वराहक्षेत्रमा बक्तित्वकला र चित्रकला प्रतियोगिता सम्पन्न

  • कार्तिक २८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/वराहक्षेत्र नगरपालिका शिक्षा , युवा तथा खेलकुद विकाश शाखाले वक्तित्वकला र चित्रकला प्रतियोगिता आयोजना गरेको छ ।

आधारभुत ( कक्षा १ - ५ ) तब स्तरिय चित्रकला प्रतियोगिता तथा आधारभुत ( कक्षा ६-८) तह र माध्यमिक (कक्षा ९-१० ) तह स्तरिय वक्तित्वकला प्रतियोगिता सम्पन्न गरिएको नगरपालिका शिक्षा , युवा तथा खेलकुद विकाश शाखाका प्रमुख उत्तमराज भारतीले जानकारी दिए ।

वक्तित्वकलाको शिर्षक "सामाजिक सञ्जालको प्रयोग र असर " रहेको थियो ।

चित्रकला प्रतियोगितामा जिवनज्योति ईङलिस स्कुलका अंकित गहतराज प्रथम भएका थिए ।

त्यस्तै सिदार्थ मेमोरियल ईङ्लिस स्कुलकि आयुष्मा थापा द्बितीय , सुनसरी स्टार एकेडिमिकी दिव्या मलाहा तृतीय त्यस्तै शिशुज्योति आधारभुत बिद्यालयकी जन्मदिया बिष्ट र राजाबास सेकेन्डेमी ईङ्लिस स्कुलकी क्रिस मण्डल सान्तवना हुन सफल भएकि थिईन् ।

प्रथम भएका अंकतले नगद ४ हजार सहित प्रमाण पत्र , द्वितीय हुन सफल आयुष्माले नगद ३ हजार सहित प्रमाण पत्र , तृतीय हुन सफल दिव्याले नगद २ हजार सहित प्रमाण पत्र त्यस्तै सान्तवना सफल जन्मदिया र क्रिसले १ हजार ५ सय र प्रमाण पत्र प्राप्त गरेकी थिईन् ।

माध्यमिक (कक्षा ९-१० ) तर्फ स्तरिय वक्तित्बकला प्रतियोगितातर्फ राजावास सेकेन्डरी ईङ्लिस स्कुलकी मनिषा देउजा प्रथम भएकि छिन् ।

त्यस्तै जिवनज्योति ईङ्लिस स्कुलकी रुजा खड्का द्वितीय , वराह राईजिङ्ग स्टार ईङ्लिस स्कुलकी सुहाना मगर तृतीय र आइरिस वराह एकेडेमीकी दृष्टि राई सानत्वना हुन सफल भएकि थिईन् ।

प्रथम भएकी मनिषाले नगद ४ हजार सहित प्रमाण पत्र , द्वितीय हुन सफल रुजाले नगद ३ हजार सहित प्रमाण पत्र , तृतीय हुन सफल सुहानाले नगद २ हजार सहित प्रमाण पत्र त्यस्तै सान्तवना सफल दृष्टीले १ हजार ५ सय र प्रमाण पत्र प्राप्त गरेकी थिईन् ।

त्यस्तै आधारभुत (कक्षा ६-८) तह स्तरिय वक्तित्बकला प्रतियोगितातर्फ मुनबिम एकेडिमीकी प्रेरणा जैसवाल प्रथम हुन सफल भईन् ।

त्यस्तै जेडेज माध्यमिक बिद्यालयकि लक्ष्मी तिमिल्सिना द्वितीय , मोहन माध्यमिक बिद्यालयकी प्रकृति यादव तृतीय र स्काई ईङ्लिस स्कुलका प्रज्जवल भट्टराई सान्तवना हुन सफल भए ।

प्रथम भएकी प्रेरणाले नगद ४ हजार सहित प्रमाण पत्र , द्वितीय हुन सफल लक्ष्मीले नगद ३ हजार सहित प्रमाण पत्र , तृतीय हुन सफल प्रकृतिले नगद २ हजार सहित प्रमाण पत्र त्यस्तै सान्तवना सफल प्रज्जवलले १ हजार ५ सय र प्रमाण पत्र प्राप्त गरेका थिए ।

उक्त कार्यक्रमको अवसरमा यस अगाडी वराहक्षेत्र नगरपालिका शिक्षा , युवा तथा खेलकुद विकाश शाखाले आधारभुत तह, माध्यमिक तह र कक्षा ११ र १२ स्तरिय निबन्ध लेखन प्रतियोगिताको बिजेता बिद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।

बिजेता बिद्यार्थीहरुलाई नगर प्रमुख रमेश कार्की, नगर उपप्रमुख नन्दकुमारी सुनुवार , प्रमुख प्रशासकिय अधिकृत गणेश बहादुर कटुवाल, शिक्षा , युवा तथा खेलकुद विकाश शाखाका प्रमुख उत्तमराज भारती , शिक्षा समितिका सदस्य ज्ञानबहादुर पाण्डे लगायतले पुरस्कार बितरण गरेका थिए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved