धरान । बडा दशैंको अवसर पारेर एलिसन स्पोर्टस् प्रा.लि.ले फुटसल फिभर–२०८१ को आयोजना गर्ने भएको छ ।
असोज १७ र १८ गते घटस्थापनाको दिन एलिसन स्पोर्टस्ले चाबहिलको चुच्चेपाटीस्थित भाटभटेनी हेल्थ क्लबमा रहेको फुटसलमा प्रथम खुल्ला फुटसल फिभरको आयोजना गर्न लागेको एलिसन स्पोर्टस्की निर्देशक एलिना मगरले जानकारी दिएकी छिन् ।
पछिल्लो समय देशमा फुटसलको चासो बढ्दो छ । युवापुस्तामा अझ यसको लगाब बढिरहेको एलिसन स्पोर्टस्का प्रबन्धक सगुन थापा मगरले बताए । खेलको माध्यमबाट देशको शिर उचो बनाउन सकिने विश्वासका साथ खेलले मानसिक तथा शारीरिकरुपमा सकारात्मक प्रभाव पार्दछ ।
अब खेलको व्याख्या त्यतिमा मात्र सीमित राख्ने भन्दापनि व्यवसायिकतामा जोड दिन जरुरी रहेको प्रबन्धक थापा मगरले बताए । यसैको कडीस्वरुप स्पोर्टस् फुटसलको आयोजना गर्न लागेको उनले जानकारी दिएका छन् ।फुटसल फिभरमा ३२ टिमको अपेक्षा राखेको आयोजकले जानकारी दिएका छन् । यसैगरी टिम दर्ता शुल्क ५ हजार रुपैयाँ तोकिएको छ ।
प्रतियोगिताको विजयी टिमले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ र द्धितिय टिमले नगद २५ हजार ५ सय ५५ रुपैयाँ साथै मेडल, ट्रफी र प्रमाणपत्र हात पार्नेछन् । यसैगरी उत्कृष्ट खेलाडी र उत्कृष्ट गोल किपरले जनही नगद २ हजार ५ सय ५५ रुपैयाँ रकम, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रबन्धक थापा मगरले जानकारी दिए ।
यस प्रतियोगितापश्चात यसबाट संकलन भएको आर्थिक सहयोगबाट बिकट गाउका विद्यालयमा खेल सामाग्री वितरण गर्ने प्रबन्धक थापाले जानकारी दिए ।यसैगरी आगामी दिनमा खेलाडी तथा युवाहरुलाई खेलकुदमा जागरुक गराउन एलिसन स्पोर्टस्ले विभिन्न खेल प्रतियोगिताको आयोजना गर्ने समेत आयोजकले बताए ।