दशैमा एलिसनको फुटसल फिभरको पुरस्कार ५५ हजार,भिडन्तमा खुल्ला प्रतिष्पर्धा

  • असोज ८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । बडा दशैंको अवसर पारेर एलिसन स्पोर्टस् प्रा.लि.ले फुटसल फिभर–२०८१ को आयोजना गर्ने भएको छ ।
असोज १७ र १८ गते घटस्थापनाको दिन एलिसन स्पोर्टस्ले चाबहिलको चुच्चेपाटीस्थित भाटभटेनी हेल्थ क्लबमा रहेको फुटसलमा प्रथम खुल्ला फुटसल फिभरको आयोजना गर्न लागेको एलिसन स्पोर्टस्की निर्देशक एलिना मगरले जानकारी दिएकी छिन् ।

पछिल्लो समय देशमा फुटसलको चासो बढ्दो छ । युवापुस्तामा अझ यसको लगाब बढिरहेको एलिसन स्पोर्टस्का प्रबन्धक सगुन थापा मगरले बताए । खेलको माध्यमबाट देशको शिर उचो बनाउन सकिने विश्वासका साथ खेलले मानसिक तथा शारीरिकरुपमा सकारात्मक प्रभाव पार्दछ ।

अब खेलको व्याख्या त्यतिमा मात्र सीमित राख्ने भन्दापनि व्यवसायिकतामा जोड दिन जरुरी रहेको प्रबन्धक थापा मगरले बताए । यसैको कडीस्वरुप स्पोर्टस् फुटसलको आयोजना गर्न लागेको उनले जानकारी दिएका छन् ।फुटसल फिभरमा ३२ टिमको अपेक्षा राखेको आयोजकले जानकारी दिएका छन् । यसैगरी टिम दर्ता शुल्क ५ हजार रुपैयाँ तोकिएको छ ।

प्रतियोगिताको विजयी टिमले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ र द्धितिय टिमले नगद २५ हजार ५ सय ५५ रुपैयाँ साथै मेडल, ट्रफी र प्रमाणपत्र हात पार्नेछन् । यसैगरी उत्कृष्ट खेलाडी र उत्कृष्ट गोल किपरले जनही नगद २ हजार ५ सय ५५ रुपैयाँ रकम, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रबन्धक थापा मगरले जानकारी दिए ।

यस प्रतियोगितापश्चात यसबाट संकलन भएको आर्थिक सहयोगबाट बिकट गाउका विद्यालयमा खेल सामाग्री वितरण गर्ने प्रबन्धक थापाले जानकारी दिए ।यसैगरी आगामी दिनमा खेलाडी तथा युवाहरुलाई खेलकुदमा जागरुक गराउन एलिसन स्पोर्टस्ले विभिन्न खेल प्रतियोगिताको आयोजना गर्ने समेत आयोजकले बताए ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved