विद्यार्थी बस्ने डेराबाट १०१ ग्राम ब्राउन सुगर बरामद, भारतीय नागरिकसहित तीन पक्राउ

  • असोज २२, २०८३
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ विद्यार्थी बस्ने डेरा लामो समयदेखि लागूऔषध कारोबारको अखडा बनेको खुलेको छ। विराटनगर–११ मा भाडामा लिइएका दुई कोठामा छापा मार्दा प्रहरीले साबुन राख्ने डब्बाभित्र लुकाइएको १०१ ग्राम ५३० मिलिग्राम खैरो हेरोइन (ब्राउन सुगर) बरामद गरेको छ।

लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा बुधबार दिउँसो घरमा खानतलासी गर्दा ठूलो परिमाणमा ब्राउन सुगर फेला पारेको हो।

घटनामा भारतीय नागरिकसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको अररिया जिल्ला नरपतगञ्जका २३ वर्षीय रिजवान अहमद इदरीशी, सुनसरीको देवानगञ्ज गाउँपालिका–२ का २३ वर्षीय अरविन्द यादव र सोही ठाउँका २३ वर्षीय अनिल यादव रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले विराटनगर–११ मा विद्यार्थीका लागि भाडामा लिइएका दुई कोठा प्रयोग गरी लामो समयदेखि लागूऔषधको कारोबार गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

भारतबाट लागूऔषध ल्याउने र विराटनगरमा रहेका अरू व्यक्तिमार्फत प्रयोगकर्तासम्म पुर्‍याउने गरेको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

प्रहरीले बरामद भएको ब्राउन सुगरको स्रोत, उनीहरूको भूमिकासँगै भारतबाट ल्याउने व्यक्ति तथा विराटनगरमा बिक्री वितरण हुने गरेको सम्भावित सञ्जालबारे अनुसन्धान गरिरहेको जनाएको छ।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।

प्रहरीले उनीहरूको सम्पर्कमा रहेका अन्य व्यक्तिहरूको समेत खोजी गरिरहेको छ।

बरामद ब्राउन सुगर १०० ग्रामभन्दा बढी रहेकाले कारोबार पुष्टि भएमा प्रचलित कानुनअनुसार १५ देखि २० वर्षसम्म कैद तथा ५ लाखदेखि १५ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने प्रहरीले जनाएको छ।

टीभीएसको महाएक्सचेञ् ...

इटहरी/  दशैंको चहलपहलसँगै नयाँ सवारी साधन खरि ...

नयाँ निलो यामाहा एक् ...

धरान/ यामाहाले आफ्नो लोकप्रिय एक्सएसआर १५५ मोटरसाइ ...

भरुवा बन्दुकसहित एक ...

धरान/ मोरङको लेटाङ नगरपालिका–७ वारंगी कोलधार ...

लागूऔषधसहित सुनसरीबा ...

सुनसरी/ सुनसरीका छुट्टाछुट्टै स्थानबाट प्रहरीले ला ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved