धरान/ कवाडी पसलले टोलमा दुर्गन्ध फैलाएको भन्दै वडा नम्बर १० का अध्यक्षले स्थानीय पसललाइ २ दिन भित्र हटाउन निर्देशन दिएका छन् । वडा अध्यक्ष बिबेक राइले ३५ दिन अघि पसल सार्न अल्टिमेटम सहितको सुचना टास गरेका थिए । आज ३३ दिन पछि अनुगमनका क्रममा २ दिन पसल सारी सक्न निर्देशन दिएका हुन् । धरान १० विशाल पथमा रहेको बेचनप्रशाद शाह र रोशन साहले सञ्चालन गरेको कवाडि पसल हटाउन निर्देशन दिएका छन् । पसलको अनुगमन गर्न वडाध्यक्ष सहित स्थानिय टोल विकास समितिका प्रतिनिधि र स्थानियवासीले पुगेका थिए । ३५ दिने सुचनालाई ख्याल गर्दै आधा भन्दा बढि सामान अन्यत्र सारी सकेको साहले बताए । बाकि रहेको सामा
धनकुटा । धनकुटामै उत्पादन भएको रैथाने बालीको सदुपयोग नभएको महसुस गरी धनकुटा नगरपालिका कृषि विकास शाखाले त्यहाँका सर्वसाधारणलाई रैथाने बालीको प्रवद्र्धनका लागि तालिम दिएको छ । धनकुटामा लगाउदै आएका रैथाने बालीहरुको सही सदुपयोग नभएको र आर्थिकोपार्जनमा ध्यान नगएको भन्दै असार २ र ३ गते दुई दिन तालिम दिएको थियो । सो अवसरमा यहाँ उत्पादन भएका रैथाने बालीको प्रवर्छन गर्दै होटल सञ्चालक र होम स्टे सञ्चालकहरुले भरपुर फाइदा लिन सक्ने भएकोले तालिमको आयोजना गरिएको धनकुटा नगरपालिकाकी उपप्रमुख भीमादेवी खनालले बताइन् । उनले भनिन्–‘ रैथाने बालीको प्रबर्धनको कार्यक्रम धनकुटा नगरमा सञ्ंचालन गर्न अत्
धरान/ विद्यालय स्तरका युवा युवतीहरुलाई अनुशासनको जगमा कर्मशील, मर्यादित, मुलुकप्रति समर्पित र ऊर्जाशील युवा तयार गर्न राष्ट्रिय सेवा दलले आयोजना गरेको तालिममा धरानको आइडियल बोर्डिङ स्कुल छनौटमा परेको छ । नेपाली सेनाद्वारा संचालित राष्ट्रिय सेवा दलमार्फत युवामा राष्ट्रिय दायित्वबोधको संस्कार विकास गराउन एक सय दिनको तालिमको आयोजना अन्तर्गत गत बर्षको ४८ औं जुनियर डिभिजनमा आइडियल स्कुलका विद्यार्थीहरु उत्कृष्ट भए पछि केन्द्रबाट यस पटक पनि छनौटमा परेको हो । गत शुक्रबार आइडियल स्कुुलमा एनसीसी तालिमका विषयमा नेपाली सेनाले अभिमुुखिकरण कार्यक्रमको आयोजना गरेको थियो । विद्यालयका निर्देशक सागर खड
बिराटनगर / कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको आयोजनामा एक दिने कानूनी अभिमुखिकरण छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमा मुख्य न्यायाधिवक्ताको कार्यालय कोशी प्रदेश बिराटनगरले आफ्नो बार्षिक कार्यक्रम अनुसार प्रदेश प्रहरी प्रशिक्षण कार्यक्रम अन्तर्गत अनुसन्धान तहमा कार्यरत प्रहरी र कर्मचारीहरुको लागि कानूनी अभिमुखिकरण कार्यक्रम संचालन गरेको हो । प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम संचालन भएको हो । एक दिवसीय कानूनी अभिमुखिकरण कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय तथा झापा, मोरङ र सुनसरी जिल्लाको अपराध अन
धरान / दलितहरुको क्षमता अभिवृद्धि, कानुनी प्रावधानका कुरा लगायतका कुराहरुलाई समेटेर धरान उपमहानगरपालिका वडा नं. १६ ले क्षमता अभिवृद्धि सम्बन्धी एक दिने क्षमता विकास अभिवृद्धि तालिम सम्पन्न भएको छ । दलितहरुले राज्यबाट पाउने सेवा सुविधा, कानुनी प्रावधानका विषयमा जानकारी नहुदा पाउने अधिकारबाट समेत बञ्चित नहुन भन्ने उद्देश्यले दलितहरुका लागि एक दिने क्षमता अभिवृद्धि तालिमको आयोजना गरिएको धरान १६ की सदस्य मीरा विश्वकर्माले बताए । तालिमको सहजीकरण गर्नुभएक विनोद विश्वकर्माले संविधानमा प्रदत्त दलितका अधिकारका विषयमा केन्द्रित भएर सहभागीहरुलाई तालिम दिएको बताइन् । उनले सिकाएको कुरालाई व्यव
धनकुटा / धनकुटा नगरपालिका र चौबिसे गाउँपालिकालाई आप्रवासी स्रोेत केन्द्र तथा सूचना कक्ष हस्तान्तरण गरिएको छ । ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले एक कार्यक्रम गरि धनकुटा नगरपालिकालाई आप्रवासी स्रोत केन्द्र र चौबिसे गाउँपालिकालाई आप्रवासी सूचना कक्ष हस्तान्तरण गरेको हो । सुरक्षित वैदेशिक रोजगार र स्थानीय तहमा प्रभावकारी तथा दिगो आप्रवासन सेवाका लागि समृद्धि आयोजनाले केही बर्षयता जिल्ला प्रशासन कार्यालय धनकुटा र इलाका प्रशासन कार्यालय राजारानीमा सो केन्द्र तथा सूचना कक्ष सञ्चालन गरिरहेको हो । सम्बन्धित पालिकासँगको साझेदारीमा सञ्चालन भइरहेको उक्त केन्द्र तथा सूचना कक्ष अब पालिका
धरान / सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको विभिन्न सेवा सुविधा सहित पेशागत स्थायित्वको माग राख्दै आन्दोलनमा रहेको नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबारदेखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्दको घोषणा गरेको छ। परिषद्ले शुक्रबार प्रेस विज्ञप्ति मार्फत देशभरका आफ्ना मातहतका कार्यसमितिलाई सर्कुलर गर्दै बन्दका कार्यक्रम सशक्त रुपमा संचालन गर्न निर्देशन दिएको हो। पूर्वनिर्धारित कार्यक्रम अनुसार असार ३ गतेदेखि सामुदायिक विद्यालय बन्द गर्न लागिएको परिषद्का महासचिव शान्तिनाथ योगीले जानकारी दिए। 'गत जेठ १७ गते पत्रकार सम्मेलन मार्फत घोषणा गरिएको आन्दोल
मोरङ / ज्येष्ठ नागरिक माथी हुने दुर्ब्यबहारको बिषयमा जिल्ला प्रहरी मोरङले छलफल गरेको छ । बिहिबार विराटनगर महानगरपालिका वडा नं। ५ मा रहेको वहिरा माध्यामिक विद्यालयको हलमा प्रहरी र ज्येष्ठ नागरिकजरु बिछ छलफल भएको हो । प्रहरीको समुदाय(प्रहरी साझेदारीको अवधारणा अनुसार जिल्ला प्रहरी कार्यालय मोरङ, सामुदायिक सेवा केन्द्र तिनपैनीको समन्वय र सहकार्यमा छलफल भएको थियो । सामुदायिक प्रहरी सेवा केन्द्र तिनपैनीका अध्यक्ष मिना जोशीको अध्यक्षता तथा कोशी प्रदेश जेष्ठ नागरिकका अध्यक्ष मणी अर्यालको प्रमुख अतिथ्यतामा जेष्ठ नागरिक दुर्व्यवहार विरुद्ध विश्व चेतना दिवसको अवसरमा स्थानिय ५७ जना जेष्ठ नागरीकहरु
धरान / आफ्नो जातीय उत्थानका लागि गठन भएको सुच्चा राई कल्याणकारी समाजले पछिल्लो समय सामाजिक कार्यलाई समेत निरन्तता दिँदै आएको छ । समाजले जातीय उत्थानका लागि मात्र हैन समय समयमा रक्तदान कार्यक्रमको आयोजना गर्ने, शैक्षिक क्षेत्रमा सहयोग गर्ने, लगायतका कामलाई निरन्तता दिँदै आएको छ । पछिल्लो समय समाजले धरान उपमहानगरपालिकाको २० नं वडामा रहेको भालढुंगा माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पठनपाठनमा सहज होस् भन्ने उद्देश्यले १० थान पंखा दिएको छ । गर्मीका कारण पठनपाठनमा समस्या आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमकुमार राईले समाजालाई जानकारी गराएपछि सहयोग स्वरुप विद्यालयल
सुनसरी /आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र मधेस प्रदेश लगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। जसको प्रभावले कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको विभागले जनाएको हो। वर्षाका बाबजुद दे