विराटनगर । झापाको कचनकवल देशकै होचे भू–भागमा अवस्थित गाउँपालिका हो । केहीअघि एकै पटक डेढसय भन्दा धेरै मानिसमा कोरोना संक्रमण देखियो । जनजीवन आतंकित जस्तै बन्यो । तर, अहिले कचनकवलको जनजीवन सामान्य बनिसकेको छ । संक्रमणको दर शुन्य जस्तै छ । अवस्था सामान्य हुँदै गएपछि कचनकवलमा जनजीविकाका सबै ‘इन्जिनहरु’ पूर्ववत रुपमा संचालन भईसकेका छन । अन्यत्र धेरैतिर विद्यालय संचालन मात्र तयारी भईरहंदा कचनकवलमा भने विद्यालय खुलिसकेका छन । गाउँपालिकाका अध्यक्ष अन्जरा आलम भन्छन, “गाउँमा इन्टरनेटको पहुँच छैन । हामीले त स्वास्थ्य सावधानी र सरकारले तोकेको मापदण्ड अपनाएर विद्यालय खोलिसक्यौं ।
बराहक्षेत्र । बिहीबार पवित्रा मगरको मन फुरुङ् थियो । फुरुङ्ग मन लिएर झण्डै २ घण्टा हिंडेको पनि पत्तो पाइनन् । हिंड्दै चम्पापुर आइपुगिन् । त्यहाँ एकघण्टा हिउँदे घाममा उभिइन् । सामाजिक कार्यकर्ता बोलेको सुनिन् । राजनीतिक दलका नेता बोलेको सुनिन् । वडाध्यक्ष बोलेको सुनिन् । मेयर बोलेको सुनिन् । सांसद बोलेको सुनिन् । सबै बोलिसके पछि फुरुङ्ग भएको उनको मन झनै फुरुङ्ग भयो । उनलाई १ घण्टा भन्दा बढी हिंडेर विद्यालय आउनुपर्छ । कोशी नदी उकास श्रीलंकाटप्पुस्थित चिलैयाबाट बेलका ९ स्थित कमलाबारी आइपुग्न लाग्ने समय हो यो । कक्षा ८ मा पढ्छिन् पवित्रा । बिहान परिवारका सबै सदस्यलाई खाना बनाएर मात्रै उनको फुर्सद
धरान । देशभर कक्षा १२ को परिक्षा गत मङ्गलबारबाट सञ्चालन भएको छ । धरान उपमहानगरले आज विहान (विहीबार) परिक्षाको तेस्रो दिन संयुक्त रुपमा धरानका विभिन्न स्कुलमा गई कक्षा १२ को परिक्षा अनुगमन गरेका छन् । कोभिड–१९ को जोखिमप्रति सजग हुँदै जनस्वास्थ्यका मापदण्ड पालना गरी ४० नम्बरका लागि लिइएको सो परीक्षाको अनुगमन गर्न मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदी, शिक्षा शाखा अधिकृत रामचन्द्र कार्की र प्रशासकिय प्रमुख विदुर प्रसाद खनाल परिक्षाको संयुक्त रुपमा अनुगमन गर्न पुगेका हुन् । मेयर र उपमेयरसहितको टोलिले धरानका पब्लिक उच्च माध्यमिक विद्यालय, युएन कलेज र नवोदय माध्यमिक विद्यालयमा पुगेर परि
विराटनगर । मोरङमा विद्यालय खोल्ने तयारी थालिएको छ । दक्षिणपूर्वी मोरङका ६ वटा स्थानीय तहले विद्यालयको पठनपाठन शुरु गर्ने निर्णय गरेका छन । मंसिर १५ गतेबाट विद्यालय संचालन गर्ने विाष्यमा ६ वटै पालिकाका प्रमुख तथा सरोकारवालाले अब विद्यालय बन्द गरिरहन नसक्ने निस्कर्ष निकालेका हुन । रङ्गेली नगरपालिका,रतुवामाई नगरपालिका, सुनवर्षी नगरपालिका, धनपालथान गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाका विद्यालय खुल्ने विषयमा छलफल भई निर्णय भएको हो । रंगेली नगरपालिकाका प्रमुख दिलिप अग्रवालका अनुसार सरकारले तोेकेको स्वास्थ्य मापदण्डलाई कडाइसाथ लागू गर्दै विद्यालय खोल्ने निर्णय भएको छ । सबै विद्यालयले व
धरान । शुल्क नतिरे परिक्षामा सहभागि हुन नपाउँने भन्दै अभिभावकहरुलाई दबाब दिएको गुनासो आउन थाले पछि धरान उपमहानगरपालिकाले परिक्षाबाट बञ्चित नगराउन विद्यालयहरुलाई निर्देशन दिएको छ । निजी विद्यालयहरुले दबाब दिएर अभिभावकहरु सँग शुल्क असुलेको भन्दै स्थानीय सरकार समक्ष गुनासो बढे पछि सोमबार शिक्षा महाशाखाले सुचना जारी गर्दै कुनै पनि बहानामा विद्यार्थीको परिक्षा नरोक्न उर्दी जारी गरेको छ । शिक्षा, खेलकुद तथा युवा महाशाखाका प्रमुख रामचन्द्र कार्कीले सुचना जारी गर्दै संस्थागत विद्यालयहरुले विद्यार्थीहरुलाई शुल्क नतिरेकै कारण विद्यालयहरुले लिने परिक्षामा सम्मिलित हुन नपाउने भन्ने गुनासा अभिभावकहरुबाट
धरान । शिक्षा मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर कक्षा संचालन गर्न दिइने निर्णय जिल्ला प्रशासन कार्यालय सुनसरीको सुरक्षा समितीले निर्णय गरेको छ । समितीको निर्णय अनुसार कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई बढीमा १५ जनाको समुह बनाएर कक्षा संचालन गर्न अनुमती दिएको छ । १५ जनाको सिफ्ट मिलाएर कक्षा संचालन गर्ने शिक्षा मन्त्रालयको निर्देशन अनुसार व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । १० देखि १५ जनाको ग्रुप बनाएर मात्र कक्षा शुरु गर्न दिने निर्देशिका अनुसार कक्षा संचालन गर्ने निर्णय गरिएको छ । कक्षा संचालन गर्न दिइने निर्णय ठुला कक्षाका ल
बेलबारी । बेलबारी नगरपालिकाले असोज २३ गते देखी कक्षा ११ को परिक्षा संचालन गर्ने भएको छ । सोमवार बेलबारी नगरपालिका शिक्षाशाखाका प्रमुख भुपेन्द्र कोइरालाको अध्यक्षतामा बसेको बैठकले असोज २३ गते देखी २८ गते सम्म कक्षा ११ को परिक्षा संचालन गर्ने निर्णय गरेको हो । बैठकमा नगर क्षेत्र भित्र कक्षा ११ संचालन गरीरहेका सामुदायिक तथा संस्थागत बिद्यालयहरुका प्रद्यानाध्यापक तथा शिक्षकहरुको सहभागिता रहेको थियो । बैठकले परिक्षा संचालन गर्नका लागि एक समिति समेत गठन गरेको छ । गोबिन्द भण्डारीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा खगेन्द्र लुइटेल, टेक नारायण शाह, भुपाल बस्नेत, सदस्य रहेका छ
विराटनगर । संघीय शिक्षा मन्त्रालयले सिकाई सहजीकरण निर्देशिका जारी गरेको छ । त्यसैलाई टेकेर धेरै विद्यालयले कक्षा तथा विद्यालय संचालनको तयारी गरेका छन । तर, गृहमन्त्रालयको अर्को निर्देशनले भने स्थानीय तह विद्यालय खोल्ने अवस्थामै पुग्न सकेका छैनन् । उदयपुरको त्रियुगा नगरपालिकाले लकडाउन र निषेधाज्ञा सहज भएपछि विद्यालय खोल्ने विषयमा तयारी थाल्यो । संघीय शिक्षा मन्त्रालयले जारी गरेको निर्देशनलाई टकेर भौतिक दूरी कायम गरी कक्षा चलाउने नगरपालिकाको तयारी थियो । तर, गृहमन्त्रालयले भने विद्यालय संचालन नगर्न खबरदारी गरेसंगै त्रियुगामा विद्यालय कसरी खोल्ने र कक्षा चलाउने भन्ने विषय छलफलमै सीमित बन्न पुगेक
धरान । वर्षेनी ट्यालेन्ट हन्ट कार्यक्रमको आयोजना गरी बास्केटबल खेलाडीहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्दै आएको धरान बास्केटबल संघले यस वर्षको ट्यालेन्ट हन्टाबाट २३ जनालाई छात्रवृत्ति प्रदान गरेको छ । बास्केटबल खेल सँगै शिक्षामा पनि खेलाडिहरुलाई अघि बढाउन संघले विगत १५ वर्ष देखि खेलाडीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । विगत १० वर्ष देखि ट्यालेन्ट हन्ट कार्यक्रम आयोजना गरी उत्कृष्ठ ठहरिएका खेलाडिहरुलाई छात्रवृत्ति प्रदान गर्न थालेको हो । यस वर्षको एक महिना भएको ट्यालेन्ट हन्टबाट धरानका विभिन्न कलेजहरुमा २३ जनालाई छात्रवृत्ति प्रदान गरिएको प्रदेश नम्बर १ का मुख्य बास्केटबल प्रशिक्षक विक
इलाम । इलामका स्थानीय तहले एक साता अघि विद्यालय खोल्ने निर्णय गर्यो । तर स्थानीय तहहरुले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको साता नवित्दै प्रशासन कार्यालयले विद्यालय सञ्चालन नगर्न निर्देशन जारी गरेको छ । स्थानीय तहको निर्णयपछि कतिपय विद्यालले पठन पाठन थालेका थिए । तर, जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अर्को निर्णय नभएसम्म विद्यालय नखोल्न भनेको छ । अर्को सूचना नआएसम्म शैक्षिक संस्थाहरु सञ्चालन नगर्नु भनेर सरकारले गरेको निर्णय अनुसार शैक्षिक संस्था खोल्न नपाउने प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाइले बताए । उनले भने ‘सरकारको निर्णय विपरित स्थानीय तहले काम गर्दा केही भए त्यसको जिम्