विराटनगर । प्रदेश १ मा कोरोना संक्रमण र मृत्यु नभएको हिसाबले चार वटा जिल्ला सुरक्षित देखिएका छन । प्रदेश १ का ओखलढुंगा, खोटाङ, भोजपुर र सोलखुम्बुमा कोरोनाबाट हालसम्म कसैको पनि मृत्यु भएको छैन । दोस्रो लहरको तथ्यांक हेर्दा पनि यी जिल्लामा कम संक्रमण देखिन्छ । हिमाली जिल्ला सोलुखुम्बुमा कोरोनाको दोस्रो लहरबाट कोही पनि संक्रमित भएका छैनन् । अघिल्लो लहरमा सोलुखुम्बुमा जम्मा ३७ जनामा कोरोना देखिएको थियो । सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार संक्रमणको पहिलो लहरका बेला हिमाली ताप्लेजुङमा न्यून संक्रमण थियो । तर, दोस्रो लहरले भने यो जिल्लालाई गाँजेको छ । ताप्लेजुङमा ४१ म्हिला र ३६ पुरुष संक्रमित
धरान/ कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय सरकारले जोखिम न्यूनिकरणका लागि आ–आफ्नो तर्फबाट काम थालेका छन् । यसै क्रममा इटहरी उपमहानगरपालिकाले पनि कोरोना जोखिम न्यूनिकरणकाका साथै सहथ रुपमा उपचार प्रदान गर्ने उद्देश्यले ५० शैयाको आइसोलेसन सेन्टर निर्माण गरेको छ । आइसोलेसन निर्माण अन्तिम चरणमा पुगेको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाका स्वास्थ्य महाशखा प्रमुख घनश्याम सिग्देलका अनुसार इटहरी उपमहानगरले सञ्चालन गर्न लागेको आइसोलेसने तीन दिन भित्रमा तयार गरेर सञ्चालनमा ल्याइने छ । स्वास्थ्य महाशखा प्रमुख सिग्देलले भने–‘आइसेलसन तयार भइसकेको छ तीनभित्रमा सञ्चााल
विराटनगर । विराटनगरको नोवेल शिक्षण अस्पतालमा दुई जना संक्रमितको मृत्यु भएको छ । उपचारको क्रममा बुधबार बिहान उनीहरुको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालले दिएको जानकारी अनुसार मोरङको सुन्दरहरैंचा नगरपालिका–७ का ५४ वर्षीय पुरुषको उपचारको क्रममा बिहान ८ः१५ बजे मृत्यु भएको छ । उनलाई मंगलबार राति अस्पतालमा भर्ना गरिएको थियो । उनी क्यान्सर रोग पीडित थिए । यसैगरी अस्पतालमा उपचारकै क्रममा विराटनगर महानगरपालिका–१२ का ६७ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । वैशाख १७ गते अस्पताल भर्ना गरिएका उनमा पुरानो कुनै रोग नरहेको बताइएको छ ।
विराटनगर । प्रदेश १ मा मंगलबार ६ सय ११ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २ सय ६६, झापामा १ सय ६६, सुनसरीमा १ सय २७, उदयपुरमा ११, इलाममा ४, ताप्लेजुङ, खोटाङ, संखुवासभा र धनकुटामा २–२ र प्रदेश १ बाहिरका २९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा ९० महिला र १०३ पुरुषसहित १ सय ९३, सुन्दरहरैचामा १५, कटहरी र बेलबारीमा १२–१२, बुढीगंगामा ९, धनपालथानमा ५, पथरीशनिश्चरेमा ४, मिक्लाजुङ , जहदा, रंगेली र सुनबर्षीमा ३–३, उर्लाबारीमा २, रतुवामाई र ग्रामथानमा १–१, झापाको भद्रपुरमा ३६, विर्मामोडमा २४, दमकमा १९, मेचीनगरमा १६, विर्तामोडमा १४, कनकाईमा १२
विराटनगर/ कोरोना संक्रमणको दर अधिक बढ्न थालेपछि विराटनगर महानगरपालिकाले तीन स्थानमा स्वाब संकलन गर्न शुरु गरेको छ । यसअघि पनि महानगरले अशक्त र ज्येष्ठ नगारिकको स्वाब संकलन गर्न मोबाइल भेन संचालन गरेको थियो । अहिलेसम्म ‘एन्टिजेन टेष्ट’ मात्रै परीक्षण गर्दै आएकोमा संक्रमितको संख्या दैनिक दुई सयको संख्यामा बढ्न शुरु भएपछि तीन स्थानबाट स्वाब संकलन गर्ने व्यवस्था मिलाइएको हो । महानगरका मेयर भीम पराजुलीले भने,“महानगरभित्र संक्रमितको संख्या अत्यधिक बढ्न थालेकोले स्वाब संकलन केन्द्र नै सञ्चालन गरेर परीक्षणको दायरा फराकिलो बनाएका हौं ।” उनले संक्रमितको सम्पर्कमा रहेका मानि
धरान ।धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले ‘इन्टरनेट सेवा’ को विषयलाई लिएर विरोध तथा तालाबन्दि भई रहेको छ ।विद्यार्थीहरुले इन्टरनेट सेवाको गुणस्तर सुधार गर्नु पर्ने,वाईफाई निशुल्क गर्नु पर्ने,खुल्ला बजार निती अनुसार इन्टरनेट सेवा विस्तार गर्नु इन्टरनेशको शुल्क परिमार्जन गर्नु पर्ने लगायतका मागहरु अगाडी सारेका छन् । प्रतिष्ठानको विद्यार्थीहरुको एउटा समुहले अहिले प्रतिष्ठानमा इन्टरनेट सुविधा दिई रहेको सुविसु को कार्यालय सहित प्रतिष्ठानका पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।विद्यार्थीको गुनासोविपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इन्टरनेट सेवाप्र
विराटनगर । कोरोना संक्रमितको उपचार गर्न ९६ बेडको नागरिक केयर सेन्टर संचालनमा आएको छ । १ नम्बर प्रदेशमै कोरोना हटस्पट बनेको प्रदेश राजधानी विराटनगरमा कोरोनाको पहिलो लहर शुरु हुँदै निर्माण भएको संरचना उबेला संक्रमित शून्यमा झरेपछि संचालनमा आउन सकेको थिएन । विराटनगर महानगरपालिका, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङसहितका सामाजिक संघसंस्थाको अगुवाईमा नागरिक केयर सेन्टर स्थापना गरी प्रदेश सरकारलाई संचालनको जिम्मेवारी दिइएको थियो । शुक्रबार मुख्यमन्त्री शेरधन राईले औपचारिक निरीक्षण गरी संक्रमितको उपचारको शुभारम्भ गर्न निर्देशन दिएका हुन । कोसी कोभिड १९ उपचार केन्द्रसंगै रहेको नगारिक केयर सेन्टरमा
धरान/ छिमेकी मुलुक भारतमा अक्सिजन नपाएरै कोरोना संक्रमितहरुको मृत्यु बढ्दै गए पछि नेपालमा पनि अक्सिजनको अभाव हुने चिन्ता हुन थालेको छ । अहिले जटिल अवस्थाका बिरामीहरूको संख्या बढ्दै गएको र अस्पताल भर्ना भएका धेरैलाई अक्सिजन दिनुपर्ने अवश्था आइरहेको छ । प्रदेश १ मा पनि कोरोना संक्रमित बढ्दै गए पछि कोभिड अस्पतालहरु तयारी अवश्थामा राख्न थालिएको छ । अझ अक्सिजनको कमी हुन नदिन सबैको चासो बढेको छ । प्रदेश सरकारले पनि अक्सिजनको कमी हुँन नदिन अक्सिजन प्लान्ट निर्माण गर्ने तर्फ पनि योजना अघि सारेको छ । सोमबार मुख्यमन्त्री शेरधन राईले धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभि
मोरङ / कोरोना संक्रमण बढ्दै गए पछि रोकथाम तथा नियन्त्रणका लागि प्रदेश १ सरकारको अगुवाईमा जनचेतनामुलक अभियान शुरु गरिएको छ । कोरोनाको दोश्रो लहर शुरु भएसँगै संक्रमितको संख्या बढ्दै गएपनि स्वास्थ्य मापदण्ड पालना नभएपछि मन्त्रालयले सांकेतिक रुपमा अभियानको शुरुवात गरेको जनाएको छ । सामाजिक विकास मन्त्रालयको अगुवाईमा, स्काउट लगायतका सामाजिक संघ संस्थाको सहकार्यमा अभियानको शुरुवात गरिएको हो । अभियान शुभारम्भ गर्दै सामाजिक विकास मन्त्री उषाकला राईले विना मास्क हिड्नेहरुलाई मास्क लगाईदिएकी थिइन् । उनले कोरोनाबाट बच्नका लागि स्वास्थ्य मापदण्ड, सामाजिक दुरी कायम गर्न आवश्यक रहेकोमा जोड दिइन् । उनल
विराटनगर/ कोरोना संक्रमित बढ्न थालेपछि प्रदेश १ सरकारले व्यवस्थापन गरेको कोभिड अस्पतालमा लक्ष्यणसहितका बिरामीको चाप बढेको छ । सोमबारसम्म क्षमताअनुसार बेड भरिएका छन् । कोसी कोभिड उपचार केन्द्रमा ८० बेड छन् । सातायता लक्ष्यणसहितका संक्रमित बढेपछि ३२ बेड भरिएको छ । अरु बेडमा भेण्टिलेटरसहितको सुविधा नरहेकोले थप संक्रमित भर्ना लिने अवस्था नरहेको निमित्त निर्देशक डा. एपोलो भगतले जानकारी दिएका छन । उनले भने,“लक्ष्यणसहितका बिरामीमात्र भर्ना लिइएको छ । सबै संक्रमित अक्सिजनको मद्दत लिएर उपचार गर्नुपर्ने अवस्थामा हुनुहुन्छ ।” कोरोनाको दोस्रो लहर शुरु हुँदा कडा लक्ष्यणसहितका बिरामी उपचार