शिक्षा

    Showing 251-260 of 1,827 items.
  • युएन–नवोदय कलेजमा कक्षा–११ का नयाँ विद्यार्थीलाई भव्य स्वागत

    धरान/सुनसरीकाे धरान–१६ स्थित युएन, नवोदय कलेजले कक्षा–११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुको सम्मान तथा स्वागत समारोह भव्यभन्दा भव्य सम्पन्न गरेको छ। धरान–१५ को चुम्लुङ हिममा मंगलबार(आज) आयोजित कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएका विद्यार्थीहरुलाई अविर र खदासहित स्वागत गरिएको थियो। कार्यक्रममा कलेजका अध्यक्ष तथा एशोसिएट प्रोफेसर ज्ञानेश्वर झा, क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापो, होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगनमान श्रेष्ठ, नुर खान, रामबहादुर लिम्बू, दिब्या झा लगायतले नयाँ विद्यार्थीलाई स्वागत गर्दै शुभकामना दिएका थिए। समारोहमा प्रतिभावान, अनुशासित, स्कुल&ndash

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • 939 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शीर्ष वैज्ञानिकको सूचिमा परेका डा. सञ्जीव शर्माले धरानेलाई सम्झिए

    धरान/ विश्वको शीर्ष वैज्ञानिक सूचिमा पर्नुमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धराने जनता र आफ्नो अध्ययन टिमको ठुलो योगदान रहेको प्रा.डा. सञ्जीव शर्माले बताउनु भएको छ ।  मंगलबार धरानमा पत्रकारहरुसंग कुराकानी गर्नुहुँदै प्रा.डा. शर्माले भन्नुभयो मैले करिव २० वर्षदेखि सर्पदंश उपचार पद्धतिमा सुधार, मुटु रोग तथा मिर्गौला रोगका विषयमा काम गरेँ । मलाई प्रतिष्ठानले त्यो स्पोजर दियो, मेरो टिमले सहयोग गर्नुभयो र जहिल्यै धरान र पूर्वका जनताको माया पाएँ त्यसैको प्रतिफल नै यो उपलब्धि प्राप्त भएको हो । प्रा.डा. शर्माले भन्नुभयो काम हामी सबै मिलेर टिमले गरेका हौ । तर, नाम मात्रै मेरो आ

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • 460 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनाखरी कप २०८२ : सुनसरीका १६ स्कूल एकै मैदानमा

    धरान/  सुनसरीभरका विद्यालयहरूमा फुटबलको रौनक झनै बढाउँदै ‘सुनाखरी एकेडेमी कप–२०८२’ मङ्सिर ७ देखि १७ गतेसम्म एन्फा एकेडेमी मैदान, धरान–१७ मा आयोजना हुने भएको छ। प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ भने विद्यालय–विद्यालयमा देखिएको उत्साहले यसपटकको संस्करण विशेष बन्ने संकेत गरिसकेको छ। फस्ट–कम–फस्ट–सर्भ्ड प्रणालीअनुसार सीमित १६ टिम मात्र रहने भएपछि दर्ता खुल्नासाथै विद्यालयहरूले छिट्टै नाम दर्ता गराएका थिए। इटहरीदेखि झुम्कासम्मका विद्यालय सहभागी भएपछि प्रतियोगिता जिल्लाभरको साझा खेल उत्सव जस्तै बने

    • प्रकाशित मितिः मंसिर १, २०८२
    • 500 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रमा मंसिर ५ गतेदेखि प्याब्सन खेलकुद सप्ताह : १९ विद्यालयका १ हजार ४४ विद्यार्थी प्रतिस्पर्धामा

    वराहक्षेत्र/ निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) वराहक्षेत्र नगर समितिले आयोजना गर्ने खेलकुद सप्ताह मंसिर ५ गतेदेखि सुरु हुने भएको छ। मंसिर १३ गतेसम्म चल्ने खेलकुद महोत्सवमा वराहक्षेत्रका १९ वटा निजी विद्यालयका १ हजार ४४ जना विद्यार्थी खेलाडीका रूपमा प्रतिस्पर्धा गर्न तयार छन्। शनिबार पत्रकार सम्मेलनमार्फत कार्यक्रमको विस्तृत जानकारी दिँदै प्याब्सन वराहक्षेत्र नगर समितिले यस वर्षको खेलकुद सप्ताहलाई अझ व्यवस्थित र प्रभावकारी बनाइने बतायो। प्याब्सन वराहक्षेत्र नगर समितिका अध्यक्ष खेमराज राईका अनुसार फुटबल, व्याडमिन्टन, म्याराथन, ५ किलोमिटर रन लगायतका विभिन्न विधा

    • प्रकाशित मितिः कार्तिक ३०, २०८२
    • 547 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एम्स एकेडेमीमा नवआगन्तुकको भव्य स्वागत : उत्कृष्टताको यात्रातर्फ आत्मविश्वासी कदम

    धरान/ धरान–१२ स्थित एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीहरूले कक्षा–११ मा भर्ना भएका नवआगन्तुकहरूलाई भव्य कार्यक्रममार्फत स्वागत गरेका छन्। धरान–१५ को सदन सभाहलमा शनिबार आयोजित विशेष कार्यक्रममा नयाँ यात्रामा प्रवेश गरेका विद्यार्थीको उत्साहजनक सम्मान गरिएको थियो। कार्यक्रममा एम्स क्रियटिभ ग्रुपकी अध्यक्ष बिनुसा तामाङ, एकेडेमीका संयोजक दुर्गा सुवेदी, प्रिन्सिपल सन्तोष कोइराला, साथै सुबास पौडेल, युवराज अधिकारी, सन्जिव उदास र फडिन्द्र खतिवडालगायतले अबिर र खदा लगाएर नवआगन्तुक विद्यार्थीलाई हार्दिक स्वागत गरे। स्वागत मन्तव्य राख्दै संयोजक सुवेदीले एम्स एकेडेमीले हा

    • प्रकाशित मितिः कार्तिक २९, २०८२
    • 723 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रमा बक्तित्वकला र चित्रकला प्रतियोगिता सम्पन्न

    वराहक्षेत्र/वराहक्षेत्र नगरपालिका शिक्षा , युवा तथा खेलकुद विकाश शाखाले वक्तित्वकला र चित्रकला प्रतियोगिता आयोजना गरेको छ । आधारभुत ( कक्षा १ - ५ ) तब स्तरिय चित्रकला प्रतियोगिता तथा आधारभुत ( कक्षा ६-८) तह र माध्यमिक (कक्षा ९-१० ) तह स्तरिय वक्तित्वकला प्रतियोगिता सम्पन्न गरिएको नगरपालिका शिक्षा , युवा तथा खेलकुद विकाश शाखाका प्रमुख उत्तमराज भारतीले जानकारी दिए । वक्तित्वकलाको शिर्षक "सामाजिक सञ्जालको प्रयोग र असर " रहेको थियो । चित्रकला प्रतियोगितामा जिवनज्योति ईङलिस स्कुलका अंकित गहतराज प्रथम भएका थिए । त्यस्तै सिदार्थ मेमोरियल ईङ्लिस स्कुलकि आयुष्मा थापा द्बितीय , सुनसरी स्टार एकेडिमिक

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • 485 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ढुङ्गै–ढुङ्गामा देशका नायक: हिबिस्कसका बिद्यार्थीको प्रेरणादायी अवलोकन यात्रा

