- रणध्वज लोहार
पानबारी/ नेपाल यातायात मजदुर संगठनले मंगलबार ४७औँ स्थापना दिवस देशव्यापी रूपमा रतmदान कार्यक्रम आयोजना गरि मनाउँदैछ ।
संगठनको यस वर्षको नारा “श्रमिकको हक, अधिकार र सम्मानका लागि निरन्तर संघर्षरत नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४७औँ स्थापना दिवस सफल पारौँ, श्रमिक एकतालाई अझ सशक्त बनाऔँ।”रहेको छ ।
धरानमा पनि संगठनको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । भानुचौकमा उक्त रक्तदान कार्यक्रम गरेको हो । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरानका नगर अध्यक्ष किरण थापाका अनुशार उक्त रक्तदान कार्यक्रममा ४० जनाले रतmदान गरेको बताए ।
कार्यक्रममा प्रमुख अतिथी संगठनका पुर्व अध्यक्ष मोतीराज सुनुवार रहेका थिए भने अतिथीहरुमा कोशी प्रदेश सभा सदस्य विजय राई,एमाले कोशी प्रदेश सदस्य द्धय खगेन्द्र नेपाली तथा कृष्ण लिम्बु,एमाले सुनसरीका उप सचिव इन्द्रकला राई, सदस्य केदार लामिछाने,एमाले धरान उपमहानगरका उपाध्यक्ष पारस काङ्गबाङ्ग,धरान ९ का पुर्व वडाध्यक्ष रत्न कटवाल,नेपाल यातायात व्यवसायी महासंघका कोशी संयोजक सराज श्रेष्ठ ,जिफन्ट धरानका अध्यक्ष समसेर बर्देवा लगायतका नेताहरु रहेका थिए ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय अध्यक्ष भीम राई ज्वालाका अनुसार आज साँझ दीप प्रज्वलन कार्यक्रम पनि देश व्यापी रुपमा मनाउने बताए ।
उनले भने,“कार्यक्रमले श्रमिक एकता, सामाजिक सेवा, मानवता तथा संगठनात्मक प्रतिबद्धतालाई थप सुदृढ बनाउने विश्वास छ।”
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन २०३६ साल असार ९ गते स्थापना भएको गौरवशाली संगठन हो।
दिवसको अवसरमा खाद्यन्न राहत वितरण
यसैबीच नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको पुर्व सन्ध्यामा धरानमा संगठनको स्थापना दिवसको शुभ अवसरमा राहत वितरण गरेको छ । धरान – छाता चोकमा रहेको अपांग बालबालिकाको लागि ८ बोरा चामल,धरान – १६ स्थित सुस्त मनस्थितिका बालबालिकालाई ०४ बोरा चामल ,धरान – १६ बहिरा संघलाई ०४ बोरा चामल ,धरान ०३ अनाथ आश्रमलाई ०८ बोरा चामल उपलब्ध गराएको छ ।
यसै गरि धरान १५ मा रहेका मजदुरी नेतृ आसा राईको घरमा संगठनले सम्मान गर्दै ०३ बोरा चामल , दाल घरमा सहयोग गरेको छ । स्थापना दिवसकै अवसरमा धरान १५ मा संगठनका साधारण सदस्य पुण्य प्याकुरेल बेडमा नै सुतेर जीवन विताइरहेका छन् । उनलाई पनि ३ बोरा चामल , दाल र सावुन उपलब्ध गराएको छ ।
धरान वालिका माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक ईन्द्र बहादुर राईको स्वास्थ्य स्थिति बारे मजदुर टोलीले निवासमै पुगेर गरेको छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरानले राहत सामाग्री प्रदान कार्यक्रममा मजदुर संगठनका नेताहरु पुर्व अध्यक्ष मोतीराज सुनुवार, कोशी प्रदेश सांसद विजय कुमार राई , मजदुर केन्द्रिय सदस्य लक्ष्मी बाँनिया,एमाले धरानका अध्यक्ष हर्कजंग एभेङ्ग, एमाले जिल्ला सदस्य नारायण सुवेदी लगायतका नेता तथा कार्यकर्ताको उपस्थिती थियो ।
उक्त राहत सामाग्री नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले उपलव्ध गराई वितरण गरिएको बताइएको छ ।