रंग लगाउँदै गर्दा तीन तलाबाट खसेर मजदुरको मृत्यु

  • असार २३, २०८३
  • कोशीपत्र/संवाददाता
alt

झापा/ बाह्रदशी गाउँपालिका कार्यालय भवनमा रंग लगाउने क्रममा तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ।

मोरङको सुन्दरहरैंचा नगरपालिका–४ निवासी ४२ वर्षीय टंक थापा सोमबार बिहान करिब ९ः४० बजे बाह्रदशी गाउँपालिका–५ फूलबारीस्थित गाउँपालिका कार्यालयको तीनतले भवनमा रंग लगाइरहेका थिए। सोही क्रममा सन्तुलन गुमाउँदा उनी तल खसेका थिए।

प्रहरीका अनुसार थापा सीधै भुइँमा खस्नुअघि भवनको बीच भागमा रहेको फलामे ग्रिलमा ठोक्किएका थिए। दुर्घटनामा उनको निधार र दाहिने तिघ्रामा गम्भीर चोट लागेको थियो। घटनालगत्तै सहकर्मी र स्थानीयवासीको सहयोगमा उद्धार गरी उनलाई बिर्तामोडस्थित बी एण्ड सी अस्पताल पुर्‍याइएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाले उपचारका क्रममा थापाको मृत्यु भएको पुष्टि गर्दै घटनाको कारणबारे अनुसन्धान भइरहेको जानकारी दिए। उनका अनुसार दुर्घटनाका बेला आवश्यक सुरक्षा उपकरण प्रयोग गरिएको थियो वा थिएन भन्ने विषय पनि अनुसन्धानको दायरामा राखिएको छ।

पालिका कार्यालय भवनमा भइरहेको रंगरोगनको कामका क्रममा भएको यस दुर्घटनाले निर्माण तथा मर्मतसम्भारका कार्यमा श्रमिक सुरक्षाको अवस्थामाथि पुनः प्रश्न उठाएको छ। उचाइमा काम गर्दा सुरक्षा बेल्ट, हेल्मेट तथा सुरक्षित स्काफोल्डिङजस्ता आधारभूत सुरक्षा मापदण्डको पूर्ण पालना गर्नुपर्ने भए पनि व्यवहारमा त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा यस्ता दुर्घटना दोहोरिने गरेका छन्।

प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि पठाउने तयारी गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

धरान औद्योगिक क्षेत् ...

धरान/  धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्य ...

पुस्तक पढे, समीक्षा ...

इटहरी / सुनसरीको इटहरी ६ मा अवस्थित माेडर्न प्रिपर ...

लागुऔषध सेवनपछि ‘पत् ...

विराटनगर/ पत्रकार भएको दाबी गर्दै प्रहरीसँग अभद्र ...

चतरामा श्रावणमा लाग् ...

वराहक्षेत्र/ श्रावण महिनामा चतरा धाम स्थित कौशिकी (कोशी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved