विपी प्रतिष्ठान : इन्टरनेटको विषयमा कस्को छ दोष ?

  • बैशाख १९, २०७८
  • कोशीपत्र/संवाददाता
alt

धरान ।धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले ‘इन्टरनेट सेवा’ को विषयलाई लिएर विरोध तथा तालाबन्दि भई रहेको छ ।विद्यार्थीहरुले इन्टरनेट सेवाको गुणस्तर सुधार गर्नु पर्ने,वाईफाई निशुल्क गर्नु पर्ने,खुल्ला बजार निती अनुसार इन्टरनेट सेवा विस्तार गर्नु इन्टरनेशको शुल्क परिमार्जन गर्नु पर्ने लगायतका मागहरु अगाडी सारेका छन् । प्रतिष्ठानको विद्यार्थीहरुको एउटा समुहले अहिले प्रतिष्ठानमा इन्टरनेट सुविधा दिई रहेको सुविसु को कार्यालय सहित प्रतिष्ठानका पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
विद्यार्थीको गुनासो
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इन्टरनेट सेवाप्रति विरोध गरिरहेका विद्यार्थीका प्रतिनिधि हरिशचन्द्र विष्टले भने आफुहरुको आन्दोलन सुविसु सँग नभइ प्रतिष्ठानसँग भएको बताए । सुविसु निजी कम्पनी हो उसले नाफा कमाउन नै आउने हो प्रतिष्ठानले सुबिसुलाई मनोपोली गर्न किन दियो ? यो हाम्रो प्रश्न हो । प्रतिष्ठान भित्र एउटा मात्र इन्टरनेट सेवा प्रदायक कम्पनी भएका कारण यो समस्या आएको उनले बताए । अब हाम्रो माग पुरा नभई हामी ताला खोल्ने पक्षमा छैनौ । डेन्टलमा हामीले मोबाइलमा डाटा तानेर पढ्नु पर्ने बाध्यता छ, यसको जिम्मेवारी कस्ले लिने हो यो पनि हाम्रो प्रस्न हो उनले भने ।
विपीको कदम
प्रतिष्ठानमा इन्टरनेट सुविधा प्राप्त गरिरहेका दुई थरि ग्राहक छन् । एकथरी ग्राहकहरु इन्टरनेटमा कुनै समस्या नभएको भनेर मासिक रुपमा शुल्क बुझाएर सेवा लिईरहेका छन् भने विद्यार्थीहरुको एउटा समुह इन्टरनेटमा समस्या रहेको भन्दै विरोध गरि रहेका छन् ।
विद्यार्थीहरुले विरोध गरेपछि र इन्टरनेटमा समस्या आएको भन्दै विरोध भएपछि प्रतिष्ठानले त्यसलाई समाधान गर्न ‘इन्टरनेट सेवाको सुधार सम्बन्धि कार्यदल’गठन गर्यो । कार्यदलले सुझाब सहितको प्रतिबेदन दिएपछि प्रतिष्ठानले इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसुलाई स्पटिकरण सोध्यो । सुविसुले आफुहरुको तर्फबाट कुनै समस्या नभएको स्पस्टिकरण दियो । यदी कुनै समस्या देखिएको भए छलफलका लागि बोलाइयोस् भन्दै सुविसुले प्रतिष्ठानलाई लिखित आग्रह गर्यो ।
सुविसु निकट स्रोतले भन्यो ‘अहिले देखिएको समस्या भनेको हामीले दिएको इन्टरनेट कम गुणस्तरको भएर हैन,विपी को आफ्नो नेटवर्क कमजोर भएर हो ।’
के भन्छ सुविसु
सुविसुले शनिबार प्रेस विज्ञप्ति जारी गरि प्रतिष्ठानमा देखिएको समस्यामा प्रतिष्ठान भित्रको टेक्नीकल समस्या भएको बताएको छ । (हेर्नुहोस् विज्ञप्ती) सुविसुको प्रदेश नम्बर १ का प्रमुख शेखर भट्टराईका अनुसार प्रतिष्ठानमा सुविसुको सेवा कमजोर भएको भन्ने कुरालाई अस्वीकार गर्छन । अहिले जसरी विभिन्न मागहरु राखिएको छ ति मध्ये धेरै हामी सँग सम्बन्धित छैनन । उहाँहरुले निशुल्क वाइफाइ माग्नु भएको छ त्यो हामीले भन्दापनि प्रतिष्ठानले निर्णय गर्ने विषय हो ।
खुल्ला बजार नितीको कुरा उठेको छ । हामी पनि लोएस्ट प्रकृयाबाटै छनौट भएर आएका हौ । भट्टराईका अनुसार सुविसुसँग सम्बन्धित दुई वटा विषय छन शुल्क महङगो र गुणस्तर कम भएको ।
प्रतिष्ठानमा हामीले दुईवटा सुविधा दिएका छौ । एउटा रिटेल सर्भिस छ भने अर्को डेडिकेटेड लिज लाईन । भट्टराईले स्पस्ट पार्दै भने –प्रतिष्ठानसँग २०१७ मा हामीले २५६ केविपीएस देखि २ एमविपिएस सम्म वारलेस इन्टरनेट सेवा दिने भनेर जुन मुल्यमा सम्झौता गरेका छौ त्यो भन्दा धेरै सस्तो मा अहिले इनटरनेट दिएका छौ । अहिले रिटेल सेवाको इन्टरनेट पहिलेको भन्दा सस्तो दिएका छौ । यहाँ महङगो भनेको डेडिकेटेड सर्भिस हो ।
त्यो शुल्क भनेको हामीले सम्झौता गरेकै शुल्क हो ।हामीले प्रतिष्ठानलाई पहिले दिएको एउटा टंकलाईन थियो । अहिले अस्पतालको संबेदनसिलतालाई हेरेर तिन वटा टंकलाईनबाट सुविधा दिएका छौ । त्यस कारण हामीले पहिले दिएको शुल्क घटाउन नसकिएको हो । विपी प्रतिष्ठानको इन्टरनेट सेवामा कमी नहोस भनेरै हामीले इटहरीमा पवहब र डाटा सेन्टर राखेका छौ । त्यस कारणपनि हामीले डेडिकेटेड सर्भिसको शुल्क घटाउन नसकेका हौ ।
अहिले विपीमा तिनवटा रुटबाट इन्टरनेट दिईरहेका छौ । सम्झौता अनुसार लिइएको शुल्क घटाउन नसकीनुको कारण यो पनि हो । हामीले शुल्क घटाएर डेडिकेटेड इन्टरनेट दिन सक्छौ तर त्यसमा त्यही शुल्क अनुसारको टंक लाईन सुविधा दिन सकिन्छ । टं«क लाईनको सुविधा तथा शुल्कको विषयमा प्रतिष्ठानले आवश्यक ठाने पुनः छलफल गर्न सकिन्छ । यस विषयमा हामीले लिखित रुपमै प्रतिष्ठानलाई आग्रहपनि पटक पटक गरि सकेका थियौ ।
अर्को कुरा विपीमा इन्टरनेट राम्रो चलेन भन्ने गुनोस छ । भट्टराईका अनुसार विपी र सुविसु विचमा सम्झौता हुदा डेन्टल,ओपिडी,फ्याकल्टी र प्रतिष्ठानका तोकिएको भन्दा अन्य खुल्ला क्षेत्रमा इन्टरनेट दिने सम्झौता छैन । हाम्रो सम्झौता भएको बाहेकका क्षेत्रमा इन्टरनेट दिने या नदिने भन्ने अधिकार विपी लाई नै छ ।
विपीको आफ्नो नेटवकै धेरै पुरानो छ । हामीले त्यो नेटवर्कमा डेडीकेटेड लिज लाईन विपीको सर्भर रुममा लिंक गरिदिने हो । विपीको त्यो नेटवर्क निकै पुरानो भएको छ र समय अनुसार अपग्रेड भएको छैन । हामीले पटक पटक विपीलाई त्यो नेटवर्क सुधार गर्न सुझाब दिएका छौ ।
अर्को समस्या भनेको होस्टल र आवशिय क्षेत्रमा इन्टरनेट स्लो भएको भनिएको छ । त्यस क्षेत्रमा वाएरलेस इन्टरनेट प्रदान गर्ने हाम्रो सम्झौता छ । वाएरलेसमा धेरै उपकरणहरु प्रयोग हुने भएकाले वेलाबेलामा ‘इन्टरफेरेन्स’को समस्या हुन्छ ।त्यसलाई हामीले गुनासो आउनसाथ समाधान गरेका छौ । यसको विकल्पको रुपमा हामीले एफटिटिएच प्रविधी प्रयोग गर्न २०७३ सालमै अनुमती मागेका थियौ । त्यसबेला आवाशिय क्षेत्रमा एफटिटिएच सुविधा विस्तार गरेर सेवा दिन थालिएको थियो भने होस्टेल एरियामा हामीले एफटिटिएच विस्तार गर्न स्वीकृती मागेका थियौ । तर होस्टेल एरियामा एफटिटिएच विस्तार गर्न केही महिना अगाडी मात्र मौखिक स्वीकृती प्राप्त भयो । हामीले लगत्तै होस्टेल एरियामा पनि एफटिटिएच विस्तार गरिसकेका छौ र सुविधापनि दिई रहेका छौ । अर्को कुरा हामीले कहाँ कहाँ समस्या छ देखाई दिनुहोस् त्यो समाधान गरिदिन्छांै पनि भनेका छौ तर त्यो पनि उहाँहरुले देखाउनु भएको छैन ।
कुनै समस्या आउन साथ हामीले हाम्रा आधिकारीक ग्राहकको समस्या तुरन्तै समाधान गरेका छौ । त्यस कारण समस्या आयो मात्र हैन कहाँ आयो कस्कोमा आयो त्यो पनि त भन्नु पर्यो उनले भने । रिजनल प्रमुख भट्टराईका अनुसार सुविसुको सेवा क्षेत्रभित्र कुनै समस्या छैन । जहाँ सुविसुको क्षेत्र हैन त्यहाँ विपीको समस्या छ । अब हाम्रो क्षेत्र भन्दा बाहिरको विषयमा हाम्रो विरोध गर्नु पुर्वाग्रही भावना मात्र हो । अर्को कुरा उहाँहरुले सुविसुको मात्र मनोपोली भयो भन्नु भएको छ,म सबैलाई जानकारी गराउन चाहान्छु विगत ४–५ बर्ष देखि प्रतिष्ठान भित्र लोकल आइएसपी कृति नेटपनि सञ्चालनमा छ भन्ने जानकारी पाएका छौ ।
तालाबन्दीले स्थिती जटिल हुन सक्छ
भट्टराई भन्छन् अहिले विपीमा हामीले इन्टरनेट दिइरहेका क्षेत्रको अप्रेटिङ सिस्टम भएको ठाउमा तालाबन्दी भएको छ । हामीले छलफल गरौ र समाधान खोजौ भनेर विपीको सम्बन्धित पक्षसँग सम्पर्कको प्रयास गरेका छौ कोही सम्पर्कमा आउनु भएको छैन । हामीले दिएको सेवाको विषयमा फेरी छलफल होला,केही समाधान निस्किएला । तर अहिले हाम्रो अप्रेटिङ सिस्टम भएको ठाउमा ताला लगाइएको छ । अहिले हावा हुरीको समय छ,कुनैपनि बेला इन्टरनेटमा समस्या आउन सक्छ । मुसाहरुले तार काट्ने तथा चट्याङले क्षति पुर्याएर एक छिन पनि इन्टरनेट सेवा रोकियो भने विपीको विरामीको रेकर्ड राख्ने देखि विल काउन्टर सहित सम्पुर्ण क्षेत्रको सिस्टम बन्द हुन्छ । त्यो बेला हामी त्यसलाई सुचारु गर्न सक्दैनौ किन भने हामीले अप्रेट गर्ने ठाउमा ताला लगाइएको छ ।अहिलेपनि हामीले त्यहाँको सर्भिसलाई मनिटरिङ गर्न सकेका छैनौ ।
त्यहाँ अहिलेपनि समस्याहरु देखिन थालि सकेको छ ।अहिले हाम्रा कर्मचारीहरु सडकमै उभिएर ग्राहकहरुलाई सेवा दिन बाध्य छन् । अहिले उहाँहरुको तालाबन्दीका कारण देखिएको टेक्नीकल समस्यालाई पनि उहाँहारुले सुविसुकै समस्या भनेर विरोध नहोला भन्न सकिन्न । समस्याको विषयमा छलफलमा बसौ भन्दा नबस्ने,समस्या देखिइदिनुस भन्दा नदेखाउने अनी हामीलाई एकोहोरा पेल्नुका पछाडी नियोजीत षडयन्त्र हो की भन्ने हामीले बुझेका छौ । उनले भने ।
मिडियासँग सुविसुको गुनासो
धरान लगायत राष्ट्रिय स्तरका केही मिडियामा पहिले देखिनै सुविसुले गुणस्तरिय सुविधा दिएन भनेर एकोहोरो समाचार निरन्तर आइरहेका छन् । समाचार लेख्ने कर्मलाई हामी सम्मान गर्छौ । तर हाम्रो सुविधासँग प्रश्न उठेपछि हामीलाई सोध्नु पर्ने हो भन्ने हामीले बुझेका हौ । अरुले बास्तविकता नखोजेपनि मिडियाले बास्तविकता खोज्नु पर्ने हैन र ? भट्टराईले प्रश्न गरे ।
के भन्छ प्रतिष्ठान ?
समस्याको विषयमा जानकारी लिन प्रतिष्ठानका उपकुलपती प्राडा ज्ञानेन्द्र गिरी र रजिष्टार प्राडा मोहनचन्द्र रेग्मीलाई फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन । प्रतिष्ठानका सहायक प्रबक्ता डा चुडामणि पोख्रेलले उपकुलपती कार्यालयको कामले काठमाण्डौ जानु भएको र रजिष्ट्रार आइसोलेशनमा रहनु भएको जानकारी दिए । सहायक प्रबक्ता पोख्रेलले यो समस्या समाधान गर्न पहल भईरहेको जानकारी दिए । उनले इन्टरनेटमा समस्या रहेको भन्दै समाधानका लागि सम्बन्धित पक्षसँगपनि प्रतिष्ठानले पहल गर्ने तथा एक्सन लिने काम गरेको बताए ।उनले थप विषयमा उपकुलपती र रजिष्टारसँग छलफल गरेर मात्र भन्न सक्ने बताए ।

IMG_0001 IMG

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved