प्रदेश १ का पहाडी र हिमाली जिल्लामा न्यून संक्रमण

  • बैशाख २४, २०७८
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर । प्रदेश १ मा कोरोना संक्रमण र मृत्यु नभएको हिसाबले चार वटा जिल्ला सुरक्षित देखिएका छन ।
प्रदेश १ का ओखलढुंगा, खोटाङ, भोजपुर र सोलखुम्बुमा कोरोनाबाट हालसम्म कसैको पनि मृत्यु भएको छैन । दोस्रो लहरको तथ्यांक हेर्दा पनि यी जिल्लामा कम संक्रमण देखिन्छ । हिमाली जिल्ला सोलुखुम्बुमा कोरोनाको दोस्रो लहरबाट कोही पनि संक्रमित भएका छैनन् । अघिल्लो लहरमा सोलुखुम्बुमा जम्मा ३७ जनामा कोरोना देखिएको थियो ।

सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार संक्रमणको पहिलो लहरका बेला हिमाली ताप्लेजुङमा न्यून संक्रमण थियो । तर, दोस्रो लहरले भने यो जिल्लालाई गाँजेको छ । ताप्लेजुङमा ४१ म्हिला र ३६ पुरुष संक्रमित भएका छन् । चार जनाको मृत्यु भएको छ । हालसम्म संक्रमितको संख्या २ सय १ पुगेको छ ।

खोटाङमा जम्मा ११ जनामा संक्रमण पुष्टि भएको छ । ओखलढुंगा दुई पुरुषमा स हालम्म ६ महिलामा संक्रमण देखिएको छ । हालसम्म संक्रमित हुनेको संख्या ४३ जना छ । कसैको पनि मृत्यु भएको छैन । भोजपुरमा १४ जनामा संक्रमण पुष्टि भएको छ । अघिल्लो लहरको समेत जोड्दा जम्मा संक्रमितको संख्या १ सय ६ पुगेको छ । पाँचथर १ महिला र ६ पुरुषामा संक्रमण भएको छ । हालसम्म मृत्यु संख्या एक छ । जम्मा ३८ महिला र ११९ पुरुषमा कोरोना पुष्टि भएको छ ।

यसैगरी धनकुटा २७ पुरुष २७ महिलमा संक्रमण पुष्टि भएको छ । विहीबार २ जना थप भएका छन् । हालसम्म संक्रमितको संख्या १८८ पुरुष र ९० महिला पुगेको छ । धनकुटाका १२ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ ।

संखुवासभामा ८ महिला र ४९ पुरुष संक्रति हुँदा जम्मा ७६ महिला ३३७ पुरुषमा संक्रमण पुष्टि भएको छ । एकजनाको मृत्यु भएको छ । यसैगरी तेह्रथुममा ८ महिला र ७ पुरुषमा दोस्रो लहरको संक्रमण देखिएको छ । हालसम्म जम्मा संक्रमित ४७ महिला र ९५ पुरुष छन् । मृत्यु ४ जनाको मृत्यु भएको छ । इलाममा ३० महिला र ३७ पुरुषमा नयाँ संक्रमण देखिएको छ । हालसम्म मृत्यु ९ जना । जम्मा संक्रमण महिला १७६ र पुरुष ७६ पुगेको छ ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved