सागेतिक तस्बिर
धरान/ धरान–१५ दन्तकाली चोकमा घरको छतबाट खसेर गम्भीर घाइते भएका १० महिनाका बालकको उपचारका क्रममा मृत्यु भएको छ।
स्थानीय गौतम श्रेष्ठका १० महिनाका छोरा साइरभ श्रेष्ठ बुधबार दिउँसो करिब ३ः३० बजे घरको एकतले छतमा खेल्ने क्रममा अचानक छतबाट खसेर गम्भीर घाइते भएका थिए।
छतबाट खसेपछि तत्काल उपचारका लागि दिउँसो ३ः५० बजे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) लगिएको थियो।
बालकको अवस्था गम्भीर भएपछि प्रतिष्ठानले थप उपचारका लागि साँझ ४ः३५ बजे विराटनगरस्थित न्यूरो अस्पताल रेफर गरेको थियो।
न्यूरो अस्पतालमा उपचारका क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप विवरण तथा घटनाको अवस्थाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।