स्वास्थ्य

    Showing 1,961-1,970 of 2,412 items.
  • दुई जना थपिए संगै धरानमा कोरोना संक्रमीत ६४ पुगे

    धरान । समुदाय मा कोरोना संक्रमण फैलिदै गए पछि धरान उपमहानगरपालिकाले सुरु गरेको मास टेस्टिङ्को क्रममा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित हुनेमा धरान १९ की ३३ वर्षीय एक महिला र इटहरी ८ ठेगाना उल्लेख गरिएको ३० वर्षीय पुरुष रहेका छन् । धरानमा कोरोना संक्रमितको संख्या ६४ पुगेको छ । मास टेस्टिङको क्रममा लिएको स्वाब संकलन नतिजामा दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए ।

    • प्रकाशित मितिः साउन ३०, २०७७
    • 971 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगर भदौ ५ गतेसम्म लकडाउन थपियो

    विराटनगर । विराटनगर महानगर क्षेत्रमा एकसाताको लागि लकडाउन थप भएको छ । विराटनगर महानगरपालिकामा समुदायस्तरमा कोरोना फैलिएपछि महानगरले गत साउन १६ देखि ३० गतेसम्म लकडाउन घोषणा गरेको थियो । तर, अवस्था झन् भायवह हुँदै गएको भन्दै महानगरले आज निर्णय गरी भदौ ५ गतेसम्म लकडाउन थपेको हो । महानगरले सूचना जारी गरी भदौ ५ गतेसम्म लकडाउन जारी रहने जनाएको छ । विराटनगरमा विहीबार ६० जनामा कोरोना संक्रमण देखिएको छ । कूल संक्रमितको ४१५ पुगेको छ । कोरोनाबाट विराटनगरमा मात्र पाँच जनाको ज्यान गईसकेको छ ।

    • प्रकाशित मितिः साउन २९, २०७७
    • 1,145 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विपि प्रतिष्ठानबाट ७ जना डिस्चार्ज , २ जना थपिए

    धरान /  धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप ७  जना प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् भने २जना  नया संक्रमित थपिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानमा  ३ सय २२ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् ।  हाल सम्म प्रतिष्ठानमा २२ ,१०८  पिसि आर परिक्षण गरिएको छ भने पछिल्लो २४ घण्टामा १ जना ८५ बर्षकी महिलाको मृत्यु भएको छ । 

    • प्रकाशित मितिः साउन २९, २०७७
    • 725 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि,१ सय ९ जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ २०७७ श्रावण २८ बुधबार / आज थप ५ सय २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या २४ हजार ९ सय ५७  जना  पुगेको छ । नेपालमा मृतकको संख्या  ९१ जना पुगेको छ ।   पछिल्लो २४ घण्टामा थप १० सय ९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १६ हजार ८ सय  ३७ जना  जना रहेका छन् ।

    • प्रकाशित मितिः साउन २९, २०७७
    • 1,010 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मोरङको बुढीगंगामा एउटै उद्योगमा कार्यरत ३० मजदुरमा कोराना

    विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरका एउटा उद्योगमा कार्यरत ३० जना मजदुरमा एकै पटक कोरोना संक्रमण देखिएको छ । मोरङको बुडीगंगा गाउँपालिका वडा नम्बर १ मा संचालित आरती आरती स्ट्रिप्स प्रा.लि.मा कार्यरत मजदुरहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । यो उद्योग भारतीय लगानीको हो । यहाँ अधिकांश कामदार भारतीय नै छन् । बुढीगंगा गाउँपालिका विराटनगरको छिमेकी पालिका हो । पहिले दुई मजदुरमा कोरोना देखिएको थियो । पछि उपल्लास्तरका एक कर्मचारी र मजदुरसमेत ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बुढीगंगा गाउँपालिकाका अनुसार उद्योगमा कार्यरत डेढ सयभन्दा धेरैको स्वाब परीक्षण गरिएको थियो । हाल उद्योग शिल

    • प्रकाशित मितिः साउन २९, २०७७
    • 1,036 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ सरकारले आइसोलेशन निर्माण तथा सञ्चालनका लागि स्थानीय तह र अस्पताललाई दियो १ करोड ६० लाख बजेट

    विराटनगर, साउन २९ प्रदेश १ सरकारले कोरोना भाइरस नियन्त्रण तथा उपचारको थप व्यवस्था मिलाउनको लागि स्थानीय तह र अस्पतालहरुलाई रकम उपलब्ध गराएको छ । आइसोलेशन केन्द्र स्थापना र सञ्चालनको लागि १ करोड ६० लाख रकम प्रदेश सरकारले उपलब्ध गराएको हो । स्थानीय तहहरुलाई प्रदेश सरकारले थप रकम उपलब्ध गराएको हो । त्यस्तै ११ वटा जिल्ला अस्पतालहरुलाई कम्तिमा १० वेड क्षमताको आइसोलेशन केन्द्र बनाउन बजेट उपलब्ध गराएको छ । केही दिन अगाडि मात्र थप आइसोलेशन बेडहरुको व्यवस्था गर्न प्रदेश स्तरिय सिसिएमसी बैठकले निर्णय गरेको थियो । प्रदेश सरकारले विराटनगर महानगरपालिकास्थित मारवाडी सेवा समाजमा ५० बेड क्षमताको आइसोलन

    • प्रकाशित मितिः साउन २९, २०७७
    • 873 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलाममा कन्ट्रयाक टेङसिमा परेका चार जनामा देखियो कोरोनाको संक्रमण

    इलाम इलामको सन्दकपुर गाउँपालिकाको चार जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । एक जना जनप्रतिनिधि सहित तीन जना हाइड्रो पावरको कर्मचारीमा कोरोनाको संक्रमण देखिएको हो । ५० जनाको स्वाब परिक्षण गर्दा ५५ बर्षका जनप्रतिनिधि सहित पञ्चकन्या हाइड्रो पावरको ५०, ३५ र २७ बर्षका कर्मचारीमा कोरोनाको संक्रमण पुष्टि भएको गाउँपालिको स्वास्थ्य शाखाका कोभिड १९ का फोकल पर्सन मनोज धुर्जारले जानकारी दिए । उनीहरुलाई सदरमुकाम स्थित जिससको आइसोलेसनमा राख्ने तयारी भइरहेको धुर्जारले बताए । सन्दकपुर गाउँपालिकामा रहेको पञ्चकन्या हाइड्रो पावरको क्यानल पहिरोको जोखिममा परेपछि त्यसको अध्ययनको लागि काठमाण्डौबाट आएको टोलीम

    • प्रकाशित मितिः साउन २९, २०७७
    • 595 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • विराटनगरमा ६० सहित प्रदेश १ मा १ सय १५ संक्रमित थपिए

    विराटनगर, २९ साउन । प्रदेश १ मा आज १ सय १५ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ८८, सुनसरीमा १९, इलाममा ४, झापा र उदयपुरमा १–१, प्रदेश १ बाहिरका जिल्लाका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरका २२ महिला ३८ पुरुष, बुढीगंगामा २५ पुरुष, कटहरीमा २ महिला १ पुरुष, सुनसरीको इटहरीमा ३ महिला १० पुरुष, दुहवीमा ३ पुरुष, धरान १ महिला र बराहक्षेत्र र राधुनीमा १–१ पुरुष, इलामको सन्दकपुरमा ४ पुरुष, झापाको विर्तामोडमा १ महिला र उदयपुरकी १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ६ सय २६ पुगेको छ

    • प्रकाशित मितिः साउन २९, २०७७
    • 1,076 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटा निषेधित क्षेत्र घोषणा

    धनकुटा, २९ साउन / धनकुटा नगरपालिकाका ६ वटा वडामा आज रातिदेखि लागु हुने गरी एक साता निषेधित क्षेत्र घोषणा गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी केशव प्रसाद बिमलीको अध्यक्षतामा बसेको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । संक्रमण ऐन २०२० बमोजिम आवत–जावतमा प्रतिबन्ध लगाउन धनकुटा नगरपालिकाको वडा नं. १, ३, ४, ५, ६ र ७ मा साउन २९ गते राति १२ बजेदेखि भदौं ४ गते राति १२ बजेसम्म निषेधित क्षेत्र घोषणा गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले बताए । धनकुटाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद कुसुम श्रेष्ठ सहितका व्यक्

    • प्रकाशित मितिः साउन २९, २०७७
    • 972 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विपि प्रतिष्ठानबाट १६ जना डिस्चार्ज , ८ जना थपिए

    धरान /  धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप १६ जना प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् भने ८ जना  नया संक्रमित थपिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानमा  ३ सय १५ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् ।  हाल सम्म प्रतिष्ठानमा २१२०४  पिसि आर परिक्षण गरिएको छ भने पछिल्लो २४ घण्टामा ३ जना नयाँ भर्ति भएका छन् ।  

    • प्रकाशित मितिः साउन २८, २०७७
    • 901 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved