र वर्ल्ड ट्रेड कन्स्ट्रक्सन कम्पनीबिच एक करोड २१ लाख ८६ हजार आठ सय १३ रुपैयाँ लागतमा सम्झौता भएको थियो । सम्झौता अनुसार २०७८ साउन ७ गतेभित्र निर्माण कार्य सम्पन्न हुनुपर्ने थियो । धरान उपमहानगरपालिका–५ का वडाध्

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • ५३३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार दुई अभियुक्त धरानबाट पक्राउ

    धरान/ गत भदौमा भएको जेनजी आन्दोलन का क्रममा झुम्का कारागार बाट फरार भएका दुई प्रतिवादीलाई प्रहरीले धरानबाट पक्राउ गरेको छ। जबरजस्ती करणी मुद्दामा फरार रहेका धरान–१७ का ३७ वर्षीय प्रकाश दमाईलाई वडा प्रहरी कार्यालय धरानको टोलीले गएराति धरान–१७ को पट्नाली क्षेत्रबाट पक्राउ गरेको हो। सुनसरी जिल्ला अदालत को २०७९ पुस ५ गतेको फैसला अनुसार उनलाई १० वर्ष कैद, दुई लाख रुपैयाँ जरिवाना, एक लाख रुपैयाँ पीडित क्षतिपूर्ति तथा १२ हजार रुपैयाँ पीडित राहत कोष रकम तोकिएको थियो। यस्तै, ज्यान मार्ने मुद्दामा फरार रहेका धरान–१५ का २९ वर्षीय ‘दाँते’ भनिने गणेश राईलाई पनि प्रहरील

    • प्रकाशित मितिः जेठ २, २०८३
    • ५४७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नवोदय विद्यामन्दिरको एसईईमा शतप्रतिशत नतिजा

    धरान/ धरान–१६ स्थित नवोदय विद्यामन्दिर बोर्डिङ स्कूल ले राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा शतप्रतिशत नतिजा हासिल गर्दै उत्कृष्ट सफलता प्राप्त गरेको छ। विद्यालय इन्चार्ज नीर कुमार राईका अनुसार यस वर्ष सहभागी भएका २१ जना विद्यार्थीहरू सबै उत्तीर्ण भएका छन्। सार्वजनिक नतिजा अनुसार २ जनाले GPA 3.61 देखि 4.0 सम्म A+ ग्रेड, ९ जनाले GPA 3.21 देखि 3.6 सम्म A ग्रेड तथा १० जनाले GPA 2.81 देखि 3.2 सम्म B+ ग्रेड प्राप्त गरेका छन्। शतप्रतिशत नतिजा ल्याउन सफल भएकोमा विद्यालयले विद्यार्थीहरूको मेहनत, लगनशीलता र अनुशासनको प्रशंसा गर्दै बधाई तथा शु

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • १,२१० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा एम्बुलेन्समै ४४० किलो गाँजा बरामद, प्रहरीको ठूलो सफलता

    धरान/ धरान–१३ स्थित Thousands Big Buddha सडकमा प्रहरीले एम्बुलेन्सबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ। मंगलबार राति करिब १२:४० बजे इलाका प्रहरी कार्यालय धरान बाट खटिएको प्रहरी टोलीले सडक किनारमा रोकिएको को १ च ७३५९ नम्बरको एम्बुलेन्स जाँच गर्दा भित्र लुकाइराखिएको ४४० किलो गाँजा फेला पारेको हो। उक्त एम्बुलेन्स बुढासुब्बा डाइग्नोष्टिक सेन्टर प्रा.लि. द्वारा सञ्चालित रहेको प्रहरीले जनाएको छ। गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको 

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • ६७७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा छुरा प्रहारबाट युवकको हत्या, आरोपी फरार

    धरान/ सुनसरीको धरानमा आइतबार दिउँसो स्थानीय युवाबीच भएको विवादले उग्र रूप लिँदा छुरा प्रहारबाट एक युवकको ज्यान गएको छ। धरान उपमहानगरपालिका–१० बेलगाछी लाइन निवासी २७ वर्षीय जीवन भुजेलमाथि दिउँसो करिब १ः४५ बजे छुरा प्रहार भएको थियो। गम्भीर घाइते भएका भुजेललाई तत्काल उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि विराट नर्सिङ होम रेफर गरिए पनि उपचारकै क्रममा दिउँसो करिब ४ः३५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार प्रारम्भिक अनुसन्धानमा स्थानीय युवाबीचको आपसी विवादका क्रममा घटना भएको खु

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • २,७४५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जंगली च्याउ खाँदा एकै परिवारका ११ जना बिरामी, ९ जनालाई थप उपचारका लागि रिफर

    बाह्रदशी/ झापाको बाह्रदशी गाउँपालिका–२ बुट्टाबारी मा जंगली च्याउ खाँदा एकै परिवारका ११ जना बिरामी परेका छन्। (आइतबार) आज बिहान करिब १० बजे स्थानीय तेजबहादुर खवासको घरमा जंगलबाट ल्याइएको च्याउ पकाएर खाएपछि उनीहरू अचानक बिरामी भएका हुन्। बिरामी पर्नेहरूमा ५० वर्षीया कमला माया खवास, ३१ वर्षीय डिल्ली खवास, २० वर्षीया अनिता खवाससहित ८ जना बालबालिका रहेका छन्। सबैलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि ९ जनालाई बाल अस्पताल दमक रिफर गरिएको छ। चिकित्सकका अनुसार २ जनाको अवस्था मध्यम रहेको छ भने अन्यको अवस्था सामान्य रहेको

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • २०९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ८ वर्षीय बालककाे बेतना खोलामा डुबेर मृत्यु

    इटहरी/  मोरङको सुन्दरहरैँचा नगरपालिका–११ बेलेपुरका ८ वर्षीय आयुस बिकको बेतना खोलामा डुबेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार राजकुमार बिकका छोरा आयुस बेलबारी नगरपालिका–३ सिमपाने चोकस्थित काका घनबहादुर तामाङको घरमा पाहुना आएका थिए। शनिबार दिउँसो करिब २ः३० बजे उनी कसैलाई जानकारी नदिई नुहाउन भन्दै नजिकैको बेतना खोलातर्फ गएको प्रहरीले जनाएको छ। घर फर्केर नआएपछि परिवारले खोजी गर्ने क्रममा घरदेखि करिब १०० मिटर दक्षिण बेतना खोलाको पानीमा साँझ ५ः५५ बजे अचेत अवस्थामा फेला पारेका थिए। उनलाई तत्काल नोबेल अस्पताल बेलबारी पुर्‍याइएको थियो। अस्पतालमा उपचारका लाग

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • २५५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ७ वर्षीय बालक गम्भीर, घरमै खेलिरहेका बेला गोमनले डस्यो

    दमक/ झापाको कमल गाउँपालिका–५ गुजेश्वरी टोलमा सर्पको टोकाइबाट एक ७ वर्षीय बालक गम्भीर घाइते भएका छन्। शनिबार बिहान करिब १०:५० बजे स्थानीय कर्णबहादुर राईका ७ वर्षीय छोरा सायंक राई आफ्नै घरको कोठाभित्र खेलिरहेका बेला गोमन सर्पले दाहिने खुट्टामा डसेको प्रहरीले जनाएको छ। सर्पले डसेलगत्तै परिवारले बालकलाई तत्काल दमक सर्पदंश उपचार केन्द्र पुर्‍याएका थिए। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि B&C Hospital बिर्तामोड रेफर गरिएको छ। अस्पताल स्रोतका अनुसार बालकको अवस्था गम्भीर रहेको छ भने उनी हाल बोल्न नसक्ने अवस्थामा उपचाररत छन्। घटनापछि स्थानीयवासीलाई वर्षायाममा सर्पबाट सतर्क रहन आ

    • प्रकाशित मितिः वैशाख २६, २०८३
    • १८१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका चोरी र अभद्र व्यवहारका फरार ३ अभियुक्त प्रहरी फन्दामा

    धरान/ जिल्ला प्रहरी कार्यालय सुनसरीले अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत धरानका फरार रहेका ३ जना दोषीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरी ले मिति २०८३ वैशाख २५ गते सञ्चालन गरेको विशेष अभियानमा चोरी र अभद्र व्यवहार मुद्दामा दोषी ठहर भई फरार रहेका व्यक्तिहरू पक्राउ परेका हुन्। पक्राउ पर्नेहरूमा धरान–१५ का तेजबहादुर श्रेष्ठ रहेका छन्, जो चोरी मुद्दामा १८० दिन कैद र ५ हजार रुपैयाँ जरिवाना बाँकी रहेका थिए। त्यस्तै, धरान–१५ का मनोज विश्वकर्मा अभद्र व्यवहार मुद्दामा ४ हजार रुपैयाँ जरिवाना नतिरी फरार रहेका थिए भने धरान–१ का दिपका रिषिदे

    • प्रकाशित मितिः वैशाख २६, २०८३
    • ५२५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved