स्वास्थ्य

    Showing १,१८१-१,१९० of २,६१३ items.
  • एशियनद्वारा बिमितलाइ मृृत्युदाबी भुक्तानी

    धरान/ एशियन लाईफ ईन्स्योरेन्स कम्पनीको धरान शाखाले बराहक्षेत्र ३ का राम बहादुर राईको परिवारलाई बिमांक रकम हस्तान्तरण गरेको छ । राई बैदेशिक रोजगारको सिलसिला दुवईमा रहदा मृृगौला फेल भई धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा रहेका थिए । उनको उपचारको क्रममा गत असार २१ गते मृत्यु भएको थियो । उनकी श्रीमती माया राईलाई ५ लाख ५० हजार ६ सय ७८ रुपैयाको चेक एक कार्यक्रमको आयोजना गरि धरान शाखाका प्रबन्धक सुजन भण्डारी, बरिष्ठ व्यवसाय प्रबन्धक भानुभक्त आचार्य, व्यवसाय प्रबन्धक भिम श्रेष्ठ लगायतको उपस्थितीमा हस्तान्तण गरेको थिए । मृतक श्रेष्ठले २ वर्ष अघि बार्षिक धन लाभ योजनामा

    • प्रकाशित मितिः मंसिर २७, २०८०
    • १,२३३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वीपीमा नेपालकै पहिलो थ्रिडि एनलाइसिस ल्याब स्थापना

    धरान/ जेनेभा यूनिभर्सिटी हस्पिटलस, स्वीट्जल्र्याण्डको सहयोगमा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाडजोर्नी विभाग अन्तर्गत नेपालकै पहिलो थ्रिडि चाल विश्लेषण ल्याब स्थापना गरिएको छ । जेनेभाबाट आएका तीन जना विशेषज्ञको टोलीले प्रतिष्ठानमा ल्याब स्थापना एवम् जनशक्तिलाई ल्याब सम्बन्धी तालिम प्रदान गरेका थिए । टोलीमा डा.जेराल्डो डिकुलन (बाल हाडजोर्नी विशेषज्ञ), प्रा.स्टिफेन आरमान्ड तथा एलिस बोनेफोइ रहेका थिए । कतिपय मानिसहरुको सेरेब्राल पाल्साइका कारण, विभिन्न शल्यक्रिया वा अन्य हाडजोर्नी सम्बन्धी कतिपय रोगका कारण हिडाईको चाल नमिल्ने, हिड्नमा कठिनाई हुने हुन्छ । त्यस्ता मान

    • प्रकाशित मितिः मंसिर २६, २०८०
    • ८३६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘शिक्षासँगै संस्कार’ कार्यक्रम अन्तर्गत सहयोग हस्तान्तरण

    धरान/ इटहरी उपमहानगरपालिका २ स्थित ‘माया घर नेपाल’ लाई विष्णु मेमोरियल उच्च माध्यमिक विद्यालयकाका विद्यार्थीहरुले सहयोग रकम प्रदान गरेका छन् । गत शुक्रबार विद्यालयका कक्षा ९ मा अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारीहरु नगद सहित खाद्यान्न प्रदान गरेको छ । विद्यार्थीहरूलाई शिक्षासँगै असल संस्कार र असहाय मानवप्रति निस्वार्थ सेवा तथा करुणाभाव अभिवृद्धि गराउने उद्देश्यले सहयोग हस्तान्तरण गरिएको छ । विद्यालयले नगद ४६ हजार ९ सय ५ रुपैया, ३५ केजी सुन्तला, २५ मुठा साग, लगाउन योग्य लत्ताकपडा १६ जेब्रा प्रदान गरिएको छ । संस्थामा आयोजित एक कार्यक्रममा विद्यालयका प्रिन्सिपल, विद्यार्थ

    • प्रकाशित मितिः मंसिर २५, २०८०
    • ८३५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जाडो सुरु भए संगै भक्का व्यापार बढ्यो

    रंगेली/  जाडो याम सुरु भए संगै तराई क्षेत्रका अति बिपन्न घर परिवारका महिलाहरु भक्काको व्यवसाय बाट मनग्ये आम्दानी गरिरहेका छन । मंसिर महिना देखि सुरु हुने भक्का व्यपार माघ महिना सम्म बिहानै ५ बजे देखि रंगेली बजारको बसपार्क, मुख्य बजार, अस्पताल चोक, तेत्रि टोल, र पिपल चोक, शुक्रबारे, ईलाका प्रशासन चोक लगायतका स्थानहरुमा महिलाहरुले भक्का ब्यापार गर्ने गरेका छन । उनिहरुले चामल लाई दिन भरी भिजाएर साँझको समयमा ओखली वा ढिक्किको माध्यमबाट पिठो तयारी बनाउने गर्देछन । पिठोलाई एउटा भाडामा पानी उमालेर पानीको बाफमा बाफमा पकाउने गर्दछन । भक्का तयारी पारेर उनिहरुले प्रतिगोटा १० रुपैयाँ र आलुचप प

    • प्रकाशित मितिः मंसिर २५, २०८०
    • १,०६६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीका सरकारी विद्यालयमा मेन्यु सहितको दिवा खाजा

    इटहरी/ इटहरी क्षेत्रका सरकारी (सामुदायिक) विद्यालयहरूमा अध्ययनरत छात्रछात्राहरुलाई आइतबार देखि दिवा खाजा कार्यक्रम सुरु भएको छ । नेपालमै पहिलो पटक इटहरी उपमहानगरपालिकाले टेण्डर मार्फत मासु सहितको मेनुको खाजा खुवाउन थालेको हो । उपमहानगरपालिकाले आइतबार देखि विद्यार्थीलाई तागतिलो खानेकुरा खुवाउन अनिवार्य नियम बनाएको हो । जंक फुड नखुवाउन उपमहानगरले पहिलोपटक दिवा खाजाको टेण्डर जारी गरेर खाजाको सुरुवात गरेको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले बताए । शिक्षा क्षेत्रको सुधारको लागि विद्यालयहरुमा दिवा खाजा कार्यक्रम सुरु गरेको प्रमुख पौडेलले बताए । इटहरी क्षेत्र भित्रका सामुदायिक विद्यालयहरूमा

    • प्रकाशित मितिः मंसिर २५, २०८०
    • ९८४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विजयपुर हस्पिटलका अध्यक्ष खतिवडा भारतमा सम्मानित

     धरान/ यहाँस्थित विजयपुर हस्पिटल प्रालि एवम् विजयपुर ग्रुपका अध्यक्ष डा. पंकज खतिवडा यसै महिना भारतमा सम्मानित भएका छन् ।   अफिनका केन्द्रीय सचिवसमेत रहेका डा खतिवडा भारतको तामिलनाडुमा यही मङ्सिर १७ गते सम्मानित भएका हुन् । उनलाई ‘एसियाज बिजनेस लिडर अफ द इयर–२०२३’ पदकबाट सम्मान गरिएको विजयपुर हस्पिटलका प्रबन्धक इन्दु योञ्जनले जनाए ।   एसिया महादेशस्तरीय विशेष समारोहमा उनलाई सो पदक प्रदा नगरिएको हो । यसअघि सन् २०२१ मा पनि उनले ‘आइकोनिक चेयरम्यान अफ द इयर’ पदक प्राप्त गरेका थिए ।         &

    • प्रकाशित मितिः मंसिर २४, २०८०
    • १,१३६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धनकुटाका कृषक धान थन्क्याउन व्यस्त

    धनकुटा/  किसान यतिबेला धान भित्र्याउन व्यस्त छन् । दशै तिहार जस्ता मुख्य चाडपर्व सकिए लगत्तैदेखि किसानहरु धन खेति भित्र्याउन व्यस्त बनेका हुन् । मंसिर लागेसँगै धान थन्क्याउन थालेका किसानको दैनिकी यतिबेला पनि खेतबारीमै वित्ने गरेको छ । धनकुटाका माथिल्लो क्षेत्रमा जेष्ठको अन्तिम साताबाट रोपाई शुरु हुन्छ भने तल्लो क्षेत्रमा साउनको अन्तिम सातासम्म रोपाइ हुन्छ । कार्तिकको दोस्रो सातादेखि मंसिर महिनाभरि किसान धान भित्र्याउन व्यस्त रहन्छन् । तर कृषक बर्षेनी पानी, मल, कामदार, रोग कीरा आदिको समस्याबाट गुज्रन बाध्य भएको कृषकले गुनासो गर्ने गरेका छन् । ‘पोहोर जुन विउ लगायौ रन्जित भन्ने यसप

    • प्रकाशित मितिः मंसिर २२, २०८०
    • ८०९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मजदुरको आँखा उपचार नि:शुल्क

      धरान/  धरान आइ केयर सेन्टरले मजदुर तथा आश्रित परिवारको आँखा चेकजाँच तथा मोतिबिन्दुको शल्यक्रिया निशुल्क गरिदिने भएकोछ । शुक्रबार सेन्टरका प्रमुख मनोज सुनामले, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का राष्ट्रिय कमिटी सदस्य तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय कमिटीका अध्यक्ष भीमज्वाला राई सहितका नेतृत्वसंगको छलफलमा सेन्टरले यस्तो घोषणा गरेको हो । सेन्टरले मजदुर तथा मजदुरका आश्रित परिवारको आँखाको चेकजाँच, औषधी, शल्यक्रिया निशुल्क गरिदिने घोषणा गरेको हो । सहमति अनुसार आँखा चेकजाँ मंसिर २२ गतेदेखिनै सुरु हुनेछ, जाँच गरिएकामा मोतिबिन्दु देखिएमा मंसिरको २९ र ३० गते शल्यक्रिय

    • प्रकाशित मितिः मंसिर २२, २०८०
    • २,०८२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी कोभिड अस्पतालका औजार उपकरणमा खिया लाग्दै

    विराटनगर/  कोभिडको महामारीको बेला नागरिक, दातृ संस्था र प्रदेश सरकारले स्थापना गरेको कोशी कोभिड अस्पताल सञ्चालनमा समस्या भएको छ । प्रदेश सरकारले पटक पटक नाम र उद्देश्य फेरेर अस्पताल सञ्चालनको प्रयास गरे पनि अस्पताल सञ्चालनमा आउन सकेको छैन । कोभिड महामारीका बेला सञ्चालनमा आएको अस्पताल अढाई वर्षदेखि सञ्चालन हुन नसक्दा त्यहाँ रहेका अर्बौँ रुपैयाँका औजार उपकरण बिग्रने अवस्थामा पुगेका छन् । अस्पतालमा अहिले एक सय ३० वटा अत्याधुनिक बेड रहेका छन् । अस्पतालमा ८० वटा आइसियु, भेन्टिलेटर ३० र अल्ट्रासाउन्ड मेसिन ४ वटा रहेको कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्विस सरकारले उक्त

    • प्रकाशित मितिः मंसिर २१, २०८०
    • ६९५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सिलपाखामा मोटर बाटो पुर्‍याउन मेयरको नेतृत्वमा श्रमदान सुरु

     सुनसरी/ वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित बाक्सिङटार र सिलपाखा टोलमा मोटर बाटो पुर्‍याउन बाटोको ट्राक खोल्ने कार्य सुरु गरिएको छ । हालसम्म मोटर बाटो नपुगेको बाक्सिङटार र सिलपाखा टोललाई वराहक्षेत्र मन्दिर स्थित तमोर करिडोेरबाट मोटर बाटोले जोडन ट्राक खोल्ने कार्य नगर प्रमुख रमेश कार्कीले बुधबार श्रमदान अभियान मार्फत उद्घाटन गरेका छन् । वडा नं १ का अध्यक्ष किसन मगर , सशस्त्र प्रहरी बल चतरा बेस क्याम्पका प्रमुख सशस्त्र प्रहरी निरिक्षक बिगबहादुर गोले सहितको टोली , स्थानिय वडा सदस्यहरु , प्राबिधिक सहित बाटोको ट्राक खोल्ने कार्यको उद्घाटन गर्न श्रमदान अभियानमा आएका नगर प्रमुख कार

    • प्रकाशित मितिः मंसिर १५, २०८०
    • ९९९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved