’उफ ! चतरा’

  • असोज ८, २०८१
  • कोशीपत्र/संवाददाता
alt - नवराज विष्ट

चौतारा अगम सिं राईको तक्मा टेकेर
अटल सिं खम्बूको ढाकर बिसाउँछ चतरा !
ढिके नुनमा घिऊ साटेर
सुन्तलाका भारी, अम्लिसो र डोका नाम्ला बोकेर
काँधका खकन र निधारको बरियो बिसाएर
हरियो बन्छ चतरा ।

जाडोमा कठ्याङ्ग्रिदै
बर्खामा उखपात गर्मी छर्छ चतरा
मान्छेहरुको श्रमले शिथिल
देवी, देउराली र ढुङ्गाका देउताहरुको
पसिना काढ्छ चतरा
उफ ! चतरा ।

वैदिक कालको गायत्री मन्त्र जपेर
शृङ्गी ऋषिको तपमा तातिन्छ चतरा
महाभारतका पाण्डवले चोरघाट तर्दा
बट्टी उठाउँछ चतरा।

औलिया बाबाले औलो खिचेर शान्ति छर्दा
दुर्वासाको क्रोधले थर्थर काप्छ चतरा
उफ ! चतरा।

सुम्निमा र सोमदत्तको प्रेम उत्सर्गमा पुग्दा
खरमजुरको संसर्गले सेताम्य हुन्छ चतरा
कलिमा तारक ब्रह्म यज्ञ लगाउँछ
प्राचीन हरिद्वार हुँ भन्दै कुम्भ मेला लाउँछ
धर्म बेचेर कर्म गर्छ, चतरा।

हनुमान उभिन्छ्न्
किरातेश्वर ठडिन्छ्न्
कुनामा पहिरन फेर्न नसकेकी छिन्नमस्ता
दरिद्रता देखाउँछिन्
विकास र समृद्धिले पारपाचुके गरेर
नदेखिने, नभेटिने ठाउँको गर्छन् यात्रा
उफ ! चतरा।

हात्ती, घोडा चडेर हिंड्ने चतरा
प्याराग्लाइडिङमा उडेर, जेटबोटबाट भोजपुर हानिन्छ
लत्ता, कपडा, सुन, जस्ता बेच्ने चतरा
बुढ्यौली लागेर थकाइ मार्छ
अदुवा, हर्दी र दाना बेचेर घरखर्च टार्छ
कोसीका सम्भावना बेच
पर्यटनका योजना ले
धार्मिक तीर्थाटनलाई प्रवर्धन गर भन्यो भने
मुन्टो बटार्छ चतरा
उफ ! चतरा ।

गर्मी भयो छुट्टि लिऔं भन्यो
हावाहुरी आउँछ र पानी पर्छ
कोसी सङ्लियो माछा मार्न जाऔं भन्यो
उर्लेर सप्तकोसी आएर लोथा बगाएर लान्छ
बराहक्षेत्र जाऔं भाकल गरौं भन्यो
सत्र नम्बर भीर खसेर बाटो छेक्छ
धरान जाऔं, सहर हेरौं भन्यो
बाघखोला उर्लेर बाटै बगाउँछ
खतरा छ, चतरा
उफ ! चतरा।

एक दिन राम्रो बन्छ चतरा
परिवर्तनको नौरथा अवश्य आउनेछ
आशैआशमा
इतिहास रच्न नसकेका
माखो मार्न नसकेका
विकास र गति दिन नसकेका
पितृहरु तरुन् भन्दै कोसी किनारमा
सोह्रश्राद्ध गर्छ, चतरा
उफ ! चतरा ।

नवराज विष्ट (पत्रकार)

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved