सम्पति के हो ?अष्ट्रेलिया,अमेरिका,क्यानडा,युरोप बस्नेलाई सोध
- असोज ९, २०८१
- कोशीपत्र/संवाददाता
- रविन अधिकारी (सञ्चालक,होटल सन्ध्या इन,धरान )
सम्पति के हो ?
अष्ट्रेलिया,अमेरिका,क्यानडा,युरोप बस्नेलाई सोध।
दुख के हो ?
खाडी मुलुक बस्नेलाई सोध ।
सम्बन्ध के हो?
आफन्तबाट टाढिएकालाई सोध।
रोग के हो ?
मनपरि खानेलाई सोध।
उपचार के हो?
जिवन पद्धति बुझेकालाई सोध।
देश कसरी बिग्रियो?
राजनिती गर्ने छट्टुहरुलाइ सोध।
आज यो मुलुक छोड्न
कोही शरणार्थी बन्न तयार छन्
कोही देशमा साशन गर्न श्रणार्थी बनाउन तयार छन् ।।।
_ रविन अधिकारी -सञ्चालक,होटल सन्ध्या इन,धरान