डिपो कप–२०८२ : नोबेल, आइडल र कारमेलको सानदार जित

  • मंसिर २६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  डिपो माध्यमिक विद्यालय, धरान–१८ द्वारा आयोजित २०औँ ललित–अम्बर डिपो कप–२०८२ को दोस्रो दिन तीन रोमाञ्चक खेलहरू सम्पन्न भएका छन्। कक्षा ५ सम्मका १२ वर्षमुनिका विद्यार्थीहरूको सहभागिता रहेको प्रतियोगितामा आज भएका सबै खेल एकतर्फी नतिजासहित सकिएका छन्।

दोस्रो दिनको पहिलो खेलमा नोबेल एकाडेमी धरान–११ ले एप्पल मन्टेश्वरी धरान–११ लाई ०–८ को विशाल अन्तरले पराजित गर्दै प्रभावशाली जित दर्ता गर्‍यो।

नोबेलका जर्सी ७ का सोहन राईले ह्याट्रिकसहित ३ गोल गर्दै खेलमा उत्कृष्ट प्रदर्शन गरे। त्यस्तै जर्सी ९ का डेनिल लिम्बूले २ गोल, रेहान रसाइली र सायाहाङ राईले समान १/१ गोल जोडे।

एप्पल मन्टेश्वरीतर्फबाट एक गोल आत्मघाती थियो। खेलका म्यान अफ द म्याच बनेका सोहन राईलाई नेपाल पत्रकार महासङ्घ सुनसरीका निवर्तमान अध्यक्ष जनकऋषि राईले पुरस्कृत गरे।

दोस्रो खेलमा आइडल इङ्लिस बोर्डिङ स्कुल धरान–१४ ले समिट सेकेण्डरी बोर्डिङ स्कुल धरान–९ लाई ०–९ ले पराजित गर्दै प्रतियोगितामा धमाकेदार सुरुवात गर्‍यो।

आइडलका जर्सी ७ का सौरभ राई र जर्सी १० का रिकेश खत्रीले समान ३/३ गोल गरे। जर्सी ९ का सुजल भट्टराईले २ गोल र सिर्जल गिरिले १ गोल जोडे। मध्यान्तरअघि ६ र मध्यान्तरपछि ३ गोल थप्दै आइडलले सहज जित हात पार्‍यो। खेलका म्यान अफ द म्याच रिकेश खत्रीलाई सिद्धार्थ शिशु सदनका शिक्षक प्रदीप सुवेदीले पुरस्कृत गरे।

आजको अन्तिम खेलमा कारमेल हाई स्कुल धरान–१८ ले सिद्धार्थ शिशु सदन धरान–१६ लाई ४–० ले हराउँदै उत्कृष्ट प्रदर्शन गर्‍यो।

कारमेलका जर्सी १९ का युवराज राजवीर यादवले ह्याट्रिकसहित ३ गोल गरे भने जर्सी १० का सुनेश लिम्बूले १ गोल जोडे। कारमेलले मध्यान्तरअघि २ र पछि २ गोल गर्दै खेलमा निरन्तर दबाब बनायो। खेलका म्यान अफ द म्याच युवराज राजवीर यादवलाई शिक्षक प्रदीप सुवेदीले पुरस्कृत गरे।

भोलि हुने खेलहरूमा हिमशिखर सेकेण्डरी स्कुल इटहरी र नेपाल प्रहरी स्कुल धरान–१३ बीच पहिलो प्रतिस्पर्धा हुनेछ। दोस्रो खेलमा लिगामेन्ट इङ्लिस बोर्डिङ स्कुल धरान–१६ र माउण्ट हर्मन एकाडेमी धरान–१८ आमनेसामने हुनेछन्।

तेस्रो खेल प्रभात इङ्लिस बोर्डिङ स्कुल धरान–१२ र इम्मानुयल इङ्लिस बोर्डिङ स्कुल धरान–१७ बीच हुनेछ भने चौथो खेल युनाइटेड गोर्खा एकाडेमी धरान–१५ र धरान इङ्लिस बोर्डिङ स्कुल धरान–५ बीच हुनेछ।

ललितबहादुर लिम्बू (पूर्व अध्यक्ष) र अम्बरबहादुर लिम्बू (हालका अध्यक्ष) को नाममा गरिएको प्रतियोगितामा विजेता टोलीले रनिङ शिल्ड, नगद ११ हजार १ सय ११ रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उपविजेताले नगद ७ हजार १ सय ११ रुपैयाँ, शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र हासिल गर्नेछन्। तेस्रो हुने टोलीले नगद ३ हजार १ सय ११ रुपैयाँसहित शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

प्रतियोगितामा पहिलो खेलमै पराजित विद्यालयहरूका लागि लेट दिलकुमार लिम्बूको स्मृतिमा ‘लेट दिलकुमार प्लेट च्याम्पियनसिप कप–२०८२’ सञ्चालन हुनेछ। सोतर्फका विजेताले नगद ३ हजार १ सय ११ रुपैयाँसहित शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद २ हजार १ सय ११ रुपैयाँसहित शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved