स्वास्थ्य

    Showing 91-100 of 2,527 items.
  • आजदेखि देशभरि भरी सिलिण्डर ग्यास पाइने

    काठमाडौँ/ आजदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ। नेपाल आयल निगमले प्रेस विज्ञप्ति जारी गर्दै भरी सिलिण्डर बिक्री वितरणको व्यवस्था मिलाइएको जानकारी दिएको हो । निगमले इण्डियन आयलका विभिन्न बोटलिङ्ग प्लान्ट तथा रिफाइनरीहरूबाट भएको लोडिङ्गको अवस्थामा सुधार तथा आम उपभोक्ता वर्गबाट १४.२ केजी ग्यास सिलिण्डरको उच्च मागको अवस्थालाई समेत मध्यनजर गर्दै मुलुकभरी नै साविककै १४.२ केजी ग्यास भर्ने जनाएको छ । १४.२ केजी ग्यासको मूल्य दुई हजार ६० रुपैयाँ निर्धारण गरिएको छ । यसअघि अभावलाई मध्यनजर गर्दै अस्थायी रूपमा ७.१ केजी ग्यास भर्ने व्यवस्था गरिएको थियो ।

    • प्रकाशित मितिः असार ३१, २०८३
    • 109 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यातायात मजदुर व्यवसायीले बनाए संयुक्त समिति आवश्यक परे सडक संघर्षको तयारी

    काठमाण्डौं/ सार्वजनिक यातायात क्षेत्र सुधारका लागि यातायात व्यवसायी महासंघ तथा यातायात मजदुर सम्बध संगठनहरुले संयुक्त समन्वय समिति गठन गरेको छ । यातायात सम्बध ऐन, कानुनहरु संशोधन र आवश्यक परे सडक संघर्षसम्म जाने तयारी समितिको रहेको छ ।  मंगलबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कार्यालयमा सम्पन्न संयुक्त बैठकले महासंघको अध्यक्ष पूण्यप्रसाद सिटौला (सरोज), नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई, नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दीपक केसी, महासंघका महासचिव डेकनाथ गौतम रहेको सार्वजनिक यातायात क्षेत्र

    • प्रकाशित मितिः असार ३०, २०८३
    • 1,580 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मदिराको मातमा दाजुभाइबीच झगडा, भाइको ज्यान गयो

    खोटाङ/ खोटाङको साकेला गाउँपालिका–४ पारुङमा मदिरा सेवनपछि दाजुभाइबीच भएको झगडाले दुःखद रूप लिँदा एक जनाको मृत्यु भएको छ। घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार आइतबार साँझ करिब ८ बजे ४८ वर्षीय इमानसिंह राई र उनका ३५ वर्षीय भाइ ओइमानसिंह राईबीच घरायसी विवाद चर्किएर कुटाकुट भएको थियो। दुवैले मदिरा सेवन गरेका थिए। झगडाका क्रममा ओइमानसिंह घरको बरन्डाबाट लड्दा टाउको र पेटमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। घाइते उनलाई तत्काल जिल्ला अस्पताल खोटाङ लगिएको थियो। उपचारकै क्रममा सोमबार बिहान २:२५ बजे चिकित्सकले उनल

    • प्रकाशित मितिः असार ३०, २०८३
    • 498 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको विद्युत् मर्मतमा निस्किएको प्राधिकरणको गाडी दुर्घटनाग्रस्त, दुई कर्मचारीको दुःखद मृत्यु

    धरान/ नेपाल विद्युत् प्राधिकरण धरान वितरण केन्द्रको विद्युत् मर्मतका लागि राति खटिएको स्कारपियो गाडी दुर्घटनामा पर्दा दुई कर्मचारीको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। धरान–इटहरी सडकखण्ड अन्तर्गत सेउती पुलदेखि करिब २०० मिटर दक्षिण, तरहरातर्फ कोशी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बा१ञ १६५१ नम्बरको स्कारपियो आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा गम्भीर घाइते भएका चालकसहित दुईजनाको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा धरान–१३ निवासी ३३ वर्षीय बीर्खबहादुर राई (सेवा करार चालक) र ध

    • प्रकाशित मितिः असार ३०, २०८३
    • 1,717 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा पहिलोपटक ‘राजभगत क्लासिक’ बडीबिल्डिङ च्याम्पियनसिप, विजेतालाई ३ लाख रुपैयाँ

    धरान/  धरानमा पहिलोपटक प्रदेशस्तरीय ‘राजभगत क्लासिक बडीबिल्डिङ च्याम्पियनसिप–२०८३’ आयोजना हुने भएको छ। धरान फिटनेस क्लबले साेमबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो। क्लबका प्रमुख तथा स्वर्गीय राजभगत प्रधानका छोरा कुबेर भगत प्रधानाङ्गले प्रतियोगिता असोज १० गते छनोट चरण र असोज ११ गते मुख्य प्रतिस्पर्धा हुने जानकारी दिए। प्रतियोगिता धरान–१८ स्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दसेरा भवनमा सञ्चालन हुनेछ। उनका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य युवालाई स्वस्थ, अनुशासित र सक्रिय जीवनशैलीतर्फ प्रेरित गर्नु, बडीब

    • प्रकाशित मितिः असार २९, २०८३
    • 728 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन डोजर

    विराटनगर/  विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउने अभियानअन्तर्गत जिल्ला प्रशासन कार्यालय मोरङले सोमबार बिहानदेखि डोजर परिचालन गरी व्यावसायिक संरचना हटाउन सुरु गरेको छ। जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा तीनवटा जेसिबी प्रयोग गरी अस्पतालको स्वामित्वमा रहेको जग्गामा निर्माण गरिएका नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संघ, गणेश मन्दिर र देवकोटा पुस्तकालयलगायत संस्थाका सटर तथा भवन भत्काउने काम थालिएको हो। ती संस्थाले लामो समयदेखि अस्पतालको जग्गामा संरचना निर्माण गरी औषधि पसल तथा चिकित्सकीय क्लिनिक सञ्चालनका लागि भाडामा लगाउँदै आएका थिए। केही दिनअघि गृहमन्त्री

    • प्रकाशित मितिः असार २९, २०८३
    • 99 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा ब्राउन सुगरसहित दुई पक्राउ

    धरान/ सुनसरीको दुहबी नगरपालिका–४ मालहट्टीस्थित बुढी खोलाको पुल नजिकबाट प्रहरीले १०७ दशमलव ४५ ग्राम ब्राउन सुगरसहित दुई युवालाई पक्राउ गरेको छ। लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दुहबी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले मोरङको धनपालथान गाउँपालिका–१ नोचा टोलका २५ वर्षीय जमालउद्दिन मियाँ र सोही स्थानका २५ वर्षीय इमदाद मियाँलाई आइतबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरीले उनीहरूको साथबाट १०७ दशमलव ४५ ग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ। पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्याल

    • प्रकाशित मितिः असार २९, २०८३
    • 339 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा एकैदिन ब्राउन सुगरसहित सात जना प्रहरी नियन्त्रणमा

    धरान/ सुनसरीमा प्रहरीले एकैदिन सञ्चालन गरेको छुट्टाछुट्टै कारबाहीमा ब्राउन सुगरसहित सात जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तीन किशोरसमेत रहेका छन्। उनीहरूको साथबाट करिब पाँच ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।  शनिबार बिहान करिब ११ बजे इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको टोलीले कोशी गाउँपालिका–१ लौकही बजारमा भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३८ भी ०७८४ नम्बरको मोटरसाइकललाई शङ्काका आधारमा रोकी जाँच गर्दा सिटमुनि लुकाएर राखिएको १.८२ ग्राम ब्राउन सुगर बरामद गरेको थियो। उक्त घटनामा मोटरसाइकल चालक कोशी गाउँपालिका–६ का ४० वर्षीय सुरेन्द्र महतो पक्राउ परेका

    • प्रकाशित मितिः असार २८, २०८३
    • 541 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जेब्रा झोला बोकेर बाढीबाट जोगिँदै हिँडेको बालकलाई हर्क साम्पाङको ५० हजार सहयोग घोषणा

    काठमाडौं । कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी परिवारमाथि शनिबार मध्यराति आएको बाढीले थप विपत्ति निम्त्याएको छ। बाढीबाट जोगिन सुरक्षित स्थानतर्फ लाग्ने क्रममा काँधमा जेब्रा झोला बोकेर हिँडिरहेको एक सानो बालकको तस्बिर सार्वजनिक भएपछि त्यसले सामाजिक सञ्जालमा व्यापक चर्चा बटुलेको छ। उक्त तस्बिर सामाजिक सञ्जालमा साझा गर्दै श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले बालकलाई आफ्नो व्यक्तिगत तर्फबाट ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्। साम्पाङले फेसबुकमा लेखेका छन्, यो बालकलाई मैले मेरो व्यक्तिगत तर्फबाट रु. ५० हजार सहयोग गर्ने भएँ। ति

    • प्रकाशित मितिः असार २८, २०८३
    • 323 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वर्षासँगै सप्तकोशीमा बहाव बढ्दो, प्रशासनले जारी गर्‍यो उच्च सतर्कता

    सुनसरी/ पूर्वी पहाडी तथा तराईका क्षेत्रमा भइरहेको लगातारको वर्षाका कारण सप्तकोशी नदीको जलसतहमा तीव्र वृद्धि भएपछि सम्बन्धित निकायले ब्यारेज आसपास तथा नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। पछिल्लो मापनअनुसार सप्तकोशी ब्यारेजमा पानीको बहाव बढेर प्रतिसेकेन्ड १ लाख २६ हजार क्युसेक पुगेको छ, जुन सामान्य अवस्थाको तुलनामा निकै बढी हो। यसअघि चार घण्टा अगाडिको मापनमा बहाव १ लाख २५ हजार १ सय १० क्युसेक रहेकोमा त्यसयता नदीको सतह लगातार बढ्दो क्रममा रहेको ब्यारेज कन्ट्रोल रुमले जनाएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिनैभरि वर्षा हुने पूर्वानुमान रहेकाले कोशी नदीमा बाढीको जोखिम

    • प्रकाशित मितिः असार २८, २०८३
    • 111 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved