सुनसरी/ सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका–७ स्थित हुलाकी राजमार्गमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मिति २०८२ कार्तिक २५ गते बिहान ११:४५ बजे सप्तरीबाट हरिनगरा तर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९२०७ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४१ प ४४३० नम्बरको मोटरसाइकल भुटाहा पुल नजिक ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक ३५ वर्षीय लक्ष्मण मेहता र पछाडि सवार करिब ४०–४५ वर्षीया रसिदा खातुन घाइते भएका थिए । उपचारका लागि बिराटनगरस्थित गोल्डेन अस्पताल पुर्याइएकोमा रसिदा खातुनलाई
धरान/ धरान उपमहानगरपालिका वडा नं. ५मा 'जेन्जी स्मारक पार्क' को शिलान्यास गरिएको छ। मेयर हर्क साम्पाङ, वडाध्यक्ष मनप्रसाद लिम्बु, शहीदका परिवार तथा स्थानीयको बाक्लो उपस्थितिमा एक कार्यक्रमका बीच पार्कको शिलान्यास गरिएको हो। गत भदौ २३र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर सहादत प्राप्त गरेका विद्यार्थीहरुको स्मृतिमा उक्त स्मारक निर्माण गर्न लागिएको हो। विशेषगरी सोही घटनामा ज्यान गुमाएका धरान-५ निवासी साजन मेवाहाङको स्मृतिमा उनको वडामा नै स्मारक बनाउन लागिएको हो। शिलान्यास कार्यक्रममा शहीद साजनका दुई छोराहरु पनि उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मेयर हर्क साम
झापा/ भद्रपुरस्थित प्रादेशिक अस्पतालमा पछिल्ला दिनहरूमा भएका श्रृंखलाबद्ध चोरी घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। अस्पतालका विभिन्न वार्ड र स्टोर रुमबाट तामाको पाइपदेखि औषधीसम्म चोरी हुने क्रम बढेपछि प्रहरीले गम्भीर रूपमा निगरानी बढाउँदै सीसीटीभी फुटेजका आधारमा अभियुक्तहरूलाई पक्राउ गरेको हो। पहिलो घटनामा रन्जित घोष (३७), भद्रपुर–६ लाई अस्पतालको पुरानो भवनको सर्जिकल वार्ड बाहिर जडान गरिएको अक्सिजन सप्लाई तामाको पाइप चोरी गरेको आरोपमा मिति २०८२।०७।२४ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ। उक्त घटना मिति २०८२।०७।०३ गते दिउँसो करिब १४:०० बजे
विराटनगर/ कोशी प्रदेशमा अवैध गाँजा खेती तथा प्राकृतिक रूपमा उम्रिएका गाँजाको बोट नष्ट गर्ने अभियान तीव्र बनेको छ। प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियानअन्तर्गत धनकुटा र भोजपुरका विभिन्न स्थानमा ठूलो मात्रामा गाँजाका बोट फडानी गरिएको छ। कार्तिक ২৩ गते इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको टोलीले धनकुटा–शहीदभूमी गाउँपालिका–५ मा करिब ५ रोपनी क्षेत्रफलमा खेती गरिएको झण्डै १० हजार गाँजाका बोट फडानी गरी नष्ट गरेको जनाएको छ। त्यस्तै, इलाका प्रहरी कार्यालय राजारानीले धनकुटा–चौबिसे गाउँपालिका–५ डाँडाखर्कमा करिब ३ रोपनी क्षेत्रफलमा रहेको करिब ४ सय
झापा/ भारतबाट लागूऔषध नेपाल ल्याउँदै गर्दा झापाको दमकका दुई जना युवा पक्राउ परेका छन्। झापा गाउँपालिका–१ सालमारा सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल बीओपी टाँघनडुब्बाबाट खटिएको गस्ती टोलीले उनीहरूलाई भारततर्फबाट नेपाल प्रवेश गर्ने क्रममा नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर गुरुङको कमाण्डमा खटिएको टोलीले प्रदेश १–०१–०१४ प ६९४० नम्बरको स्कुटीमा सवार दुवै युवालाई चेकजाँच गर्ने क्रममा करिब १ ग्राम ब्राउन सुगर, प्रयोग गरिएको सिरिन्ज, र नाइट्रोजनको आधा ट्याब्लेट बरामद गरेको छ। पक्राउ पर्नेहरूमा दमक–५ का २३ वर्षीय दिपेश ढकाल र दमक–१ का २७
सुनसरी/ धरान–११ मंगलबारेस्थित नयाँ लक्ष्य उपचार तथा पुनर्स्थापना केन्द्रमा उपचाररत एक युवकमाथि गरिएको निर्मम कुटपिटका कारण ज्यान गएको घटनाले ठूलो रहस्योद्घाटन गरेको छ। घटनामा संलग्न रहेको आरोपमा केन्द्रका सञ्चालकसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। तेह्रथुम मेन्छ्यायेम गाउँपालिका–६ का ३३ वर्षीय खड्गबहादुर राईलाई पुनर्स्थापना केन्द्रमै पाता कसेर, कम्मरमा कम्ब्याट लगाई, हात–खुट्टा बाँधेर लडाउँदै कुटपिट गरिएको पुनर्स्थापना केन्द्रको सीसी क्यामेरा फुटेज जाँच गर्दा देखिएकोइलाका प्रहरी कार्यालय धरानले जनाएको छ। गम्भीर घाइते भएका राईको उपचारका क्रममा ग
सुनसरी/ मोरङको लेटाङबाट असोज २१ गते बेपत्ता भएकी १३ वर्षीया अंशु गौतमको शव फेला परेको दुई हप्ता पूरा भएको छ। तर प्रहरी अनुसन्धानमा कुनै ठोस प्रगति नदेखिएको कारण स्थानीय समुदाय आक्रोशित र त्रसित बनेका छन्। अंशुको शव कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनको घना जङ्गलमा अत्यन्तै दयनीय अवस्था—टाउको र शरीर छुट्टिएको, कपडा फुकालिएको र शरीरका भागहरू छिन्नभिन्न—मा फेला परेको थियो। घटनास्थल घरबाट करिब साढे ३ किमी दूरीमा पर्छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पोष्टमार्टम अनुसार टाउकोमा धारिलो हतियारले प्रहार भएको र रगत जमेको पाइएकाले यही मृत्युको मुख्य कारण म
धरान/ धरान–१९ स्थित अपांग तथा असहाय केन्द्र अपांग तथा असहायहरुको सहयोगी संस्था रूपमा समाजमा अगाडि उभिएसँगै सर्वत्र प्रशंसा बटुल्दै आएको छ । स्थापना भएदेखि नै केन्द्रले समाजमा रहेका अपांग र असहाय वर्गका व्यक्तिहरूका लागि खाद्यान्न वितरण, निःशुल्क स्वास्थ्य सेवा, बालबालिकाका लागि शिक्षाको पहुँच विस्तार र निःशुल्क शैक्षिक सामग्री वितरणजस्ता कार्यहरू निरन्तर गर्दै आएको छ । यही कारणले केन्द्र आज समाजमा अनुकरणीय संस्थाका रूपमा चिनिँदै गएको हो । धरान–१९ स्थित अपांग तथा असहाय केन्द्रले अपांग तथा असहायलाई हरेक क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ । यस संस्थाले विगतमा अस्वस्थहरू
धरान/ पुर्वी नेपालमा क्यान्सर उपचार सेवा सुरु गर्ने पहिलो संस्था बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आज क्यान्सर उपचारका लागि विश्वासिलो केन्द्र बनेको छ । तर क्यान्सर उपचारमा अत्यावश्यक मानिने रेडियो थेरापी सेवा प्रतिष्ठानमै उपलब्ध नहुनु गम्भीर चुनौतीका रूपमा रहेको चिकित्सकहरूले बताएका छन् । तीन दशकदेखि क्यान्सर उपचारमा सक्रिय प्रतिष्ठानले सीमित संरचना र स्रोतबीच पनि महत्वपूर्ण सेवा विस्तार गरेको गरेको छ । तर रेडियो थेरापी अभावले स्तन क्यान्सरसहितका धेरै बिरामीलाई अन्य अस्पतालमा पठाउनुपरेको स्तन क्यान्सर रोग विशेषज्ञ डा. शारदा खड्का बताछिन् । क्यान्सर विश्वभर नै गम्भीर
सुनसरी/ सुनसरीको बर्जु गाउँपालिका–५, गोचाकामत टोलस्थित भित्री सडक खण्डमा लागू औषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा शुक्रबार साँझ प्रहरीले ठूलो परिमाणको गाँजा बरामद गरेको छ। शुक्रबार राति ८ बजेतिर इलाका प्रहरी कार्यालय दुहवी र इलाका प्रहरी कार्यालय सितागञ्जबाट खटिएको संयुक्त टोलीले उत्तरबाट दक्षिणतर्फ आइरहेको बागमती प्रदेश–०१–०२७च ०२४० नम्बरको सेतो स्कार्पियोलाई पछ्याउनेक्रममा नियन्त्रणमा लिन खोज्दा चालक सवारी साधन छाडेर फरार भएको थियो। पछि प्रहरीले स्कार्पियो खोली चेकजाँच गर्दा कालो प्लास्टिकमा प्याक गरिएका ११ पोका गाँजा फेला परेको थियो, जसको तौल