युएन नवोदय चेम्पेन्स लिग भव्य रूपमा उद्घाटन

  • मंसिर २४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  ‘स्वास्थ्य र राष्ट्रियताको लागि खेल’ भन्ने मूल नाराका साथ यस वर्षको यु एन नवोदय चेम्पेन्स लिग भव्य रूपमा सुरु भएको छ।

धरान–१६ स्थित बीबी फुटसलमा नवोदय +२ यु एन कलेजका प्रिन्सिपाल तथा क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले खेल अफिसियल  बिपुल लिम्बूलाई बल हस्तान्तरण गर्दै लिगको औपचारिक उद्घाटन गरेका हुन्।

नेपालमै पहिलोपटक +२ तहको फुटसल च्याम्पियन लिग सञ्चालन गर्दै आएको नवोदय कलेजले विद्यार्थीहरू पढाइसँगै खेलकुदमा पनि उत्कृष्ट बनुन् भन्ने उद्देश्य बोकेको क्याम्पस प्रमुख तुम्बापोले जानकारी दिएका छन्।

यस वर्षको लिगमा छात्र १३ र छात्रा ४ गरी कुल १७ टोली सहभागी भएका छन्। लिग विजेता र समग्र विजेता घोषित हुने टोलीलाई ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिनेछ। साथै,
– प्रतियोगिताको उत्कृष्ट खेलाडी,
– खेलको उत्कृष्ट खेलाडी,
– सिजनको सर्वाधिक गोलकर्ता,
– उत्कृष्ट गोलरक्षक
जस्ता विशेष शीर्षक विजेताहरूलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको संयोजक विष्णुकुमार दाहालले बताए।

लिगको दोस्रो चरण, नकआउट, अर्धफाइनल हुँदै माघ महिनाभित्रै सम्पन्न गर्ने योजना रहेको कलेजका जनसम्पर्क अधिकृत रामबहादुर लिम्बूले जानकारी दिए। उद्घाटन कार्यक्रमको सञ्चालन कलेजका प्राध्यापक सर्णकुमार सम्बाहाम्फेले गरेका थिए।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved