धनकुटा / धनकुटामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै धनकुटामा कोरोना संक्रमितको संख्या ४५ जना पुगेको छ ।
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परिक्षणमा धनकुटाकी एक महिलामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुराँगाईले बताए । उनी केही दिन अघि मात्र विराटनगरस्थित कोशी अस्पतालबाट घर फर्किएकी थिईन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
यसैबीच धनकुटामा संक्रमण देखिएका ४५ जना मध्ये ४० जना निको भएर घर फर्किएका छन् । ती मध्ये पाँच जना आज डिस्चार्ज भएको स्वास्थ्य कार्यालयका प्रमुख गुराँगाईले बताए । धनकुटाका कोरोना संक्रमित मध्ये ४० जना कोरोना मुक्त भएर डिस्चार्ज भएपनि ५ जना आइसोलेसनमा नै रहेका छन् ।
जसमध्ये दुई जना धनकुटा नगरपालिका–६ को औधोगिक ग्रामस्थित आइसोलेसनमा छन् । दुई जना मोरङको गोठगाउँ र एक जना धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा रहेका छन् ।