स्वास्थ्य

    Showing 101-110 of 1,979 items.
  • धरानमा लागुऔषधसहित ७ जना पक्राउ, ठूलो मात्रामा गाँजासमेत बरामद

    धरान/  धरानमा लागुऔषध सम्बन्धी छुट्टाछुट्टै घटनामा सात जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूबाट विभिन्न प्रकारका प्रतिबन्धित लागुऔषध र ठूलो मात्रामा गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। धरान उपमहानगरपालिका वडा नं. ८ र ११ क्षेत्रबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ट्रामोल ७९५ क्याप्सुल र कोलिवान ७८५ पिससहित ६ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा धरान–११ का १८ वर्षीय आशिष तामाङ, धरान–८ का २३ वर्षीय अनिल लिम्बू र १८ वर्षीय अनिल मगर, धरान–१७ का २२ वर्षीय राजकुमार राई, २८ वर्षीय अनिल मगर तथा धरान–१९ का १८ वर्षीय अनिष मगर रहेका छन्। यसैबीच, वै

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 2,139 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पाँचथरमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

    पाँचथर/ पाँचथरको याङवरक गाउँपालिका–५ स्थित दाहाल गाउँमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। स्थानीय ४२ वर्षीय कृष्ण लिङ्देनले आफ्नी ४० वर्षीया श्रीमती सम्झना भट्टराईलाई गत वैशाख ३ गते बिहान घरायसी विवादका क्रममा कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएकी सम्झनालाई तत्काल उपचारका लागि जिल्ला अस्पताल फिदिम लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो। तर उपचारकै क्रममा आइतबार राति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। मृतकको शव हाल सोही अस्पतालको शवगृहमा राखिएको छ। घटनापछि आरोपी कृष्ण लिङ्

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 294 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका मासु पसल अव्यवस्थित, पटक–पटकको अनुगमन प्रभावहीन

    धरान/ धरान उपमहानगरपालिकाको बजार अनुगमन शाखाले सरोकारवाला निकायहरूसँग समन्वय गर्दै आईतवार  धरानका मासु पसलमा अनुगमन गरेको छ। तर, अनुगमनका क्रममा मासु पसलहरूमा अघिल्ला पटकझैं लापरबाही देखिएको पाइएको छ। अनुगमनका क्रममा धेरैजसो पसलमा फ्रिजको व्यवस्था नभएको, सफाइको अभाव रहेको र मापदण्ड विपरीत तरिकाले मासु बिक्री वितरण भइरहेको भेटिएको अनुगमन शाखाका अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिए। उनका अनुसार, मासु पसलसँगै अन्य व्यवसायिक फर्ममा पनि म्याद गुज्रिएका वस्तु बिक्री, सरसफाइमा लापरबाही तथा व्यवसायिक प्रमाणपत्र नवीकरण नगरेको अवस्था फेला परेको छ। धरान उपमहानगरपालिकाले मासु व्यवसायीहरूलाई मापद

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 234 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विषालु च्याउ खाँदा इलाममा तीनजनाको ज्यान गयो

    इलाम/  इलामको माङसेबुङ गाउँपालिका–५ मा जङ्गली च्याउ खाँदा एकै परिवारका तीनजनाको ज्यान गएको छ। मृतकहरूमा ५५ वर्षीय अमर लावती, २५ वर्षीया मनिषा लिम्बू र १७ वर्षीया नुमा लावती रहेका छन्। झापाको बिर्तामोडस्थित बीएनसी अस्पतालका सूचना अधिकारी डा. अनुपम घिमिरेका अनुसार करिब ६ दिनअघि चिया बगान क्षेत्रमा उम्रिएको जङ्गली च्याउको तरकारी खाएपछि उनीहरू बिरामी परेका थिए। मनिषा र नुमाको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होममा पहिल्यै मृत्यु भइसकेको थियो भने अमर लावतीको आज बीएनसी अस्पतालमा निधन भएको हो। हरेक वर्षायाममा यस्ता विषालु च्याउ खाँदा अकालमा ज्यान जाने घटना दोहोरिँदै आएको छ। ज

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 267 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा मर्निङवाक जाँदै गरेका व्यक्तिको लडेर मृत्यु, पहिचान खुल्यो

    धरान/ सुनसरीको धरानमा मर्निङवाकका क्रममा लडेका एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुने व्यक्तिको पहिचान तेह्रथुम म्याङलुङ नगरपालिका–१० घर भई हाल धरान–१५ श्यामचोक पूर्वपट्टी कञ्चनमार्गमा बसोबास गर्दै आएका ४१ वर्षीय भिमसुन्दर लिम्बुका रूपमा खुलेको छ। ईलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगुका अनुसार मृतकको पहिचान उनकी श्रीमती चन्द्रकुमारी लिम्बुले गरेकी हुन्। स्थानीयका अनुसार भिमसुन्दर आज (शनिबार) विहान मर्निङवाक जाँदै गर्दा धरान–१५ स्थित निराजन बस्तीको उकालोमा लडेका थिए। सोही स्थानमै उनको मृत्यु भएको बताइएको छ। प्रहरीका अनुसार भिमसुन्दर उच्च रक्तचाप र मधुमेहका ब

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • 4,682 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जबरजस्ती करणी गरी १७ वर्षीया किशोरीलाई गर्भवती बनाउने युवक पक्राउ

    झापा/ झापाको भद्रपुर नगरपालिका–५ का २० वर्षीय शङ्कर राजवंशीलाई जबरजस्ती करणी गरी १७ वर्षीया किशोरीलाई आठ महिनाको गर्भ बोकाउने आरोपमा प्रहरीले पक्राउ गरेको छ। राजवंशीलाई कनकाई नगरपालिका–८, लक्ष्मीपुरमा लुकीछिपी बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले पक्राउ गरेको हो। प्रहरीका अनुसार, गत असोज २४ गते बिहान ४ः३० बजेबाट राति ९ बजेसम्म भद्रपुरस्थित एक होटेलमा राजवंशीले किशोरीलाई जबरजस्ती करणी गरेका थिए। करणीका कारण ती किशोरी आठ महिनाको गर्भवती भएकी छन्। युवतीलाई घरमै सिकिस्त अवस्थामा भेटिएपछि स्थानीयवासीको सहयोगमा भद्रपुर नगर प्रहरीले बिहीबार साँझ उद्धार गरी उनल

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • 509 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यात्रुवाहक गाडीमा गाँजा! भेडेटारमा ५१ किलो लागुऔषधसहित महिला समातिइन्

    धनकुटा/ धनकुटाको भेडेटार चोकमा प्रहरीले बिहीबार बिहान सार्वजनिक सवारीसाधनमार्फत तस्करी गरिँदै गरेको ५१ किलो गाँजा बरामद गरेको छ। लागुऔषध नियन्त्रण अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले नियमित जाँचका क्रममा गाँजा बरामद गरेको हो। तेह्रथुमबाट इटहरीतर्फ गइरहेको प्र.१–०२–००१ ज ४४८० नम्बरको यात्रुवाहक ईभी गाडी जाँच गर्दा छतमा राखिएको एक जेब्रा झोला र दुईवटा बोरामा लुकाइराखिएको अवस्थामा ठूलो परिणाममा गाँजा भेटिएको धनकुटा प्रहरीले जनाएको छ। घटनास्थल साँगुरीगढी गाउँपालिका–६ को भेडेटार चोकमा बिहान करिब ९ बजे उक्त गाडीलाई रोकेर चेकजाँच गर्दा ५१ किलो गाँजा

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • 3,900 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोभिडका संक्रमित फेरी बढ्न थाल्यो

    काठमाण्डौ । एसियाली मुलुकमा पछिल्लो समय कोभिड १९ संक्रमितको संख्या बढ्न थालेको छ ।मंगलबार मुम्बईको किङ एडवर्ड मेमोरियल केईएम अस्पतालमा कोभिड– १९ पोजिटिभ दुई बिरामीको मृत्यु भयो । मृतक मध्ये ५९ वर्षीय बिरामीलाई मुखको क्यान्सर र १४ वर्षीया बालिकालाई नेफ्रोटिक सिन्ड्रोम मिर्गौला सम्बन्धी रोग थियो ।भारतको स्वास्थ्य मन्त्रालयका अनुसार एक जनवरीदेखि १९ मेसम्म देशभर २५७ कोभिड– १९ संक्रमित फेला परेका छन ।सिंगापुरको स्वास्थ्य मन्त्रालयका अनुसार, अप्रिल २७ देखि मे ३, २०२५ सम्मको हप्तामा कोभिड– १९ का घटनाहरूको अनुमानित संख्या १४,२०० पुगेको छ, जुन अघिल्लो हप्तामा ११,१०० थियो । सोही अवधि

    • प्रकाशित मितिः जेठ ७, २०८२
    • 401 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रमा अफ्रिकन स्वाइन फिभरको प्रकोप, ३६ बङ्गुरको मृत्यु

    सुनसरी/  बराहक्षेत्र नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणका कारण ३६ वटा बङ्गुरको मृत्यु भएको छ। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख डा. मनोजकुमार महतोका अनुसार स्थानीय किसानले व्यावसायिक रूपमा पालेका बङ्गुरमा यो सङ्क्रमण पुष्टि भएको हो। बराहक्षेत्र–१ मा रहेको दियाली कृषि फार्ममा २० वटा बङ्गुरमा सङ्क्रमण देखिएको र तीमध्ये १७ वटाको मृत्यु भएको छ। त्यस्तै, बराह बङ्गुर फार्ममा १५ वटामा सङ्क्रमण पुष्टि भएकोमा सातवटा बङ्गुर मरेका छन्। यसैगरी, स्थानीय सुवास श्रेष्ठको बङ्गुर फार्ममा २२ वटामा सङ्क्रमण देखिएको र १२ बङ्गुरको मृत्यु भएको डा. महत

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • 359 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जङ्गलमा निगुरो टिप्न गएका पुरुषको पाँच दिनपछि शव भेटियो

    सुनसरी / मोरङको कानेपोखरी गाउँपालिका–५ का ५२ वर्षीय जितलाल राजवंशीको शव पाँच दिनपछि जङ्गलमा फेला परेको छ। निगुरो टिप्न भनी घरबाट निस्किएका राजवंशी यही जेठ २ गते बिहानदेखि बेपत्ता थिए। राजवंशीको खोजीमा परिवार र स्थानीयवासी निरन्तर खटिएका थिए। अन्ततः जेठ ६ गते बिहान करिब ११ बजे कानेपोखरी–७ स्थित राष्ट्रिय वन क्षेत्रभित्र उनको शव फेला परेको हो। शव घरदेखि करिब पाँच किलोमिटर उत्तरतर्फको जङ्गलभित्र भेटिएको स्थानीयले जानकारी दिएका छन्। शव फेला परेपछि तत्काल इलाका प्रहरी कार्यालय कानेपोखरीलाई खबर गरियो। सूचना प्राप्त हुनेबित्तिकै प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थलमा पुग्यो। स

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • 340 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved