महेन्द्र मेमोरियल एकडेमी स्कुलले कक्षा ११ का नयाँ बिद्याथीैलाई स्वागत

  • असोज ९, २०८१
  • कोशीपत्र/संवाददाता
alt - चन्दन रौनियार

 दुहबी/ सुनसरीको दुहबी नगरपालिका वडा न.४ स्थित महेन्द्र मेमोरियल एकडेमी स्कुलले कक्षा ११ का नयाँ विद्यार्थीहरुलाई कक्षा १२ का विद्यार्थीले स्वागत गरेका छन् ।

कक्षा ११ का नयाँ एक सय बीस विद्याहरुलाई कक्षा १२ का विद्यार्थीहरुले गीत सङ्गीत लगायतको मनोरन्जनतमा कार्यक्रमको आयोजना गरि स्वागत गरेका हो।

कार्यक्रममा बोल्दै महेन्द्र विद्यालय का प्राध्यानाध्यापक निश्चल राज शाक्यले महेन्द्र स्कुल तथा कलेजले तुविद्यालयमा मन्टेश्वरी देखि कक्षा १२ अध्ययन गर्न सकिने तथा विद्यालयमा गुणस्तरीय पढाइका साथै कोट र सुट लगाएरमात्र विद्यार्थी नहुने र त्यसका लागि सकारात्मक सोच, क्षमता, अनुशासन लगाएतका विशेषता हुनुपर्ने उनको भनाइ छ ।

प्रअ शाक्यले विद्यार्थी हुनुपर्ने विशेषता, समस्या र समाधानका उपायका बारेमा प्रोजेक्ट माध्यमबाट देखाउदै समय ब्यबस्थापन नै महत्त्वपूर्ण हुने जिकिर गरे ।

विद्यार्थीहरुले विद्यालय तथा कलेजमा आउँदा कलेजका नियम पालना गरेर आउनुपर्ने र यदि नियम पालना नगेरको पाइएमा कलेजभित्र प्रवेश गर्न रोक लगाइने पनि उनले बताए ।त्यस्तै स्कूलका अग्रज शिक्षक जयप्रकाश गुप्ताले विद्यार्थीमा प्रविधि चाहिन्छ तर त्यसको प्रयोग कस्तो भईरहेको भन्ने कुरा महत्त्वपूर्ण हुने बताए ।

हामीमा समस्या आयो भने बाहिर समाधान खोज्न जाने चलन रहेको छ, तर हरेक समस्यासंगै समाधान हुने कुरा समेत उनले प्रष्ट पारे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका दुहबी नगरपालिका शिक्षा खेलकुद शाखा प्रमुख बिकास मनि घिमिरे ले महेन्द्र कलेज फेरि नयाँं ढंगले अगाडि बढेको बताए ।

प्राइभेट सेक्टरमा कुनै ब्यक्ति अगाडि बढ्नलाई सीप, ज्ञान,क्षमता र मेहनत उत्तिकै महत्त्वपूर्ण रहने उनको भनाइ छ । हरेक विद्यार्थीमा ज्ञान र सीपसंगै समाजका हरेका कुरालाई बुझ्न् र सिकाउन सक्नुपर्ने तथा हरेक काममा निर्णायक भूमिका निर्बाह गर्नुपर्ने उनले भने ।

जीवनमा दुख्न, संघर्ष र मेहनत गरेमात्र मूल्यावान बन्न सकिन्छ । शिक्षा शाखा प्रमुख घिमिरेले पढाईको सर्टिफिकेट मात्र भएर पुग्दैन त्योसंग सीप, ज्ञान र क्षमता हुनुपर्ने र ब्यक्ति सफल बन्नलाई म को हो भनेर फर्केर हेर्नुपर्ने समेत प्रष्ट पारे ।

नमस्कार गर्ने तरिका नजान्ने ब्यक्ति जीवन सफल बन्न नसक्ने र पछिल्लो चरणमा नेपालीहरुले आफ्नो सस्कार र संस्कृतिलाई भुल्दै गएको पनि उनले बताए ।

कार्यक्रममा मन्तव्य क्रर्ममा सरस्वती मावी दुहबीका ब्यबस्थापन समितिका अध्यक्ष ब्रमप्रकास रौनियार ,दुहबी प्याव्सनका अध्यक्ष सुशील शाक्य ,गोविन्द सापकोटाले सान्दर्भिक कुरा र कलेज अगामि दिनमा सफलताको शुभकामना समेत दिएका थिए ।

कार्यक्रममा विद्यालयले विद्यार्थीहरुलाई अबिर र खादा लगाएर स्वागत गरेको थियो ।

विद्यालयका संचालक प्र।अ निश्चल राज शाक्यको अध्यक्षता एवं दुहबी नगरपालिका शिक्षा खेलकुद शाखाको प्रमुख बिकास मनि घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

विद्यालयकी कक्षा १२ की लिशा साह को स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण कक्षा १२ की भत्सर्ना पोखरेल र नजमिन खातुन ले गरेका थिइन ।

ma

पाँचथर–ताप्लेजुङ सडक ...

पाँचथर/ तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकख ...

मादक पदार्थ सेवनपछि ...

इटहरी/सुनसरीको रामधूनी नगरपालिका–५ मा बिहीबार रात ...

ट्याङ्करको ठक्करबाट ...

विराटनगर/ मोरङको उर्लाबारीमा ट्याङ्करको ठक्करबाट ग ...

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई । दुबईमा सम्पन्न फिनटेक सम्मे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved