लागूऔषधसहित सुनसरीबाट चार पक्राउ

  • असोज २२, २०८३
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ सुनसरीका छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ ।

इटहरी उपमहानगरपालिका–१९ अमाहा चोकबाट प्रहरीले ०।५ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको हो ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट लागूऔषध नियन्त्रणका लागि परिचालित प्रहरी टोली (पीआईटी) र प्रहरी चौकी तरहराबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले पकलीबाट अमाहातर्फ आउँदै गरेको प्रदेश १–०४–००१ प २७९० नम्बरको स्कुटर रोकेर जाँच गर्ने क्रममा इटहरी–१९ पटेरुवा बस्ने १९ वर्षीय अमन चौधरीलाई पक्राउ गरेको हो ।

त्यसैगरी, बराहक्षेत्र नगरपालिका–३ नयाँबस्तीबाट प्रहरीले ब्राउन सुगरजस्तो देखिने पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी नडाहाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शंका लागेर जाँच गर्ने क्रममा उनीहरूको साथबाट ०।८२ ग्राम ब्राउन सुगर फेला पारेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा बराहक्षेत्र–३ बस्ने १८ वर्षीय रमित राजधामी, २२ वर्षीय पुजन राजधामी र १९ वर्षीय समिर राजधामी रहेका छन् ।

पक्राउ परेका चारै जनालाई लागूऔषधसहित सम्बन्धित प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

 

टीभीएसको महाएक्सचेञ् ...

इटहरी/  दशैंको चहलपहलसँगै नयाँ सवारी साधन खरि ...

नयाँ निलो यामाहा एक् ...

धरान/ यामाहाले आफ्नो लोकप्रिय एक्सएसआर १५५ मोटरसाइ ...

भरुवा बन्दुकसहित एक ...

धरान/ मोरङको लेटाङ नगरपालिका–७ वारंगी कोलधार ...

धरानमा खेल्ने क्रममा ...

धरान/ धरान–१५ दन्तकाली चोकमा घरको छतबाट खसेर गम्भ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved