प्रदेश १ मा कोरोनाको दोस्रो लहर : अक्सिजन र भेन्टिलेटर सुविधासहितको नागरिक केयर सेन्टर शुरु "कोसीका बिरामी सारिने, सिकिस्त संक्रमित मात्र भर्ना"

  • वैशाख १७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । कोरोना संक्रमितको उपचार गर्न ९६ बेडको नागरिक केयर सेन्टर संचालनमा आएको छ ।

१ नम्बर प्रदेशमै कोरोना हटस्पट बनेको प्रदेश राजधानी विराटनगरमा कोरोनाको पहिलो लहर शुरु हुँदै निर्माण भएको संरचना उबेला संक्रमित शून्यमा झरेपछि संचालनमा आउन सकेको थिएन ।
विराटनगर महानगरपालिका, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङसहितका सामाजिक संघसंस्थाको अगुवाईमा नागरिक केयर सेन्टर स्थापना गरी प्रदेश सरकारलाई संचालनको जिम्मेवारी दिइएको थियो । शुक्रबार मुख्यमन्त्री शेरधन राईले औपचारिक निरीक्षण गरी संक्रमितको उपचारको शुभारम्भ गर्न निर्देशन दिएका हुन ।

कोसी कोभिड १९ उपचार केन्द्रसंगै रहेको नगारिक केयर सेन्टरमा अक्सिन सुविधासहितका ८३ बेड छन् । तीमध्ये नै २१ वटा भेन्टिलेटर जडान गरिएको छ । बाँकी नर्मल बेड छन । यसैगरी कोसी कोभिडमा हाल ३२ वटा बेड सुविधा छ ।

मुख्यमन्त्री राईले प्रदेशमा संक्रमणको अवस्था बढ्दै गएकोले अब संस्थागत आईसोलेसन निर्माण गर्दै जान पहल लिने बताए । भने,“नागरिक केयर सेन्टरमा अक्सिजन, भेन्टिलेटरको सहयोग चाहिने प्रकृतिका बिरामीलाई बिरामीलाई मात्र भनाई लिइने छ ।” राईले अहिले महामारीको दोस्रो लहर तीव्र गतिमा बढ्दै गएकोले सरकारले लागू गरेका स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न सबै नागरिक सचते हुनुपर्ने बताए । सामाजिक विकास मन्त्री उषाकला राईले नागरिकको जीवन बचाउन सरकार चिन्तित रहेको र सोही अनुरुप काम गर्दै जाने बताइन ।

कोभिडको पहिलो लहर शुरु हुनुभन्दा अगावै निर्माण गरी संक्रमण देखिन थालेपछि शुरु भएको कोसी कोभिड १९ उपचार केन्द्रलाई भने मर्मत गर्ने सरकारले तयारी गरेको छ । हाल कोसी कोभिडमा उपचाररत बिरामीलाई नागरिक केयर सेन्टरमा सारेर त्यहाँ थप उपकरण मर्मतलगायत अन्य काम गर्ने तयारी गरिएको हो । सामाजिक विकास मन्त्री राईले कोसी कोभिडलाई पूर्ण क्षमतामा संचालन गर्न मर्मतलगायत काम जरुरी रहेको सुनाईन । कोसी कोभिड ८० बेड क्षमताको भएपनि ३२ वटा मात्र संचालन छन ।

दोस्रो लहरमा हटस्पट विराटनगर
पछिल्लो दुई साताको तथ्यांकले प्रदेश १ भर १ हजार ६ सयभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको छ । बिहीबारसम्म मोरङमा मात्र सक्रिय संक्रमितको संख्या एक हजार जना छ । यो तथ्यांक प्रदेशभरका कूल संक्रमितको अधामभन्दा धेरै हो । जबकी राजधानी विराटनगरमा मात्र ७ सयभन्दा बढी सक्रिय संक्रमितहरु रहेका छन । बुधबार यता विराटनगरमा दैनिक एक सय जना भन्दा धेरै नयाँ संक्रमित थपिन पुगेका छन ।

प्रदेश राजधानी विराटनगर नै कोरोनाको उच्च जोखिममा पुगेको छ । कोरोना संक्रमणको दोस्रो लहर रोकथाम र उपचारमा विराटनगर महानगरपालिकाले थप गृहकार्य शुरु गरेको छ । कोरोना संक्रमणको पहिलो लहरका बेला आफैं आईसोलेसन सेन्टर संचालन गरेको महानगरले फेरि तयारी थालिएको जनाएको छ ।

महानगरका मेयर भीम पराजुलीले स्वास्थ्य विज्ञ, मेडिकल कलेजका पदाधिकारी तथा अस्पताल तथा जिल्ला प्रशासनका प्रमुखसंग परामर्श र छलफल गरेको बताएका छन । भने,“महानगरको विद्यमान अवस्था र अपनाउनु पर्ने सावधानिका विषयमा छलफल गरेका छौं । विगतमा हामीले महामारी नियन्त्रण गर्न गरेका कामलाई फेरि निरन्तरता दिएका छौं ।” स्थानीय तहको क्षेत्राधिकार र कोभिड नियन्त्रणका विषयमा तत्काल थाल्नुपर्ने कामको सूची बनाएर अघि बढेको पराजुलीले सुनाए । महानगर क्षेत्रमा चाहिने अक्सिजन, चिकित्सकको प्रबन्ध,परामर्शकर्ता,आईसुलेसन केन्द्रकोे व्यवस्थापनमा महानगर अगाडि बढेको पराजुलीले बताए ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जिल्लाभित्रको कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै आवश्यक गृहकार्य भईरहेको बताए । निषेधाज्ञा जारी गर्ने विषयमा पनि विज्ञहरुसंग परामर्श गरिरहेको बताउादै भने,“कतिपय अवस्थामा कालोबजारी बढ्ने र विपन्न परिवार पीडित बन्न सक्नेतर्फ पनि हामीले ध्यान दिनुपर्ने अवस्था आएको छ ।”
महानगरले नगरक्षेत्रका अस्पतालहरुमा उपलब्ध बेडहरुको अवस्थाको अध्यावधिक गर्ने, अक्सिजन र यसको व्यवस्थापन तथा वितरणको चेन मिालाउने कामलाई प्राथमिकतामा राखेको छ । यसैगरी कोरोना नियन्त्रणका लागि नागरिकलाई जानकारी दिने तथा समन्वय गर्ने काममा ध्यान दिइएको विपद् व्यवस्थापन समितिका सदस्य राजेन्द्र प्रधानले जानकारी दिएका छन् ।

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

बारीबाट बजारसम्म, तर ...

धरान/पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved