धरान । धरानमा विश्व शान्तिको लागि विश्व शान्ति पुजा हुने भएको छ । हरेक बर्ष हुँदै आएको उक्त पुजा यो बर्ष मंशीर २० गतेदेखि २४ गते सम्म चार दिन हुने भएको हो ।
धरान १५ मा अवस्थित प्राचीन ङाग्युर जीङ्गा ड्युङने ल्हाखाङ गुम्बाले शुक्रबार पत्रकार सम्मेलन मार्फत कार्यक्रमको बारेमा जानकारी गराएको छ ।
विश्वका करिव ६ वटा राष्ट्रमा मात्र हुँदै आएको विश्वशान्ती पूजा कोशी प्रदेशमा धरानमा मात्र हुने गरेको ङाग्युर जीङ्गा ड्युङने ल्हाखाङ गुम्बा धरानका अध्यक्ष लोक बहादुर तामङले जानकारी दिए ।धर्म, संस्कृति, र पर्यटन प्रवर्द्धनका लागि यस कार्यक्रमले टेवा पुर्याउने तमाङको भनाई छ ।
कार्यक्रमले बौद्ध धर्मको संरक्षण र संवर्द्धनमा योगदान संगै धरान नगरको पर्यटन र पर्यावरण प्रवर्द्धनमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने गुम्बाका प्रमुख राजेन्द्र तामङले जानकारी दिए । कार्यक्रमले १२०० प्राचीन गुरु रिन्पोछे लिला तथा विश्व शान्ति पूजा,गुरु पद्मसंभवको
पौराणिक नृत्य तथा बौद्ध शिक्षाको प्रवर्द्धन गर्ने यो कार्यक्रमले सांस्कृतिक र धार्मिक महत्त्वलाई उजागर गर्ने तमाङको दावी छ ।
दश करोड बज्र गुरु जप,, नृत्य लिलाको समुद्घाटन लगायत प्रमुख आकर्षण हुने छ ।
पूजाका लागि तिब्बत, भुटान, भारतबाट भक्तजनहरु आउने आयोजकले जनाएको छ । धार्मिक उत्सवले लाखौं भक्तजन, विभिन्न जिल्लाका लामा गुरु, र विदेशी पर्यटकहरूलाई धरान तान्ने अपेक्षा आयोजकको रहेको छ
फोटोःपत्रकार सनम तामाङ