नवोदय विद्यामन्दिरको एसईईमा शतप्रतिशत नतिजा

  • वैशाख २९, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान–१६ स्थित नवोदय विद्यामन्दिर बोर्डिङ स्कूल ले राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा शतप्रतिशत नतिजा हासिल गर्दै उत्कृष्ट सफलता प्राप्त गरेको छ।

विद्यालय इन्चार्ज नीर कुमार राईका अनुसार यस वर्ष सहभागी भएका २१ जना विद्यार्थीहरू सबै उत्तीर्ण भएका छन्।

सार्वजनिक नतिजा अनुसार २ जनाले GPA 3.61 देखि 4.0 सम्म A+ ग्रेड, ९ जनाले GPA 3.21 देखि 3.6 सम्म A ग्रेड तथा १० जनाले GPA 2.81 देखि 3.2 सम्म B+ ग्रेड प्राप्त गरेका छन्।

शतप्रतिशत नतिजा ल्याउन सफल भएकोमा विद्यालयले विद्यार्थीहरूको मेहनत, लगनशीलता र अनुशासनको प्रशंसा गर्दै बधाई तथा शुभकामना व्यक्त गरेको छ।

साथै यस सफलतामा योगदान पुर्‍याउने शिक्षक–कर्मचारी, अभिभावक तथा शुभचिन्तकहरूलाई हार्दिक आभार समेत प्रकट गरिएको छ।

विद्यालयले कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उल्लेख गर्दै कक्षा ११ र १२ मा भर्ना हुने विद्यार्थीहरूलाई ५० प्रतिशतसम्म शुल्क छुटको व्यवस्था रहेको जनाएको छ।

त्यस्तै, स्नातक तहमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई विशेष सहुलियत र प्राथमिकता दिने नीति रहेको पनि विद्यालयले जनाएको छ।

विद्यालयले “शिक्षा सबैको पहुँचमा हुनुपर्छ” भन्ने मूल नारासहित जेहेन्दार विद्यार्थीहरूका लागि छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएको छ।

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

धरान पिण्डेश्वर बाबा ...

धरान/  प्रत्येक वर्ष साउन महिनामा धरान– ...

हिबिस्कसमा हिज्जे प् ...

धरान/ धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल ...

बराहक्षेत्रमा ब्राउन ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–६, ऐत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved