धरानको बीपी प्रतिष्ठानमा १० बिचौलिया पक्राउ

  • असार २४, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरबाट उपचारका लागि आएका बिरामीलाई विभिन्न निजी मेडिकलबाट सस्तो मूल्यमा औषधि मिलाइदिने भन्दै प्रलोभनमा पारेर अवैध कमिसनको चलखेल गरेको आरोपमा १० जना पक्राउ परेका छन्।

प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई निजी मेडिकलतर्फ पठाई आर्थिक चलखेल तथा अवैध कमिसन लिने गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा २०८३ असार २३ गते इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोस्ट घोपाबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रतिष्ठानको इमर्जेन्सी भवन अगाडिबाट उनीहरूलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार पक्राउ पर्नेमा सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–३ का ३७ वर्षीय रन्जित कुमार चौधरी, सप्तरीको राजविराज नगरपालिका–६ की २७ वर्षीया रबिना मण्डल, भोजपुरको आमचोक गाउँपालिका–८ का ३५ वर्षीय हस्त श्रेष्ठ, धरान–१५ का २० वर्षीय सागर पोखरेल, मोरङको लेटाङ नगरपालिका–३ का २९ वर्षीय सान्बिन किराती, धरान–६ का २३ वर्षीय मनिष बुढाथोकी, उदयपुरको चौदण्डीगढी नगरपालिका–५ का ४० वर्षीय उमेश कुमार चौधरी, धरान–१७ का ३५ वर्षीय धिरोज निरौला, इनरुवा नगरपालिका–२ का ३१ वर्षीय रोहित मेहता र धरान–११ का १८ वर्षीय बिनोद भट्टराई रहेका छन्।

प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जनाएको छ। साथै, प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई प्रलोभनमा पार्ने वा निजी मेडिकल तथा अस्पतालतर्फ लैजाने यस्ता गतिविधिमा संलग्न भए कानुनी कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ।

युएन नवोदय कलेजमा वि ...

धरान/ आर्थिक तथा वित्तीय अपराधका बढ्दा घटनाप्रति व ...

रंग लगाउँदै गर्दा ती ...

झापा/ बाह्रदशी गाउँपालिका कार्यालय भवनमा रंग लगाउन ...

धरान औद्योगिक क्षेत् ...

धरान/  धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्य ...

पुस्तक पढे, समीक्षा ...

इटहरी / सुनसरीको इटहरी ६ मा अवस्थित माेडर्न प्रिपर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved