स्वास्थ्य

    Showing 101-110 of 2,412 items.
  • विमानस्थलबाट ब्राउन सुगरसहित युवती पक्राउ

    भद्रपुर/ झापाको भद्रपुर नगरपालिका–८ स्थित भद्रपुर विमानस्थलबाट लागू औषध ब्राउन सुगरसहित एक युवती पक्राउ परेकी छन्। विमानस्थल सुरक्षा गार्डमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा १४४ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो। माघ १९ गते साँझ भद्रपुरबाट काठमाडौँ जान लागेकी हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका–२ की २६ वर्षीया रोशनी बुढाले लुकाई–छिपाई राखेको अवस्थामा लागू औषध फेला परेको प्रहरीले जनाएको छ। नियमित सुरक्षा जाँचका क्रममा शंकास्पद गतिविधि देखिएपछि गरिएको खानतलासीमा उक्त परिमाणको ब्राउन सुगर बरामद गरी उनलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकी बुढालाई आवश्यक क

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 274 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपी प्रतिष्ठानमा ‘साइन्याप्स २०२६’ भव्य रूपमा सुरु, १९ मेडिकल कलेजको सहभागिता

    धरान/ धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अन्तर–मेडिकल कलेज स्तरीय प्रतिष्ठित कार्यक्रम ‘साइन्याप्स २०२६’ शुक्रबारबाट भव्य रूपमा सुरु भएको छ। विद्यार्थी कल्याण समाजको आयोजनामा सुरु भएको यो सातदिने महोत्सवले भावी स्वास्थ्यकर्मीहरूलाई शैक्षिक गतिविधिभन्दा बाहिरका प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उद्देश्य राखेको छ।प्रतिष्ठानको परिसरमा आयोजित उद्घाटन समारोहको उद्घाटन प्रतिष्ठानका उपकुलपति प्रा.डा. विक्रम प्रसाद श्रेष्ठले गरेका हुन्। अन्तर–मेडिकल कलेजस्तरीय यो प्रतिष्ठित कार्यक्रम सन् २०१८ देखि हरेक दुई वर्षमा आयोजना हुँदै आएको भए पनि कोभिड

    • प्रकाशित मितिः माघ १६, २०८२
    • 324 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान–१३ को जिरोपोईन्ट, बारम्बार दुर्घटना रोक्न सरोकारवालाको आग्रह

    धरान/ धरान–धनकुटा कोशी राजमार्ग अन्तर्गत धरान उपमहानगरपालिका वडा नं. १३ स्थित जिरोपोईन्ट क्षेत्र सवारी दुर्घटनाको हटस्पट बन्दै गएपछि विभिन्न राजनीतिक दल, संघ–संस्था, टोल विकास समिति तथा समाजसेवीहरूले वडा कार्यालयमा संयुक्त ज्ञापनपत्र बुझाउँदै दीर्घकालीन समाधानको माग गरेका छन्। सन् १९८२ मा निर्माण सम्पन्न भई सञ्चालनमा आएको धरान–धनकुटा सडक पूर्वी पहाडी जिल्लालाई तराईसँग जोड्ने एकमात्र प्रमुख मार्ग हो। दैनिक करिब ११ सयदेखि १२ सयसम्म सवारी साधन चल्ने यस सडक खण्ड साँगुरो, उकालो–ओरालो भूगोल र अव्यवस्थित बजारीकरणका कारण अत्यन्त जोखिमपूर्ण बन्दै गएको सरोकारवालाहरूको भनाइ छ। स

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 433 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको पहिचान बोकेको ‘धराने मोमो’ सुरु

    धरान/ धरानको मौलिक पहिचान बोकेको परम्परागत मोमोको स्वाद र इतिहासलाई पुनर्जीवित गर्ने उद्देश्यसहित ‘धराने मोमो’को औपचारिक सुरुवात गरिएको छ। होटल व्यवस्थापन शिक्षामा लामो समयदेखि क्रियाशील यूएन नवोदय कलेजअन्तर्गत सञ्चालित यूएन केक एण्ड बारिस्टाको सफलतापछि नयाँ ब्रान्डका रूपमा ‘धराने मोमो’ सुरु गरिएको हो। १५ वर्षभन्दा बढी समयदेखि व्यवहारिक, अनुसन्धानमुखी तथा व्यवसाय–केन्द्रित शिक्षा प्रदान गर्दै आएको यूएन नवोदय कलेजले Teaching Hotel School अवधारणाअन्तर्गत यो पहल अघि बढाएको जनाएको छ। क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापो र होटल व्यवस्थापन संयोजक गगनमान श्रेष

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 647 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा लागूऔषधसहित युवक पक्राउ

    धरान/ वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले लागूऔषध कारोबारविरुद्धको अभियान अन्तर्गत एक युवकलाई नियन्त्रणमा लिएको छ। प्रहरीले मिति २०८२।१०।०५ गते राति  धरान उप–महानगरपालिका वडा नं. २ स्थित ट्याक्सी स्टेण्डबाट धनकुटा नगरपालिका–१ निवासी १८ वर्षीय विशाल भनिने बुद्ध तामाङलाई खानतलासीका क्रममा पक्राउ गरेको हो। खानतलासीका क्रममा तामाङको साथबाट लागूऔषध ट्रामाडोल १५० क्याप्सुल र स्पास्पेन १५० ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ। लागूऔषधसहित पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भइरहेको छ। प्रहरीले लागूऔषध नियन्त्रण अभियानलाई थप कडाइक

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 389 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा बस दुर्घटना : १८ महिनाको शिशुसहित ५ जनाको घटनास्थलमै मृत्यु, १२ घाइते

    धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित जिरोप्वाइन्टमा भएको बस दुर्घटनाले शोकमा डुबाएको छ। भेडेटारबाट धरानतर्फ आउँदै गरेको शैक्षिक भ्रमणको बस अनियन्त्रित भई सडक छेउमा रहेको न्यू सभा मेडिकल मा ठोक्किँदा १८ महिनाको शिशुसहित ५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। प्रहरीका अनुसार मिति २०८२।१०।०४ गते दिउँसो ४ः१० बजे कोशी राजमार्ग अन्तर्गत जिरोप्वाइन्ट क्षेत्रमा को.१ ख ७११९ नम्बरको बस दुर्घटनामा परेको हो। उक्त बस टाइम्स इन्टरनेशनल एकेडेमी स्कुल, जनकपुर को शैक्षिक भ्रमणमा प्रयोग भएको खुलेको छ। दुर्घटनामा बसमा सवार १३ जनामध्ये २ जना र मेडिकलमा रहेका ३ जना गरी जम्

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 765 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शैक्षिक भ्रमणको बस धरानमा दुर्घटना, चालकसहित ५ जनाको मृत्यु, १३ घाइते

    धरान/ सुनसरीको धरानमा शैक्षिक भ्रमणमा आएको बस दुर्घटना हुँदा चालकसहित ५ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन्। जनकपुरबाट शैक्षिक भ्रमण आएको बस  भेडेटार बाट  धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको ‘इन्टरनेशनल टेम्स एकेडेमी’ लेखिएको बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका डीआईजी विनोद घिमिरेका अनुसार उक्त बस धरान क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो। सुनसरीका प्रहरी प्रमुख (एसपी) केशव थेबेले चालकसहित ५ जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि गर्नुभयो। दुर्घटनामा तीन पुरुष र दुई महिलाको ज्यान गएको छ। दुर्घटना

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 746 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानबाट ब्राउन सुगरसहित चार जना पक्राउ

    धरान/ धरान उप–महानगरपालिकामा लागूऔषध कारोबारविरुद्ध प्रहरीले चलाएको विशेष अभियानका क्रममा दुई फरक स्थानबाट चार जनालाई नियन्त्रणमा लिइएको छ। प्रहरीलाई प्राप्त सूचनाको आधारमा वडा प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी विजयपुरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले मिति २०८२ साल माघ ३ गते साँझ ६ः२० बजे धरान–१३ फुस्रेमा डेरा गरी बस्दै आएका २८ वर्षीय रोमन भुजेलको कोठामा खानतलासी गरेको थियो। खानतलासीका क्रममा भुजेलको कोठाबाट ब्राउन सुगर १.३९ ग्राम बरामद भएको प्रहरीले जनाएको छ। धनकुटाको साँगुरीगढी गाउँपालिका–६ घर भएका भुजेललाई लागूऔषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 478 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानबाट ब्राउन सुगरसहित एक जना पक्राउ

    धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थित सप्तरङ्गी पार्क क्षेत्रमा लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले एक व्यक्तिलाई ब्राउन सुगरसहित पक्राउ गरेको छ। मिति २०८२ साल पुस २९ गते साँझ करिब ६ः३० बजे अस्थायी प्रहरी चौकी रेल्बेबाट खटिएको प्रहरी टोलीले धरान–१७ निवासी करिब ४० वर्षीय अमित थापा मगरलाई शंका लागी चेकजाँच तथा खानतलासी गर्दा उनको साथबाट लागूऔषध ब्राउन सुगर  १.०२ ग्राम (एक ग्राम २) मिलिग्राम फेला पारेको हो। फेला परेको लागूऔषधसहित थापा मगरलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • 733 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा खुकुरी प्रहारबाट युवकको ह*त्या, एक पक्राउ

    धरान/ धरान उपमहानगरपालिका–११ स्थित पुण्यमार्गमा खुकुरी प्रहारबाट एक युवकको दर्दनाक मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईका अनुसार धरान–११ का ३५ वर्षीय रुपक राई मंगलबार  साँझ करिब ६ः३० बजे आफ्नै घरभित्र खुकुरी प्रहार गरी मृत अवस्थामा फेला परेका थिए। घटनास्थलमै उनको ज्यान गएको प्रहरीले जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ। घटनासँग सम्बन्धित आरोपमा मृतककै मामाका छोरा धरान–११ कै ३३ वर्षीय रविन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। हाल इलाका प्रहरी कार्यालय धरानमा राखी घटनाबारे थप अन

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • 1,837 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved