मोरङ/ मोरङको मिक्लाजुङ गाउँपालिका–२ चुलीपोखरीमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ४० वर्षीय राजकुमार राई रहेका छन् ।
प्रहरीका अनुसार असार २० गते साँझ करिब ६ बजे बाख्रा चराएर घर फर्किने क्रममा उनी भिरबाट लडेका थिए ।
घटनाबारे असार २१ गते बिहान ६:१० बजे प्रहरीलाई जानकारी प्राप्त भएपछि अस्थायी प्रहरी चौकी टाडीबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो ।
त्यसपछि थप अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी निरीक्षक नवीन वलीको नेतृत्वमा अर्को प्रहरी टोली पनि घटनास्थल पुगेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।