    धरान/ धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलका बिद्यार्थीहरूले शुक्रबार धरान–४ मा रहेको चर्चित ढुङ्गेपार्कको शैक्षिक अवलोकन यात्रा सम्पन्न गरेका छन्। ढुङ्गामा कुदिएका राष्ट्रिय व्यक्तित्वका जीवन्त शिल्प नजिकबाट अवलोकन गर्दै उनीहरूले कला, इतिहास र सिर्जनशीलताको अनौठो अनुभव प्राप्त गरे। पार्क भ्रमणका क्रममा वडा अध्यक्ष धनबहादुर राई स्वयं बिद्यार्थीहरूलाई मार्गदर्शन गर्दै गौतम बुद्ध, बिश्वप्रसिद्ध नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुईत, क्रिकेटर पारस खड्का, फुटबलर प्रीति राई, ऊर्जा अभियन्ता कुलमान घिसिङलगायत देशका योगदानकारी व्यक्तित्वका बारेमा रोचक विवरण प्रस्तुत गरेका थिए। उनका अ

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • 494 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शिक्षा सन्देस बोर्डिङमा ट्यालेन्ट शो: विद्यार्थीहरूले देखाए दम्भदार प्रस्तुति

    धरान/धरान–६ पानवारीस्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ स्कुलले बिहीबार भव्य ट्यालेन्ट शो सम्पन्न गरेको छ। स्कुल प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले दमदार गीत, नृत्य र विभिन्न सिर्जनात्मक प्रस्तुतिहरू मार्फत आफ्नो प्रतिभा उजागर गरे। कार्यक्रमको उद्घाटन विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर सुबेदीले पानसमा दीप प्रज्वलन गरी गरेका थिए। अध्यक्ष सुबेदीले विद्यार्थीहरूलाई आफ्नो रुचि र क्षमताअनुसार गायन, नृत्यलगायत अतिरिक्त गतिविधिमा सहभागिता जनाउन प्रेरित गर्दै भने, “हार–जितभन्दा पनि सहभागिता महत्वपूर्ण हो। यिनै गतिविधिहरूले आत्मविश्वास र व्यक्तित्व विकासम

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • 498 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मनमोहनका विद्यार्थीले बनाए स्मार्ट हार्वेस्ट र सोलार पोडवे सहित विभिन्न मेसिन र उपकरण

    विराटनगर/  कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयका विद्यार्थीले कृषी कार्यका लागि एउटै मेसिनबाट धेरै काम गर्न सकिने स्मार्ट फार्मिङ र स्मार्ट सिटीका लागि सोलारबाट चल्ने स्मार्ट सिटीको पोडवे सहित विभिन्न मेसिन र सिस्टम उपकरणहरु बनाएका छन । मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकको तीन बर्षे डिप्लोमा तर्फ अध्यनरत अन्तिम बर्षका विद्यार्थीहरुले कृषी कार्य गर्दा धानकाटने , दाई गर्ने , मल ,पानी , छर्ने , जोत्ने आदि काम एकै मेसिनबाट गर्नसक्ने स्मार्ट फार्मिङ उपकरण सहित स्मार्ट सिटीमा सोलारबाट चल्ने पोडवे लगायत विभिन्न्न मेसिन र सिस्टम उपकरणहरु बताएका

    • प्रकाशित मितिः कार्तिक २५, २०८२
    • 393 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘पत्रकारको अपमान’ विवाद: सुब्बालाई प्रमाणसहित स्पष्टीकरण वा माफी माग्न तीन संगठनको माग

    धरान/  धरान–१३ स्थित श्रम संस्कृति पार्कमा शुक्रबार उद्घाटन गरिएको गोर्खा चौतारीको कार्यक्रममा हाल बेलायतमा बसोबासरत शशी थापा सुब्बाद्वारा पत्रकारहरूलाई लक्षित गरी दिइएको अभिव्यक्तिप्रति तीन पत्रकार संगठनले कडा प्रतिक्रिया जनाएका छन्।नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपाल, सुनसरीले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै सुब्बाको भनाइलाई “पत्रकारहरूको पेसागत मर्यादा र आत्मसम्मानमाथिको अपमान” भनेका छन्।विज्ञप्तिअनुसार कार्यक्रममा मन्तव्य राख्दै सुब्बाले “लाहुरेको घरको चामल खाएर पत्रकारिता पढेको, लाहुरेकै घरमा सस्तो भाडामा बसेर पत्रकारिता गरेको&rdquo

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • 904 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved