असोज ३ गते मदन भण्डारी स्पोर्टस एकेडेमीको रक्तदान तथा स्वास्थ्य परामर्श कार्यक्रम हुने

  • असोज १, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । लकडाउनका कारण रक्तदान कार्यक्रम नहुँदा अस्पतालहरुमा रगतको अभाव हुन थाले पछि धरानमा मदन भण्डारी स्पोर्टस एकेडेमीले रक्तदान कार्यक्रम गर्ने भएको छ ।

संविधान दिवशको अवसरमा मदन भण्डारी स्पोर्टस एकेडेमी धरान उपमहानगर कमिटीले असोज ३ गते रक्तदान कार्यक्रम सहित निशुल्क स्वास्थ्य परामर्श कार्यक्रम गर्ने भएको हो । विहिबार पत्रकार सम्मेलन गरि रक्तदान सहित निशुल्क स्वास्थ्य परामर्श समेत दिइने जनाएको छ ।

मदन भण्डारी फाउण्डेसनको भातृसंगठनको रुपमा रहेको मदन भण्डारी स्पोर्टस एकेडेमीले संविधान दिवसलाई रचनात्मक ढंगले मनाउने जनाएको छ । लकडाउनका कारण लामो समय देखि रक्तदान कार्यक्रमहरु गर्न नपाउँदा अस्पतालहरुमा रगतको अभाव हुन थालेकाले रक्तदान कार्यक्रमलाई प्राथमिकता दिइएको एकेडेमीका धरान नगर अध्यक्ष प्रशान्त पाठकले बताए । उनका अनुसार धरानको लोकतान्त्रीक चौतारीमा बिहान ८ बजे देखि रक्तदान कार्यक्रम शुरु हुने भएको छ ।

कार्यक्रमको अवसरमा निशुल्क स्वास्थ्य परामर्श तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने जुस वितरणको समेत कार्यक्रम रहेको फाउण्डेसनका जिल्ला सदस्य रवि खनालले बताए । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुको सामाजिक संस्था हातेमालो फाउण्डेसनका १२ जना स्वास्थ्य विशेषज्ञहरुबाट परामर्श दिइने भएको छ भने सेवक अभियानको सहकार्यमा रोगप्रतिरोधात्मक क्षमता बढाउने जुस पनि वितरण गरिने भएको छ ।

कोरोनाको महामारीले अस्पताल सम्म पुग्न नपाएका बिरामीहरुलाइ निशुल्क स्वास्थ्य परामर्श दिइने कार्यक्रम पनि राखिएको खनालले बताए । नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम हुने भएको छ ।
संविधान दिवसको अवसरमा साँझ ६ बजे दिप प्रज्वलन कार्यक्रम समेत तय गरिएको जनाएको छ । नेकपा प्रदेश नम्बर १ का अध्यक्ष देवराज घिमिरेको प्रमुख आतिथ्यमा कार्यक्रम हुने भएको छ ।

सुच्चा राईको कुल पूज ...

धरान/  किरात राई समुदायले वैशाख पूर्णिमादेखि ...

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved