झापा/ झापाको गौरादह नगरपालिका–७ फगेटीमा बुधबार साँझ हृदयविदारक सवारी दुर्घटना भएको छ। सजग एकता बोर्डिङ स्कुलको बसबाट घर झार्ने क्रममा सोही बसले किच्दा ४ वर्षीय आरोग्य चिमरिया घटनास्थलमै मृत अवस्थामा फेला परेका हुन्। प्रहरीका अनुसार को १ ख ६९४० नम्बरको स्कुल बसले बालकलाई घर पुर्याएर ओराल्ने क्रममा दुर्घटना भएको हो। मृतक आरोग्य गौरादह–७ निवासी खड्ग चिमरियाका छोरा हुन् र सोही विद्यालयमा अध्ययनरत थिए। दुर्घटनापछि बस र चालक ५७ वर्षीय लालबहादुर बस्नेतलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जले नियन्त्रणमा लिएको छ। शव कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको प्र
झापा/ झापाको बुद्धशान्ति गाउँपालिका–४ अमरबस्तीमा एक वृद्धको अचानक लडेर मृत्यु भएको छ। साेमबार राति करिब ९:०० बजे स्थानीय ६७ वर्षीय खेम बहादुर राना मगर आफ्नै घरमा मुढामाथि बसिरहेको अवस्थामा अचानक लडेर बेहोस भएका थिए। तत्काल उपचारका लागि भागिरथा न्यौपाने बुद्धशान्ति अस्पताल पुर्याइए पनि चिकित्सकले राति ९:५६ बजे मृत घोषणा गरेका हुन्। भागिरथा न्यौपाने बुद्धशान्ति अस्पताल घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय धुलाबारी बाट खटिएको प्रहरी टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहे
दमक/ झापाको दमक नगरपालिका–५ मा अवैध लागूऔषध ब्राउन सुगर कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दमक–५ निवासी २३ वर्षीय तुलसी माझी र ३० वर्षीय राज माझी रहेका छन्। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले आइतबार राति करिब १० बजे तुलसी माझीको डेरा कोठामा छापा मार्दा प्लाष्टिकमा स–साना पोका बनाएर राखिएको ८ ग्राम ४१० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो। प्रहरीले घटनास्थलबाट नगद नेपाली रु. ५६ हजार ६ सय, भारतीय रु. १ हजार १ सय तथा दुई थान मोबाइल समेत बरामद गरेको जनाएको छ। प्रारम्भिक सोधपुछका क्रममा तुलसीले लागूऔषध बिक्रीमा राज माझीको समेत
उदयपुर/ उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खाना खाँदा एउटै परिवारका चार जना बिरामी परेका छन् भने एक जनाको अवस्था गम्भीर बनेको छ। स्थानीयका अनुसार २३ वर्षीया हेमा बुढाथोकी, उनका ५ वर्षीय छोरा योगेश बुढाथोकी तथा नन्दहरू १४ वर्षीया यशोदा र ९ वर्षीया यासिका बुढाथोकी शनिबार राति घरमा पकाइएको मुसुरोको दालसहितको खाना खाएपछि अचानक बिरामी परेका हुन्। खाना खाएलगत्तै उनीहरूमा बान्ता हुने र बेहोस हुनेजस्ता लक्षण देखिएपछि आफन्त र छिमेकीले तत्काल जिल्ला अस्पताल उदयपुर पुर्याएका थिए। अस्पतालका अनुसार तीन जना उपचारपछि घर फर्किएका छन् भने हेमा बुढाथोकीको अवस्था चि
झापा/ झापाको बुद्धशान्ति गाउँपालिका–१ मझुवाका ५५ वर्षीय मैतबहादुर लिम्बुको उपचारका क्रममा मृत्यु भएको छ। विहीबार दिउँसो कुटमिरोको रुखमा चढेर घाँस झार्ने क्रममा अचानक रुखबाट लड्दा उनी गम्भीर घाइते भएका थिए। दुर्घटनामा उनको टाउकोमा गम्भीर चोट लाग्नुका साथै छातीभित्र पनि आन्तरिक चोट लागेको प्रहरीले जनाएको छ। घाइते लिम्बुलाई तत्काल उपचारका लागि B & C Hospital मा भर्ना गरिएको थियो। तर उपचारकै क्रममा मिति २०८३।०२।१० गते १६:०० बजेको समयमा निज मैत बहादुर लिम्बुको मृत्यू भएको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।
धरान/धरान–१५ बगरकोटमा गत वैशाख २८ गते साँझ भएको झैँ–झगडाका क्रममा बोतल प्रहारबाट गम्भीर घाइते भएकी ४९ वर्षीया सरु नेम्वाङ को उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ। नेम्वाङको मृत्यु भएसँगै प्रहरीले घटनामा संलग्न रहेको आरोपमा धरान–१५ कै ३८ वर्षीय अशोक लिम्बू र ३३ वर्षीय बुद्धवीर लिम्बू लाई पक्राउ गरेको छ। पक्राउ परेका दुवैविरुद्ध कर्तव्य ज्यान उद्योग अन्तर्गत प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय धरान का भिषणबाबु राई ले जानकारी दिएका छन्। डीएसपी राईका अनुसार यसअघि ज्यान मार्ने उद्योग अन्तर्गत दर्ता भएको मुद्दा नेम्वाङको मृत्यु भएपछि कर्तव्य ज्यान उद्योग मा रूपान्तरण
धरान/ धरान उपमहानगरपालिकाले सडक तथा फुटपाथमा अव्यवस्थित रूपमा लोकल कुखुरा बिक्री वितरणमा रोक लगाएको छ। शुक्रबार धरान–९ स्थित पूर्णपथ क्षेत्रमा सडक पेटीमा राखेर बिक्री भइरहेको लोकल कुखुरा उपमहानगरपालिकाले नियन्त्रणमा लिएको थियो। बजार अनुगमन अधिकृत वेद प्रसाद सापकोटाका अनुसार पटक–पटक व्यवस्थापन गर्न आग्रह गर्दा पनि व्यवसायीले अटेर गरेपछि यस्तो कदम चालिएको हो। पछि व्यवसायीसँग सहमति भएपछि नियन्त्रणमा लिइएका कुखुरा फिर्ता गरिएको उनले बताए। उपमहानगर र व्यवसायीबीच घण्टैपिच्छे सरसफाइ गर्ने, व्यवसाय दर्ता गर्ने, सडकबाट १० फिटभित्र मात्र कुखुरा राख्ने तथा एक महिनाभित्र व्यवस्थापन मिलाउने
झापा/ झापाको भद्रपुर नगरपालिका–३ भाङबारी फलामेपुल क्षेत्रमा प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। मंगलबार २०८३ जेठ ६ गते दिउँसो करिब २:२० बजे भद्रपुरस्थित प्रहरी चौकी मेचिपारीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दुई युवकलाई शंकाको आधारमा जाँच गरेको थियो। जाँचका क्रममा दिपेन्द्र ठटाल र असन राई को जिन्स पाइन्टको खल्तीबाट लुकाइछिपाइ ल्याउँदै गरेको ब्राउन सुगर ६ ग्राम १४० मिलिग्राम (प्लास्टिकसहित) र ६ ग्राम ०७० मिलिग्राम (प्लास्टिकबाहेक) बरामद भएको प्रहरीले जनाएको छ। दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय भद्रपुरमा राखी
इटहरी/ महालक्ष्मी विकास बैंक ले सुनसरीको इटहरी स्थित प्रदेश तथा शाखा कार्यालयमा आज जेठ ६ गते रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा ३३ पिन्ट रगत संकलन भएको बैंकका कोशी प्रदेश प्रमुख दिपक गुप्ता ले जानकारी दिनुभयो। पूर्वका विभिन्न अस्पतालहरूमा रगत अभाव भइरहेका बेला “रक्तदान नै जीवनदान हो” भन्ने मान्यतालाई आत्मसात गर्दै कार्यक्रम आयोजना गरिएको बैंकका इटहरी शाखा प्रमुख आदित्य प्रसाई ले बताउनुभयो। रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सुनसरी ले प्राविधिक सहयोग गरेको थियो। बैंकिङ सेवासँगै सामाजिक उत्तरदायित्वलाई पनि आफ्नो प्रमुख मिसन बनाउँदै आएको बताउँदै कोशी प्रदेश
धरान/सुनसरीको धरान उपमहानगरपालिका–१७ पशुपति चोकस्थित एक घरमा प्रहरीले छापा मारेर ब्राउन सुगरसहित ४ जनालाई पक्राउ गरेको छ। मंगलबार राति ११ः४० बजे बुद्धनारायण धामीको घरमा लागुऔषध कारोबार भइरहेको विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय को PIT, इलाका प्रहरी कार्यालय धरान र वडा प्रहरी कार्यालय धरानको संयुक्त टोलीले घरमा खानतलासी गर्दा १५.३० ग्राम ब्राउन सुगर बरामद गरेको हो। प्रहरीले घटनास्थलबाट धरान–१७ का ३३ वर्षीया जानकी धामी, ३२ वर्षीय किरण राई, ३५ वर्षीय समिर राई र २४ वर्षीय विशालराज धामीलाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेकामाथि थप अनुसन्धन भइरहेको प्रहरीले जन