मोरङ / रोनक फेसन एजेन्सीद्वारा आयोजित मिस्टर एण्ड मिस पुर्वान्चल प्रतियोगितामा विराटनगर–७ स्थित मेरिल्याण्ड कलेजका कक्षा–१२ का छात्र रमननाथ गिरी मिस्टर पुर्वान्चलको उपाधि जित्न सफल भएका छन् । प्रतियोगितामा १० जना प्रतिस्पर्धीलाई उछिन्दै उनले ताज हात पार्न सफल भएका हुन् । प्रतियोगितामा सुशील राना दोश्रो र दिप राजवंशी तृतीय भएका छन् । आयोजक संस्थाका अध्यक्ष रोनक अग्रवाल अनुसार प्रतियोगितामा पहिलो पटक भारतका प्रशिक्षकहरु आएर प्रतियोगीहरुलाई प्रशिक्षण दिएका थिए । विजेता बन्दै गिरीले नगद ३१ हजारसहित एक बर्ष क्लासीकटेकको निःशुल्क इन्टरनेट सेवा, ए बी ड्राइभिंग स्क
धरान / नेपाल पुलिस क्लब सातौ संस्करणको राष्ट्रिय हराइजन रनिङकप बास्केटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धरान १७ स्थित बास्केटबल कोर्टमा विहीबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा आयोजक हराइजन क्लबलाई ७९ का बिरुद्ध ८७ स्कोरले पराजित गर्दै पुलिस उपाधी नजिक पुगेको हो । घरेलु टिमबिरुद्ध जित निकाल्न ब्यक्तिगत २० स्कोर गरेका पुलिसका सायुन राई प्लेयर अफ द म्याच घोषित हुदै नगद २ हजार पाए । पुलिसले अब उपाधीका लागि शुक्रबार हुने टाइम्स कलेज काठमाण्डौ र बिभागीय टिम त्रिभुवन आर्मी क्लब बिचको अन्तिम सेमीफाइनल बिजेतास“ग शनिबार पतिष्पर्धा गर्नेछ । प्रतियोगिताको उपाधी बिजेताले नगद १ लाख ११ हजा
धरान / धरानका महिलाहरुले नौमति बाजा संरक्षणका लागि संस्था नै गठन गरेर संरक्षणमा जुटेका छन् । आधुनिक बाजागाँजाका कारण नेपालका लोकसंस्कृति त्यसमा पनि शुभ कार्यमा प्रयोग गरिने नौमतिबाजा विस्थापित हुदै गएपछि धरान १५ का महिलाहरुले प्रगतिशील नौमति बाजा महिला समूह संस्था गठन गरेर नै संरक्षणमा जुटेका हुन् । यो समूहमा अहिले ११ जना महिला आवद्ध रहेका छन् । यो संख्या बढाउदै १५ जना पुर्याउने उद्देश्य उनीहरुको छ । खास गरेर वैवाहिक कार्यक्रममा प्रयोग गरिने पुरानो बाजाको रुपमा नौमति बाजालाई लिने गरिएको छ । नौमति बाजामा टेम्को, दमाहा, सनाई, नरसिंहा र झ्याम्टा लगायत रहन्छन् । तर यो बाजा अत्याधुनिक वेण्ड
सुनसरी / मुलुकले तेस्रो राष्ट्रपति पाएको छ । विहीबार भएको निर्वाचनबाट नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएसँगै मुलुकले तेस्रो राष्ट्रपति पाएको हो पौडेलले नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्बाङलाई दोब्बरभन्दा बढी मतान्तरले पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् । प्राप्त निर्वाचन परिणाम अनुसार पौडेलले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत प्राप्त गरेका थिए । दुवै जोड्दा उनको मतभार ३३ हजार ८०२ भएको छ । यस्तै एमालेका सुवासचन्द्र नेम्वाङले ९८ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाएका छन् । उनको मतभार १५ हजार ५१८ मत भार हुन आउँछ निर्वाचन अधिकृतका
विजयपुर / ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेकपा एमाले सम्बद्ध अखिल नेपाल महिला संघ धरानले महिलाहरुको पाठेघरको निःशुल्क स्वास्थ्य चेकजाँच गरिएको छ । धरान उपमहानगरपालिका १५ नं. वडा समितिको कार्यालयमा आयोजना गरिएको निःशुल्क पाठेघर चेकजाँचमा उल्लेख्य महिलाको उपस्थिति रहेको थियो । विगत देखि नै महिलाहरुको विविध कार्यमा सक्रिय रहँदै आएको .अनेमसंघले महिलाको वृत्ति विकासमा समेत विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । । अखिल नेपाल महिला संघ जिल्ला कमिटी सुनसरी अध्यक्ष विना खनाले महिलाहरुको हक अधिकारको लागि निरन्तर अनेमसंघ लडिरहेको बताइन् । उनले महिलाहरु चुला चोकामा मात्रै सीमित
धरान / रोटरी क्लब अफ धरानका महिला सदस्यहरू द्धारा ११३औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा धरान १६ स्थित सुनौलो बस्ति , गैरीगाउँका श्रमिक महिलाहरुका लागि संचालित प्रौढ कक्षामा उत्प्रेरणात्मक कार्यक्रम गरेर मनाए। कार्यक्रममा सुनौलो सक्षम महिला समुहका अध्यक्ष साहारा गुरुङ तथा प्रौढ कक्षाकि शिक्षक विजेता सिंह लाई सम्मान गरिनुका साथै रोटरीयन महिलाहरुले शिक्षा र महिला शशक्तिकरण बारे आफ्नो धारणा व्यक्त गरेका थिए। कार्यक्रम रोटरी क्लब अफ धरानका अध्यक्ष रोटेरीयन राजेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो।रोटरी क्लब अफ धरान ले सुनौलो बस्तीका श्रमिक महिला दिदी बहिनीहरुका लागि ३
धरान / सधैँ बिरामीको सेवामा समर्पित धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा नर्सहरुले फुर्सदको समय मिलाएर आज होली पर्व मनाएका छन् ।बिरामीको काममा व्यस्त हुनुपर्ने भएपनि समय मिलाएर उनीहरु होली पर्वमा रमाएका हुन् । सघन उपचार केन्द्र (आइसियु) मा काम गर्दै आएकी आशा चौधरी सधै बिरामीको उपचारमा व्यस्त रहन्थिन् । उनलाई फुर्सद कहिल्यै हुँदैन । फुर्सद मिलाउनुपर्दा उनलाई धेरै गार्हाे हुन्छ तर मंगलबार भने होली पर्व उनीहरुले पालो मिलाएर खेलेकी थिइन् । बिरामीको उपचारमा व्यस्त रहनुपर्ने बाध्यता भएपनि समय मिलाएर होली जस्तो रमाइलो चाड विपीकै कर्मचारी, नर्स तथा चिकित्सकसँ
विजयपुर / धरानेहरुका लागि अपरिचित नाम होइन मिना पुलामी । राजनीतिक, सामाजिक कार्यमा सक्रिय पुलामी उमेर ढल्किदै जाँदा पनि आफ्नो कर्मलाई निरन्ता दिँदै आएकी छन् । उनलाई धरानलेमात्र हैन प्रदेश नं. १ मै राजनीतिककर्मी, महिला अधिकारकर्मीको रुपमा चिन्ने गरिएको छ । २०३६ सालमा राजनीतिमा लागेकी पुलामी एक पटक राष्ट्रिय सभाको सदस्यको उमेद्वार समेत बनेकी थिइन् । लामो समयसम्म महिला अधिकारको लागि लड्दै आएको महिला सञ्जालमा अध्यक्षको भूमिका कुशलतापूर्वक निर्वाह गरेकी थिइन । उनले त्यसबेला महिलाहरुलाई परेका पीरमार्का, अधिकार, घरेलु हिंसा लगायतका कुरामा सक्रिय रहेर धेरै महिलाहरुको उद्धार समेत गरेकी थिइन् ।
विजयपुर / महिलाहरु पछिल्लो समय व्यावसायिक बन्दै गएका छन् । महिलाकै अगुवाईमा सञ्चालन भएका यस्ता व्यवसायले आफूमात्र हैन धेरैलाई रोजगारी समेत दिन सकेका छन् । पुरुषमात्र हैन महिला समेत विदेशी भूमिका काम गर्न जाने लहर चलिरहेको समयमा केही महिलाहरुले स्वदेशमै स्वरोजगार बन्दै अरुलाई समेत स्वरोजगार बनाउने काम गरेका छन् । यसको प्रत्यक्ष उदाहरण बनेकी छन् धरानकी गीता शेर्पा राई । उनले धरान २ मा कस्मेटिक पसल सञ्चालन गरेर जीविकोपार्जनमात्र हैन अरुलाई समे रोजगारी दिइरहेकी छन् । राईले २०६३ सालमा ६० हजार लगानी गरेर व्यवसाय गरेकी थिइन् । नेपालमा नै व्यवसाय गरेर एक उदाहरणीय महिला व्यवसाय बनेकी गिता शेर्पा राई
धरान / महिलाहरुको वृत्ति विकास गर्ने उद्देश्यले स्थापना भएको बरगाछी महिला समूह पछिल्लो समय सामाजिक कार्यमा अग्रसर बन्दै गएको छ ।एक वर्ष अगाडि गठन भएको यो संस्थामा अहिले ३५ जना महिला आवद्ध रहेका छन् । महिलाहरु सधै चुला चौकामा मात्र सीमित नभई सामाजिक कार्यमा पनि अग्रसर रहुन भन्ने उद्देश्यले एक बर्ष अगाडि गठन गरिएको अध्यक्ष चन्द्रकला प्रधानले बताइन् । उनले भनिन्–‘महिलाहरु क्षमता हुँदा हुँदै पनि चुलाचौकमा सीमित भए, आफूभित्र भएको क्षमता प्रदर्शन गर्ने, सामाजिक कार्यमा सक्रिय गराउने उद्देश्यले यो संस्थाको गठन गरिएको हो, गठन भए यता धेरै कामहरु गरेको छ ।’ संस्था गठन भए लगत्तै