धनकुटा नगरपालिकाको वडा नं. ५ मा निषेधाज्ञा

  • भदौ ३१, २०७७
  • "सन्तोष रुचाल"
alt

धनकुटा / धनकुटा नगरपालिकाको वडा नं. ५ मा एक जना महिलामा आज कोरोना भाइरसको संक्रमण देखिएपछि सो वडाको केही क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र धनकुटाको आज सम्पन्न आकस्मिक बैठकले कोरोना भाइरसको संक्रमण अन्य क्षेत्रमा फैलिनबाट रोक्नको लागि सो क्षेत्रमा निषेधाज्ञा घोषणा गरिएको हो । बैठकले धनकुटा नगरपालिका–५ को गोकुण्डेश्वर बालमन्दिर माविदेखि पूर्व वडा नं. ६ को भिमसेन थान मन्दिर जाने सडकको पश्चिम जिल्ला प्रहरी कार्यालय रहेको वडा नं. ६ को सडक बाटोको उत्तर र वडा नं. ६ कै बौद्धिक विकास समाजको क्रियाघर रहेको खोल्सी देखि दक्षिण चार किल्ला भित्र आज राति वा भदौ ३१ गते राति १२.०० बजेदेखि असोज ६ गते राति १२.०० बजेसम्मको लागि अतिआवश्यक कामकाज बाहेक आवत जावत पूर्ण निषेध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले बताए ।
संक्रमण रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कोरोना भाइरसको संक्रमण समुदायस्तरमा बढ्न नदिनको लागि गरिएको निषेधाज्ञाको कसैले उल्लंघन गरे कानुन बमोजिम कडा कारवाही हुने जिल्ला प्रशासन कार्यालय धनकुटाद्धारा जारी सुचना जनाइएको छ । धनकुटामा आज देखिएको एक जना सहित ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । ती मध्ये ४० जना कोरोना मुक्त भएका छन् भने ५ जना उपचाररत छन् ।

सुनाखरी एकेडेमीमा नव ...

धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले कक् ...

बराहक्षेत्रबाट लागू ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बाट ...

महानगरद्वारा ५० प्रत ...

विराटनगर/ दलन बाली पकेट विकास कार्यक्रमअन्तर्गत वि ...

सुनसरी उद्योग वाणिज् ...

धरान/ सुनसरी उद्योग वाणिज्य संघको अध्यक्ष पदको निर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved