शिक्षा

    Showing 461-470 of 1,260 items.
  • एसईईआईडल२०८० काे बिजेता कुशुम र डीना

    धरान/  कोशि प्रदेस स्तरीय एस.ई.ई.आईडल-२०२४ को फाईनलमा गायन र नृत्यमा क्रमश: कुशुम माझी र डीना चोङबाङ बिजेता बनेका छन। धरान-१५ स्थित याक्थुङ चुम्लुङको भवनमा फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा संचालित एफ.टि.एल.अनलाईन टिभिको आयोजनामा  शुक्रबार सम्पन्न ग्रान्ड फिनालेमा धरान आदर्श बोर्डिङ मा.बि.कि कुशुम माझी र मेरील्याण्ड इङ्लिस बोर्डिङकी डीना चोङबाङ पब्लिक चोइसको उपाधी सहित बिजेता बनेका हुन।  गायतर्फ सुनाखरी एकेडमीका अनिस राई फष्ट रनर अप,नेपाल पुलिस स्कुलकी निरुपा सारु मगर सेकेण्ड रनर अप र निजामती रेसिडेन्सियल स्कुल धनकुटाका सुजल थापा थर्ड रनर अप भए।  गायनको सब टाईटलतर्फ

    • प्रकाशित मितिः असार ९, २०८१
    • 897 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दलित समुदायका परम्परागत पेशाको संरक्षणमा राज्यले ध्यान नदिएको गुनासो

    धनकुटा/ दलित समुदायले अपनाउँदै आइरहेको परम्परागत पेशाको संरक्षणमा राज्यले पर्याप्त ध्यान दिन नसकेको धनकुटामा रहेका दलित अगुवा तथा राजनीतिक दलका नेताहरुले दुःखेसो गरेका छन् ।  शनिबार दलित विकास केन्द्र नेपाल र राष्ट्रिय दलित पत्रकार संघ कोशी प्रदेशले धनकुटामा आयोजना गरेको दलित समुदायको परम्परागत सीप, कला र संस्कृतिको संरक्षण एवम् दलित सवाल विषयक अन्तरक्रिया कार्यक्रममा धनकुटाका अगुवाहरुले तीनै तहका सरकारले ध्यान नदिएको गुनासो गरेका हुन् ।  ‘दलित समुदाय सीप, कला र संस्कृतिका धनी छन् । तर उनीहरु राज्यको मूलधारबाट पाखा पारिएका छन्’ दलित समुदायका अगुवा गोपाल विश्वकर्माले भन

    • प्रकाशित मितिः असार ८, २०८१
    • 673 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरी स्तरीय क्वीच प्रतियोगितामा धरानको एभरेष्ट प्रथम

    धरान / प्याब्सन सुनसरीले प्रत्येक बर्ष आयोजना गर्दै आएको जिल्ला स्तरीय हाजिरी जबाफ  प्रतियोगितामा धरान प्रथम भएको छ । ७ वटा नगरपालिकाको १९ वटा टिमलाई पछि पार्दै धरान ६ पानबारीमा रहेको एभरेष्ट चिल्ड्रेन एकाडेमी बोर्डिङ स्कुल प्रथम हुदै रनिङ सिल हात पारेको छ । एभरेष्टका टिमबाट सहभागी कृतिका प्याकुरेल, निशान विश्वकर्मा र कुशल प्याकुरेलको टिमले सबै विद्यालयलाई पछि पार्दै प्रथम बन्दै रनिङ सिल हात पारेका हुन् । यस्तै प्रतियोगितामा बराहक्षेत्रको मुनबिम एकाडेमी दोस्रो, बराहक्षेत्रकै चिल्ड्रेन एकेडेमी तेस्रो र रामधुनीको युनिक इङलिस स्कुलले सान्त्वना स्थान हात पारेको थियो , किताबी ज्ञानलाई

    • प्रकाशित मितिः असार ८, २०८१
    • 474 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र११न.वडाद्वारा महिला स्वास्थ्य स्वयंसेविकालाई साईलक बितरण

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा नं ११ को कार्यालयले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई साइकल बितरण गरेको छ । शुक्रवार मधुवन स्थित बडा कार्यालयमा एक अैापचारिक कार्यक्रम आयोजना गरेर वडामा रहेका १७ जना स्वास्थ्य स्वयंसेविकाहरु र एक जना वडाको सरसफाई कर्मचारीलाई वडा अध्यक्ष कृष्ण कुमार महतोले साइलक हस्तान्तरण गरेका हुन् । वडा सचिव पंकक रामका अनुसार वडाको १ लाख ४३ हजार बजेटबाट स्वयंसेविकाहरु र एक जना वडाको सरसफाई कर्मचारीलाई साइलक उपलब्ध गराईएको हो ।  ग्रामिण इलाका तथा सामाजिक तथा आर्थिक रुपमा बिपन्न परिबारको घर- घरमा पुगेर वालबालिका, गर्भवती महिला, सुत्केरी महिला तथा स्वास्थ्य स

    • प्रकाशित मितिः असार ८, २०८१
    • 389 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बजाज पल्सर एन १५० अब धरान बजारमा

    धरान/ बजाज मोटर साइकलको एक मात्र आधिकारिक ता अर्बिन एण्ड ब्रदर्श – अटोले बजाज एन १५० मोटरसाइकल सार्वजनिक गरेको छ ।  असार ६ बजाजकै सोरुममा एक कार्यक्रमको आयोजना गरी सो मोटरसाइकल सार्वजनिक गरिएको हो । यो मोटरस भारतमा भने एक वर्ष अघि नै लन्च भइसकेको थियो ।  यो स्पोर्टी मोटरसाइकल दैनिक प्रयोग र पावर पर्फर्मेन्स दुवैका लागि उपयुक्त रहेको र यसले युवा पुस्तालाई आकर्षित गर्ने कम्पनीले जनाएको छ । यस अघि नै बजाजले एन सिरिजमा एन २५० र १६० बजारमा लन्च गरिसकेको सोरुमका सञ्चालक अर्विन तामाङले जानकारी दिए । उनका अनुसार यो मोटरसाइकल नेपालमा लन्च भएदेखि नै पल्सरले मोटरसाइकल क्षेत्रमा

    • प्रकाशित मितिः असार ८, २०८१
    • 620 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सिटी चिल्ड्रेन हाउसद्वारा निःशुल्क दन्त शिविर

    धरान/ विश्व योग दिवसको अवसरमा धरान सिटी चिल्ड्रेन हाउस मन्टेश्वरीले योग शिविरसँगै विद्यार्थी, अभिभावक र शिक्षकलाई लक्षित गरी निःशुल्क दन्त परीक्षणको आयोजना गरेको थियो । स्वस्थ जीवनको परिकल्पनामा योग विज्ञानले समेत प्रमाणित गरिसकेको अवस्थामा अनिवार्य जस्तो भएको अवस्थामा योग शिविरसँगै दन्त शिविरको आयोजना गरिएको सिटी चिल्ड्रेनकी निर्देशक ओमुकुमारी राईले जानकारी दिइन् ।  शिविरमा शिक्षक, अभिभाव तथा विद्यार्थी गरी १ सय जनाले निःशुल्क दातको उपचार गरेको उनले जानकारी गराइन् । मन्टेश्वरीले ब्रम्हा कुमारी राज योग धरानका सुभद्रा श्रेष्ठ र सिर्जना थापाले योग सिकाउनु भएको थियो भने बराह डेन्टलका

    • प्रकाशित मितिः असार ८, २०८१
    • 815 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चौबिसे थुमका ऐतिहासिक र सांस्कृतिक सम्पदाहरूबारे अनुसन्धानमुलक पुस्तकको विमोचन

    धनकुटा/ अनुसन्धानात्मक लेखहरू सङ्गृहीत पुस्तक ‘चौबिसे थुमको ऐतिहासिक अध्ययन’ गत मङ्गलबार विमोचन गरिएको छ ।  कार्यक्रममा पुस्तकबारे समीक्षात्मक टिप्पणी गर्दै डा. कमल तिगेलाले चौबिसे थुमका विषयमा अध्ययन गर्न चाहने अनुसन्धाताहरूका लागि पुस्तक सहयोगी बन्ने धारणा राखे । उनले पुस्तकमा केही महत्वपूर्ण विषय छुटेको उल्लेख गर्दै आगामी दिनमा त्यस्ता विषयलाई पनि समेट्न सुझाव दिए । त्यसै क्रममा अर्का टिप्पणीकर्ता कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुबेर खापुङले आगामी दिनमा गरिने खोज–अनुसन्धानका लागि पुस्तक आधारशिला बनेको बताए ।  नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ

    • प्रकाशित मितिः असार ७, २०८१
    • 509 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बालबालिकालाई खाना खुवाएर स्थापना दिवस मनाए

    धरान । श्री सरस्वती बाल आश्रमका बालबालिकाहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले खाना खुवाएकोछ । शुक्रबार धरान ३ स्थित आश्रममा २५ जना बालबालिकाहरुलाई खाना खुवाएको हो । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४५ औँ स्थापना दिवसको अवसरमा संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई सहितका नेताहरुको उपस्थितिमा संगठन धरान उपमहानगर कमिटीले बालबालिकाहरुलाई खानपान तथा फलफूल वितरण गरिएको हो । कार्यक्रममा संगठनका केन्द्रीय सदस्य लक्ष्मी बानियाँ, संगठन कोशी प्रदेश सदस्य दुर्गा खतिवडा, जिफन्ट धरान अध्यक्ष शमसेर बर्देवा, संगठन धरान अध्यक्ष किरण थापा, सदस्यहरु कुविर श्रेष्ठ, लेखराज थापा, चेतराज दाहाल र सल्

    • प्रकाशित मितिः असार ७, २०८१
    • 388 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ===गलल====

    # कहि खोजे तिमीलाई यो मन दुखाई राख्या छु झर्छ आँसु हेर्छु भनी एउटा फोटो लुकाई राख्या छु # कहिले नछुटिने भन्दै बन्थ्यौ बेहुलि अनि म बेहुला नखानु झुठो कसम बाधिएको डोरी फुकाई राख्या छु # एउटा कुरो सोध्न भनी आजभोलि नचिन्ने भन्छेऊ छोडे लेख्नै पनि कलम भाचि मसी सुकाई राख्या छु # मेरो अन्तिम पल अतीत नभेटिने याद भयौ तिमी कसरी बिर्सिउला माया थियो खबर पुगाई राख्या छु # म गल्ति मानुला आखिर छोड्न पनि मसको मत हो भन्छु थियो नि फरक हाम्रो जात खुलाई राख्या छु                     ✍️: नवीन खड्का            &

    • प्रकाशित मितिः असार ७, २०८१
    • 426 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीमा हिमताल विस्फोटनको उच्च जोखिममा

    झापा/ कोशी जलाधार क्षेत्रका हिमतालहरु विस्फोटनको उच्च जोखिममा रहेको एक अध्ययनले देखाएको छ । विपद् व्यवस्थापन समिति कोशीले जनाएको छ । कोशी जलाधार क्षेत्रका तल्लो बरुण, हुङ्गुट, लुमदिङ्ग च्छो लगायतका ४२ वटा हिमताल विष्फोटनको उच्च जोखिममा रहेको जनाइएको छन् । समितिले हालै कार्यान्वयनमा ल्याएको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०८१’मा विष्फोटनको उच्च जोखिममा रहेका हिमतालहरुको आँकलन गरिएको छ । समितिका सदस्य यशप्रसाद सुब्बाका अनुसार अरुण नदीको जलाधार क्षेत्रमा सबैभन्दा बढी १७ वटा हिमताल फुट्ने उच्च जोखिम रहेको छ । जसमध्ये नेपालतर्फ चार वटा र तिब्बततर्फ १३ वटा हिमतालहरु

    • प्रकाशित मितिः असार ७, २०८१
    • 318 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved