काठमाण्डौ । प्राज्ञिक विद्यार्थी परिषद नेपालको सदस्यता अभियान २०८१ को पहिलो दिन देशका विभिन्न एकाइहरूमा सदस्यता नविकरण एवं नयाँ सदस्यता वितरण गरी सम्पन्न भएको छ।
उक्त अभियान २०८१ मंसिर १५ देखि ३० गतेसम्म सन्चालन हुने परिषदले जनाएको छ । प्राज्ञिक विद्यार्थी परिषद नेपाल नेपालको एउटा स्वतन्त्र विद्यार्थी सङ्गठन हो। यो सङ्गठनको स्थापना २०५२ मंसिर २४ गते भएको हो । बिधिवत रूपमा २०५४ बैशाख १८ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको हो । समाज कल्याण परिषद्मा पनि दर्ता भएको छ ।
यो सङ्गठनको मुख्य उद्देश्य शैक्षिक क्षेत्रलाई राजनीतितन्त्र मुक्त क्षेत्र वनाई शिक्षाको गुणस्तर वृद्धि गर्नु रहेको छ। हाल यस सङ्गठनले विभिन्न क्याम्पसमा ईकाइ गठन गरी विभिन्न शैक्षिक तथा सामाजिक कार्यक्रम गर्दै आइरहेको छ।
सङ्गठनले प्रमुख पर्बहरूको रूपमा बैशाख १८ बिद्यार्थी दिवस, मंसिर २४ गते स्थापना दिवस, पौष २७ गते एकता दिवसरपृथ्वी जयन्ती र सरस्वती पूजालाई मनाउदै आइरहेको छ ।
हाल देशका ७७ वटै जिल्लामा आफ्नो सङ्गठनिक कार्य अगाडि बढाउदै, सङ्घिय संरचनामा अघिसरि सात वटै प्रदेश अधिबेशन गर्ने पहिले सङ्गठन रूपमा आफ्नो अनुशासन प्रष्ट पारेको छ ।
बिद्यार्थी सङ्गठनका आन्तरिक किचलो हरूबाट बाहिरिदै शैक्षिक र समाजीक गतिविधिमा अगाडि बढ्ने प्रेरणा प्राज्ञिक बिद्यार्थी परिषद्बाट पाउछौ । यस्का साथ साथै राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरुस्कार महिला युवा उधमी देबिका बुढाथोकी ज्यु लाई सम्मान गर्दै युवा कार्यमा नयाँ आयाम थपेको छ ।
महिला हिंसा, अन्याय , र अत्याचार विरुद्ध महिला शशक्त हुनुपर्छ भन्ने उद्देश्यले गरेको लोकप्रिय कार्यक्रम मिसन साहसी लिन सकिन्छ ।
सरसफाइ, ब्यक्तित्व विकास कार्यक्रम, कम्प्युटर प्रशिक्षण, सडक नाटक, रक्तदान, शैक्षिक गोष्ठी, जनचेतनामुलक मुलक र्याली अनि स्वयंसेवकको भुमिका निर्बाह गर्नु परिषद्कका नियमित कार्यक्रम हुन ।