धरानमा पहिलोपटक ‘युएन बारिष्टा एड्भान्स कोर्स’ दीक्षान्त समारोह सम्पन्न

  • मंसिर २६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ युएन-नवोदय  कलेजका होटल म्यानेजमेन्ट कक्षा १२ का विद्यार्थीहरूको पहिलो चरणको ‘बारिष्टा एड्भान्स कोर्स’ दीक्षान्त समारोह धरान–१६ लेखनाथ चोकस्थित युएन केक एन्ड बारिष्टाको प्राङ्गणमा भव्य रूपमा सम्पन्न भएको छ।

समारोहमा यु एन कलेजका होटल म्यानेजमेन्ट संयोजक गगनमान श्रेष्ठ र जनसम्पर्क अधिकृत रामबहादुर लिम्बूले दीक्षित विद्यार्थीहरूलाई खदा ओढाई प्रमाणपत्र वितरण गरेका थिए।

कलेजका प्रिन्सिपल तथा क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोका अनुसार बदलिँदो प्रतिस्पर्धात्मक वातावरणमा विद्यार्थीहरूलाई केवल सैद्धान्तिक शिक्षा मात्र पर्याप्त नहुने भएकाले, सीप र व्यवहारिक ज्ञानलाई प्राथमिकता दिँदै धरानमै पहिलोपटक ‘यु एन केक एन्ड बारिष्टा’ कमर्सियल आउटलेट सञ्चालनमा ल्याइएको हो।

“सीप सिकौँ, आत्मनिर्भर बनौँ” भन्ने नारासहित खुलेको यस आउटलेटमार्फत विद्यार्थीहरूलाई वास्तविक कार्य–अनुभव दिलाउने तयारी रहेको उनले बताए।

बारिष्टा संयोजक गगनमान श्रेष्ठका अनुसार यहाँ कफीका विभिन्न आइटम, केक, कोदोको ब्रेड, कुकिज उपलब्ध छन्। निकट भविष्यमा धराने म:म: समेत थपेर ग्राहकको सुझावअनुसार सेवाहरू विस्तार गरिने योजना छ।

युएन नवोदयमा +२अध्ययन गर्ने विद्यार्थीका लागि कक्षा ११ मा निशुल्क बारिष्टा तालिम र कक्षा १२ मा एड्भान्स कोर्समा ५०% छात्रवृत्तिको व्यवस्था गरिएको जनसम्पर्क अधिकृत लिम्बूले जानकारी दिए।

ram-gagan

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved