धरानका अमित ३४१ किलो गाँजासहित धनकुटामा पक्राउ, स्कार्पियो १५ मिटर तल खसेपछि खुल्यो रहस्य

  • असोज २१, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारमा स्कार्पियो दुर्घटना हुँदा ठूलो परिमाणमा गाँजा बरामद भएको छ। घटनामा धरान–१० बस्ने ३९ वर्षीय अमित विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मंगलबार राति करिब ११ः५५ बजे ढुङ्गेबाट भेडेटारतर्फ आउँदै गरेको बा १३ च ६२७५ नम्बरको स्कार्पियो भेडेटारस्थित स्काईवाक नजिकैको भित्री सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको थियो।

दुर्घटनाको सूचना पाएपछि इलाका प्रहरी कार्यालय भेडेटारबाट प्रहरी नायब निरीक्षक भीमबहादुर श्रेष्ठको कमाण्डमा टोली घटनास्थल पुगेको थियो। प्रहरीले दुर्घटनाग्रस्त स्कार्पियोभित्र बोरामा प्याक गरेर राखिएको ३४१ किलोग्राम गाँजा बरामद गरेको जनाएको छ।

 दुर्घटनास्थल आसपास शंकास्पद अवस्थामा भेटिएका अमित विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धनकुटा ल्याएको छ।

विश्वकर्मा मोरङको विराटनगर महानगरपालिका–९ का स्थायी बासिन्दा भए पनि हाल धरान उपमहानगरपालिका–१० मा बस्दै आएको प्रहरीले जनाएको छ।

बरामद गाँजा र स्कार्पियोसहित विश्वकर्मामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

धरानमा नगर बस चल्यो, ...

धरान/ धरान उपमहानगरपालिकाले नयाँ बसपार्कसम्म यात्र ...

धरानमा ट्रामोल र डिक ...

धरान/ धरान–१७ स्थित एन्फा एकेडेमी जाने बाटोबाट ठू ...

बराहक्षेत्रमा माध्यम ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकामा माध्यमिक बिद्यालय ...

धरानमा यात्रुवाहक बस ...

धरान/ सुनसरीको धरान–८ तिनकुनेस्थित कोशी राजम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved