धरान/ भारतको सिक्किम स्टेटका पूर्वमन्त्री तथा बर्तमान सरकारका मुख्यमन्त्री पिएस गोलका सल्लाहकार जिएम गुरुङ( गर्ज बहादुर गुरुङ) कोशी प्रदेश प्रायः आउ जाउ गरिरहन्छन् । प्राय गरि सिक्किम सरकारका पूर्वमन्त्री समेत रहेका उनी नेपालको राजनीतिक अवस्थादेखि भने चिन्ता ब्यक्त गर्दछन् । तत्कालिन मुख्यमन्त्री पवन चाम्लिङको सरकारमा गुरुङ २० बर्ष सम्म मन्त्री भए । उनी भन्छन,‘नेपालको राजनीति नजिकबाट नियालेको छु,हरेक नेताहरु चिन्छु,सरकारको नेतृत्वको सन्दर्भमा जानकार नै हुन्छ, तर दुःख लाग्छ, नेपालमा स्थिीर राजनीति भएन, सरकार फेरबदलको राजनीतिलाई त्यागेर स्थिर राजनीतिको सरकार बनाउन सक्यो भने राम्रो ह
धरान । धनकुटा र भोजपुर जिल्लाका बिभिन्न स्थानहरुमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोटहरु प्रहरीले फडानी गरी नष्ट गर्दै आईरहेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तरगत अबैध रुपमा लगाएका गाँजाका बोटहरु नष्ट गर्ने अभियान अनुसार कार्तिक ३० गते धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङ,भेडेटार,प्रहरी चौकी त्रिवेणी र आँखीसल्लाबाट परिचालन भएको प्रहरी टोलीले शहिदभुमी र साँगुरीगढी गाउँपालिकाको बिभिन्न एरिया इलाकाहरुका साढे ३८ रोपनी क्षेत्रफलमा प्राकृतिक रुपमा डाँडा पाखामा हुर्केका ३० हजार १ सय गाँजाकाबोटहरु फडानी गरी जलाई नष्ट गरेको छ ।यसै ग
धरान/ सुनसरीको धरान उपमहानगरपालिका वडा नं २० को विष्णुपादुकास्ति वंशीलामा रहेको विष्णुपाउ सामुदायिक वन तथा हिमालय ध्यान केन्द्र क्षेत्रमा सयौंको संख्यामा लाली गुरांसको विरुवा रोपिएको छ । नेपाली कांग्रेसको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं १, सुनसरीले उक्त क्षेत्रमा ६ सय २६ वटा रातो फुल्ने प्रजातिका लाली गुरांसको विरुवा रोपेको हो । कांग्रेसले विरुवा रोप्ने र संरक्षणका लागि विरुवा बार्ने कार्यलाई एकैसाथ सम्पन्न गरेको छ भने बंशीला डांडामा राष्ट्रिय झण्डा समेत राखेको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा केन्द्रीय सदस्य माननीय डा शेखर कोइरालाले लाली गुरांसको विरुवा रोपेर कार्यक्
काठमाण्डौ/ संयुक्त अधिराज्य बेलायतका लागि नियुक्त राजदुत चन्द्र घिमिरेलाई काठमाण्डौमा रहेका धरानेहरुको संस्था धरान सरोकार समाजले बधाई तथा शुभकामना कार्यक्रम राखेर सम्मान गरेको छ । कार्यक्रममा विभिन्न क्षेत्रमा स्थापित धरानेहरुले विषयगत सुझावहरु पनि दिएका छन् ।पूर्व राजदुत राजेश्वर आचार्यले आफ्नो अनुभवका साथै गर्नु पर्ने कामको बारेमा सल्लाह दिए । उनले चीनमा आफु राजदुत भएर काम गर्दा दुई देशका सम्बन्धलाई प्रगाढ बनाउँदै राष्ट्रको हितका लागि गरेका कामहरुको बारेमा चर्चा गर्नु गरेका थिए । उहाँले अब काम गर्दा राजदुत नभई राष्ट्रदुत भएर काम गर्न सुझाव दिए । त्यस्तै आफुले कालापानीको विवादको बेला
काठमाडौँ । मंशीर १६ गते हुने उप निर्वाचनको निम्ति सत्तारुढ दल नेकपा एमालेले स्थानीय तहको उपनिर्वाचनका लागि ४२ जना उम्मेदवारहरुको नाम टुंगो लगाएको छ । आगामी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचन हुँदैछ । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा तुल्सीराम विश्वासले टिकट पाएका छन् । त्यस्तै, दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा उमा लुंगेली मगर शेर्पा उम्मेदवार बन्ने भएकी छन् । यता, काठमाडौँको कीर्तिपुर नगरपालिकाबाट सुरेन्द्र मानन्धर उम्मेदवार बन्ने छन् । रुकुम पूर्वको पुथउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा केशकुमारी तुलाचनले टिकट पाएकी छन् । त्यसैगरी दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष
विश्व राजनीतिको इतिहासलाई फर्केर हेर्ने हो भने राजनीतिक परिवर्तनमा होस् या राजनीतिक चेत विकास गर्न र विस्तार गर्न विद्यार्थीको भूमिका निकै महत्त्वपूर्ण छ । विद्यार्थीका कारण नेपालमा मात्र होइन, विश्वका विभिन्न देशमा ठूला राजनीतिक, सामाजिक तथा आर्थिक परिवर्तनहरु भएका छन् । विद्यार्थीहरुको यही योगदानलाई स्मरण गर्दै १७ नोभेम्बरलाई विश्वभर अन्तर्राष्ट्रिय विद्यार्थी दिवसका रुपमा मनाउने गरिन्छ । तर, यसको अर्थ के होइन भने यसलाई राजनीतिक दिवसको सन्दर्भमा मात्र लिने गरिन्छ । यसलाई त बरु अहिले गैराराजनीतिक तथा बहुसाँस्कृतिका दिवसका रुपमा विश्वभरका विभिन्न विश्वविद्यालय तथा कलेजहरुले मनाउने गर्छन् । य
आज १ मङ्सिर । आजबाट मङ्सिर लाग्यो । मङ्सिर को महिनालाई निकै धेरै पहिलेदेखि नै चिसोको सुरुवातको महिनाका रूपमा लिने गरिएको छ । छोटा दिनहरू र लामा राताहरूअब दिनहरू क्रमशः छोटा र राताहरू लामा हुँदै जानेछन् । छिटै साँझ पर्ने र बिहान अबेरसम्म पनि अँध्यारो नै भएको जस्तो आभास हुन थाल्नेछ । हिमालबाट बहेर आएको हावा र चिसो सिरेटोले हाम्रो शरीरलाई पनि चिसो बनाउन थाल्नेछ । बिहान घामको किरणले पृथ्वीलाई स्पर्श गर्नुअघि अब शीतले लपक्कै भिजाएको हुनेछ, हाम्रा बाटाहरू, हाम्रा खेतका डिलहरू र सागसब्जी तथा बोटबिरुवाहरू । यसको अर्थ हो, अबका रातहरू झन् बढी चिसा भएका छन् । चिसो मौसममा सबैभन्दा सामान्य हो, रुघाखोकी
विष्णु वैकुण्ठ चतुर्दशी व्रतवैकुण्ठचतुर्दश्यां यः पूजयेद् हरिशङ्करौ।स याति परमं स्थानं मुक्तिं लभते नरोत्तमः॥ बैकुण्ठ चतुर्दशीमा हरि ९विष्णु० र शंकर ९शिव० दुवैको पूजा गर्ने व्यक्तिले परमधाम प्राप्त गरी मोक्ष प्राप्त गर्दछ ।ूशास्त्रअनुसार हजारौँ कमलका फुलहरूले भगवान् विष्णुको पूजा गरेर शिव जी को अर्चना गर्ने मनुष्यले आफ्ना सबै बन्धनहरू बाट मुक्ति पाएर वैकुण्ठ लोक प्राप्त गर्दछ । कार्तिक शुक्ल चर्तुदशीमा यस व्रत गर्ने चलन छ । वैकुण्ठ चर्तुदशीको व्रत कथाएक पटक नारद भगवान् विष्णुकहाँ वैकुण्ठमा पुगे । विष्णुजीले नारदजीलाई आउनुको कारण सोध्नुभयो । नारदले भने, “प्रभु पृथ्वीमा हजुरलाई कृपा निधा
काठमाडौं । फेसबुक पेजसहित सामाजिक सञ्जालका समाचार सामाग्री माथि नियमनकारी निकाय प्रेस काउन्सिल नेपालले निगरानी थालेको छ । सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानल तथा फेसबुक पेजको सञ्चार सामग्रीको काउन्सिलले अनुगमन थालेको जनाइएको छ । सामाजिक सञ्जालमा सम्प्रेषित सामाग्रीलाई तथ्यपूर्ण र विश्वसनीय बनाउन काउन्सिलले कार्यविधि बनाई काम सुरु गरेको छ । मिडियाको नियामक निकाय काउन्सिलले विभिन्न पेजसहित सामाजिक सञ्जालमा सञ्चालकको नाम, ठेगाना प्रष्ट हुनुपर्ने सहित तथ्यपूर्ण समाचारको लागि विशेष अपिल समेत जारी गरेको हो । सामाजिक सञ्जालमा देखिएका कतिपय आपत्तिजनक सामग्री अनुगमनसहित प्रवृत्तिगत अध्ययन गरी सच्या
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइन विद्युत प्रयोग गरेबापतको बक्यौता महसुल उद्योगीले १५ दिनभित्र नबुझाए फेरि लाइन काट्ने बताएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै घिसिङले सरकारको निर्णय बमोजिम अहिले तत्काललाई लाइन जोडिएको बताएका छन् ।‘हामीले बक्यौता महसुल नबुझाउने २८ उद्योगको लाइन कात्तिक ८ गते काटेका थियौं । नेपाल सरकारबाट १५ दिनभित्र बक्यौता उठाउने गरी हाललाई २४ घण्टाभित्र लाइन जोड्ने निर्देशन प्राप्त भएको छ’, घिसिङले भने, ‘हामी बक्यौता उठाउन लाग्नेछौं । उहाँहरूले पनि बुझाउनु पर्नेछ । १५ दिनभित्र पनि बक्यौता तिर्