शिक्षा

    Showing 221-230 of 1,827 items.
  • पिण्डेश्वर विद्यापीठको ७४औँ वार्षिकोत्सव सम्पन्न, संस्कृत शिक्षालाई समयसापेक्ष बनाउने प्रतिबद्धता

    धरान/ नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतको ऐतिहासिक पिण्डेश्वर विद्यापीठले आफ्नो ७४औँ स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ। वार्षिकोत्सव समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले उच्च शिक्षाको गुणस्तर अभिवृद्धिमा आयोग गम्भीर रहेको उल्लेख गर्दै पिण्डेश्वर विद्यापीठको शैक्षिक तथा भौतिक पूर्वाधार क्रमशः सुदृढ बन्दै गएको बताए। विशिष्ट अतिथि नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालले संस्कृत शिक्षालाई समयको मागअनुसार रूपान्तरण गर्न पाठ्यक्रम परिमार्जन आवश्यक रहेको धारणा राखे। उनले योग, आयुर्वेद तथा चिकित्

    • प्रकाशित मितिः पुस १, २०८२
    • 344 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिबिस्कस स्कुल र विजयपुर हस्पिटलबीच उपचारमा २० प्रतिशतसम्म छुट सम्झौता

    धरान/ धरान–१५ मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल र विजयपुर हस्पिटल प्रा.लि.बीच स्वास्थ्य उपचारमा छुट प्रदान गर्ने सम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार अब हिबिस्कस स्कुलका विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीहरूले विजयपुर हस्पिटलमा उपचार गराउँदा १० देखि २० प्रतिशतसम्म छुट पाउनेछन्। विद्यालयको अनुरोधपछि हस्पिटलले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्तो सुविधा उपलब्ध गराएको हो। सम्झौताबारे जानकारी दिँदै विजयपुर हस्पिटलका अध्यक्ष पंकज खतिवडाले बिरामी कोही नहोस् भन्ने सबैको चाहना हुँदाहुँदै पनि उपचार आवश्यक परेमा विद्यालयको सिफारिस पत्र वा आधिकारिक परिचयपत्र (

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • 490 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गायन–नृत्यमा लुकेका प्रतिभा उजागर गर्दै सम्पन्न डि.एल.आर.एस. ट्यालेन्ट हन्ट:२०८२

    धरान/ धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ ले आयोजना गरेको डि.एल.आर.एस. ट्यालेन्ट हन्ट–२०८२ भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयको प्राङ्गणमा शनिबार सम्पन्न फाइनल प्रतियोगितामा गायन र नृत्य विधामा विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। मेलोडी सिनियरतर्फ कक्षा ६ की नुमा लिम्बु प्रथम भइन् भने कक्षा ८ का याङछाहाङ राई दोस्रो र कक्षा ९ का सन्जोग लिम्वुखिम तेस्रो भए। मेलोडी जुनियरतर्फ कक्षा ३ की विप्लन घिमिरे प्रथम, कक्षा ४ की साइवोङ लिम्बु दोस्रो तथा कक्षा २ का सेजल राई तेस्रो भए। मोसन सिनियरतर्फ कक्षा ८ का याङक्षा राई प्रथम बने भने कक्षा ७ की अदिति प्रधान दोस्रो र कक्

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • 866 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनाखरी डान्सिङ आइडल–२०८२ : साईमा लिम्बु र सागरिका श्रेष्ठ बने विजेता

    धरान/ प्रतिभा, ऊर्जा र आत्मविश्वासको शानदार प्रस्तुति गर्दै ‘सुनाखरी डान्सिङ आइडल–२०८२’ को उपाधि साईमा लिम्बु र सागरिका श्रेष्ठले जितेका छन्। धरान–१२ स्थित सुनाखरी एकेडेमीमा शुक्रबार सम्पन्न एकल नृत्य प्रतियोगिताको ग्राण्ड फिनालेबाट सिनियरतर्फ कक्षा ९ की साईमा लिम्बु र जुनियरतर्फ कक्षा ५ की सागरिका श्रेष्ठ प्रथम बनेका हुन्। सुनाखरी बाल क्लबको आयोजनामा तथा सुनाखरी एकेडेमीको संयोजनमा भएको प्रतियोगितामा सिनियरतर्फ कक्षा ७ की चारु राई र जुनियरतर्फ कक्षा ३ की सोफिया राई दोस्रो भए। यस्तै, सिनियरतर्फ कक्षा ६ की इसिका श्रेष्ठ र जुनियरतर्फ कक्षा ३ की एलिभेट गिरी तेस्रो स

    • प्रकाशित मितिः मंसिर २७, २०८२
    • 474 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सिटि चिल्ड्रेन मन्टेश्वरीद्वारा मानव सेवा आश्रमका बुवालाई खाना तथा फलफूल वितरण

    धरान/  धरान–१६ सिटि चिल्ड्रेन हाउस मन्टेश्वरी तथा ट्रेनिङ सेन्टरले मानव सेवा केन्द्र धरानमा सामाजिक सहयोग कार्यक्रम आयोजना गरेको छ। मंसिर २६ गते बिहान सम्पन्न कार्यक्रममा आश्रममा बसेका २७ जना बुवालाई बिहानको खाना खुवाउँदै फलफूल पनि वितरण गरिएको थियो। मन्टेश्वरीकी निर्देशक ओमु राईका अनुसार विद्यार्थीहरूलाई “मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो” भन्ने शिक्षा र संस्कार सिकाउने उद्देश्यले यो प्रयोगात्मक कार्यक्रम आयोजना गरिएको हो। “नानीबाबुहरूले सामाजिक उत्तरदायित्व र सहानुभूतिको महत्व बुझ्न सकून् भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेका हौं” उनले भनिन् ।

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 453 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डिपो कप–२०८२ : नोबेल, आइडल र कारमेलको सानदार जित

    धरान/  डिपो माध्यमिक विद्यालय, धरान–१८ द्वारा आयोजित २०औँ ललित–अम्बर डिपो कप–२०८२ को दोस्रो दिन तीन रोमाञ्चक खेलहरू सम्पन्न भएका छन्। कक्षा ५ सम्मका १२ वर्षमुनिका विद्यार्थीहरूको सहभागिता रहेको प्रतियोगितामा आज भएका सबै खेल एकतर्फी नतिजासहित सकिएका छन्। दोस्रो दिनको पहिलो खेलमा नोबेल एकाडेमी धरान–११ ले एप्पल मन्टेश्वरी धरान–११ लाई ०–८ को विशाल अन्तरले पराजित गर्दै प्रभावशाली जित दर्ता गर्‍यो। नोबेलका जर्सी ७ का सोहन राईले ह्याट्रिकसहित ३ गोल गर्दै खेलमा उत्कृष्ट प्रदर्शन गरे। त्यस्तै जर्सी ९ का डेनिल लिम्बूले २ गोल, रेहान रसाइली र सायाहाङ राईले सम

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 418 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा पहिलोपटक ‘युएन बारिष्टा एड्भान्स कोर्स’ दीक्षान्त समारोह सम्पन्न

    धरान/ युएन-नवोदय  कलेजका होटल म्यानेजमेन्ट कक्षा १२ का विद्यार्थीहरूको पहिलो चरणको ‘बारिष्टा एड्भान्स कोर्स’ दीक्षान्त समारोह धरान–१६ लेखनाथ चोकस्थित युएन केक एन्ड बारिष्टाको प्राङ्गणमा भव्य रूपमा सम्पन्न भएको छ। समारोहमा यु एन कलेजका होटल म्यानेजमेन्ट संयोजक गगनमान श्रेष्ठ र जनसम्पर्क अधिकृत रामबहादुर लिम्बूले दीक्षित विद्यार्थीहरूलाई खदा ओढाई प्रमाणपत्र वितरण गरेका थिए। कलेजका प्रिन्सिपल तथा क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोका अनुसार बदलिँदो प्रतिस्पर्धात्मक वातावरणमा विद्यार्थीहरूलाई केवल सैद्धान्तिक शिक्षा मात्र प

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 588 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • २०औँ ललित–अम्बर डिपो कप:आयोजक टीम पहिलो खेलमै विजय

    धरान/ डिपो माध्यमिक विद्याल धरान १८ ले आयोजना गरेको २० औं ललित–अम्बर डिपो कप –२०८२ को सुरु भएको छ । बिहीबार भएको उद्घाटन खेलमा आयोजक डिपो माध्यमिक विद्यालयले जोलसाया एकाडेमी धरान –११ लाई ०–१ गोलले पराजित गर्यो ।  आयोजक डिपोकोलागि जर्सी –१० का खेलाडी करन खड्काले गोल गरेका थिए । उक्त गोल मध्यान्तरपछिको ११ औं मिनटमा भएको थियो । खेलमा डिपोका खेलाडी करन खड्का म्यान अफ द म्याच भएका थिए । म्यान अफ द म्याच खड्कालाई उद्घाटन खेलका प्रमुख अतिथि MVO विष्णुकुमार राईले पुरस्कार वितरण गरेका थिए । नकआउट शैलीमा हुने यो प्रतियोगिताकोलागि धरानभित्र र बाहिरगरि १६ विद्यालयहरु

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 568 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डि.एल.आर.एस. ट्यालेन्ट हन्ट–२०८२ को ग्रान्ड फिनाले मङ्सिर २६ मा

    धरान/१६ स्थित धरान लिगामेन्ट रेसिडेन्सियल स्कुलद्वारा आयोजना गरिएको डि.एल.आर.एस. ट्यालेन्ट हन्ट–२०८२ को ग्रान्ड फिनाले आगामी मङ्सिर २६ गते, शुक्रबार हुने भएको छ। बुधबार विद्यालय परिसरमै आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रम सम्बन्धी विस्तृत जानकारी सार्वजनिक गरिएको हो।  विद्यालयका निर्देशक दुर्गा सुवेदीका अनुसार प्रतियोगिताको उद्देश्य कला–संस्कृतिको जगेर्ना, विद्यार्थीको आत्मविश्वास अभिवृद्धि तथा लुकेका प्रतिभा उजागर गर्नु रहेको छ। ‘Melody & Motion’ भन्ने मूल नाराका साथ सञ्चालन भइरहेको प्रतियोगितामा मङ्सिर ५ गते पहिलो अडिसन र मङ्सिर १२ गते दोस्रो अडिसन सम्प

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • 578 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युएन नवोदय चेम्पेन्स लिग भव्य रूपमा उद्घाटन

    धरान/  ‘स्वास्थ्य र राष्ट्रियताको लागि खेल’ भन्ने मूल नाराका साथ यस वर्षको यु एन नवोदय चेम्पेन्स लिग भव्य रूपमा सुरु भएको छ। धरान–१६ स्थित बीबी फुटसलमा नवोदय +२ यु एन कलेजका प्रिन्सिपाल तथा क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले खेल अफिसियल  बिपुल लिम्बूलाई बल हस्तान्तरण गर्दै लिगको औपचारिक उद्घाटन गरेका हुन्। नेपालमै पहिलोपटक +२ तहको फुटसल च्याम्पियन लिग सञ्चालन गर्दै आएको नवोदय कलेजले विद्यार्थीहरू पढाइसँगै खेलकुदमा पनि उत्कृष्ट बनुन् भन्ने उद्देश्य बोकेको क्याम्पस प्रमुख तुम्बापोले जानकारी दिएका छन्। यस वर्षको लिगमा छात्र

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • 573 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved