शहरभन्दा गाउँका विद्यालय खोल्न सहज

  • मंसिर १५, २०७७
  • कुमार लुइँटेल
alt फाइल तस्वीर गूगल

विराटनगर । झापाको कचनकवल देशकै होचे भू–भागमा अवस्थित गाउँपालिका हो । केहीअघि एकै पटक डेढसय भन्दा धेरै मानिसमा कोरोना संक्रमण देखियो ।

जनजीवन आतंकित जस्तै बन्यो । तर, अहिले कचनकवलको जनजीवन सामान्य बनिसकेको छ । संक्रमणको दर शुन्य जस्तै छ । अवस्था सामान्य हुँदै गएपछि कचनकवलमा जनजीविकाका सबै ‘इन्जिनहरु’ पूर्ववत रुपमा संचालन भईसकेका छन ।

अन्यत्र धेरैतिर विद्यालय संचालन मात्र तयारी भईरहंदा कचनकवलमा भने विद्यालय खुलिसकेका छन । गाउँपालिकाका अध्यक्ष अन्जरा आलम भन्छन, “गाउँमा इन्टरनेटको पहुँच छैन । हामीले त स्वास्थ्य सावधानी र सरकारले तोकेको मापदण्ड अपनाएर विद्यालय खोलिसक्यौं ।” कचनकवल गाउँपालिकाले विद्यालय जोरबिजोरदेखि टोल कक्षा समेत अपनाउँदै अहिले भौतिक उपस्थितिमै कक्षा संचालन गर्न सफल भएको अध्यक्ष आलम बताउँछन ।

सोलुखुम्बुमा केही विद्यालय विद्यार्थीको भौतिक उपस्थितिसहित संचालनमा आएका छन । केहीमा समूहगत रुपमा टोलमा भेला भई गृहकार्य गर्ने । कतिपयले भने अनलाइनकै भरमा पठन पाठन गरिहेका छन ।

सोलुदूधकुण्ड गाउँपालिकाका शिक्षा शाखाका प्रमुख मेघनाथ शर्मा भन्छन्, “जिल्लाको सदरमुकाम रहेको ठाउँमा बढी मानिसको आउजाउँ हुने भएकोले त्यहाँका विद्यालय विद्यार्थी शिक्षकको भौतिक उपस्थिति सहित संचालनमा आउन सकेका छैनन् ।” अहिले सम्बन्धित विद्यालयले प्रत्यक्ष वा के कसरी कक्षा गर्न सकिन्छ भन्ने विषयमा समेत छलफल गरिरहेको बताए ।

हिमाली जिल्ला ताप्लेजुङमा जेठ १९ गते किताब वितरण गरियो । विद्यालयले एप बनाएर शिक्षक विद्यार्थीलाई जोडे त्यसमा अनलाइन पढाउन सक्ने व्यस्था गरियो । तर, ‘डिस्टेन्स लर्निङ’मा विद्यार्थीको रुचि देखिएन ।

साउन ४ देखि भौतिक कक्षा शुरु भयो । स्वास्थ्य सावधानी अपनाएर जोरबिजोर प्रणालीमा पनि कक्षा चल्यो । भानुचन मावि ताप्लेजुङका प्रअ किशोर राई भन्छन्, “अब भौतिक उपस्थिति सहितको कक्षा संचालन हुन थालेको छ । हामी छेउछाउका कतिपय विद्यालयले संचालन गर्ने तयारी गरिरहेका छन ।”

पाँचथरका अभिभावक बुद्ध लिम्बू शुरुमा डराएको अवस्था रहेको र अहिले पनि विश्वलाई नै आतंकित बनाएको भन्दै विद्यालय पूर्ण रुपमा खोल्दा संक्रमण फैलन सक्ने त्रास रहेको बताउँछन् । उनले भने, “फिदिम माविमा धेरै विद्यार्थी छन । यस्तो अवस्थामा विद्यार्थी पठाउन सक्ने अवस्था छैन । एउटा विद्यार्थीबाट अर्को विद्यार्थीमा सरेमा के हुन्छ ? ठूलो संख्या छ । सहरी क्षेत्रमा इन्टरनेटबाट पठाउन सकिन्छ, औषधि र उपचारको वातावरण नहुन्जेल विद्यार्थी लगाउन हुन्न ।”

झापाको दमक नगरपालिकाले विद्यालयमा संभावित संक्रमणको जोखिमलाई हेरे एउटा कक्षा आईसोलेसन नै बनाउन निर्देशन दिएको छ । मास्क अनिवार्य र थर्मल गनले तापक्रम नाप्ने प्रबन्ध गर्न भनेको छ । नगरपालिकाकी उपमेयर गीता अधिकारी भन्छिन्, “संक्रमण बढेपछि बीचमा हामीले विद्यालय फेरि बन्द गर्न भनेका थियौं तर अब पढाई रोक्ने अवस्था छैन । विद्यालयले नै आईसोलेसन एउटा राख्ने गरी विद्यालयसंग दमक नगरपालिकाले कार्ययोजना मागेको छ । अब कक्षा संचालन गर्ने तयारी छ ।”

मोरङको ग्रामथान गाउँपालिकाको सरस्वती उच्च माविले तीन सिफ्टमा कक्षा संचालन गरिरहेको छ । एउटा कक्षामा २० जना विद्यार्थी मात्र राखिन्छ । गेटमै हात धुन लगाइन्छ । तापक्रम नापिन्छ । विद्यालय नर्सले स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिने कार्य गर्छन । प्रधानाध्यापक अशोक लुइँटेल भन्छन्, “अभिभावकले समेत कक्षा संचालन गर्न आग्रह गरेकोले हामी अब बिहान १० बजेदेखि ४ बजेसम्म फूल सिफ्टमा कक्षा चलाउने तयारीमा छौ ।”

झापाको धुलाबारी माविका शिक्षक लेखनाथ पराजुली नेपाल सरकारले जारी गरेको निर्देशनअनुसार ‘क्लासवाईज’ अभिभावक भेला गरेर जोरबिजोर प्रणालीमा कक्षा संचालन गर्ने तयारी रहेको सुनाए । भने, “कक्षा ८, ९ र १० का अभिभावकले विद्यार्थी ल्याउने लैजाने गर्ने तर विद्यालयमा पसेपछि विद्यालयको जिम्मेवारी हुनुपर्छ भन्ने हाम्रो निश्कर्ष छ ।” सबैमा इन्टरनेटको पहुँच नरहेकोले अब भौतिक उपस्थिति सहितको कक्षा संचालन गर्नुपर्ने अभिभावकको भनाई रहेको पराजुली बताउँछन ।

महेन्द्र मावि इटहरी प्रअ मेदनकुमार घिमिरले असोजभरि जम्मा कार्यक्षेत्रलाई तीन भागमा विभाजन गरी एक टोल एक दिन अर्को टोल अर्को दिन गरी कक्षा लगाएको बताए ।

“कात्तिक दशैंतिहार छुटी भयो, विद्यार्थी आएनन, शिक्षक अभिभावक संघ ७० जनाको भेला गरियो । एउटा विद्यार्थी दुई दिन आउन पाउँछन । दुई टोलमा विभाजन गरियो । अब विद्यार्थी तीन दिन आउने गरी व्यवस्था गरेका छौं, ४ सय विद्यार्थी छन । अभिभावकले पनि पढाई दिनु भनेका छन ।’ बुधबारबाट सबै विषय ३० मिनेटको घन्टी बनाएर पढाउने तयारी रहेको उनको भनाई छ । विद्यालयले धारा र शौचालयमा एक जनालाई मात्र जान दिने प्रबन्ध गरिएको घिमिरे बताउँछन ।

मोरङको बुढीगंगा गाउँपालिकामा अवस्थिति नरग्राम उमाविका प्रअ भीमबहादुर बस्नेतले विद्यालय संचालन गर्नको लागि वैकल्पिक सिकाई सहजीकरण, अनलाइन, टोल शिक्षा जस्ता नियमित काम संचालन भएको बताए ।

मंसिर ४ गते प्रअ बैठक बसेर गाउँपालिकाको बैठकमा विद्यालय भौतिक रुपमा संचालन गरौं भन्ने सुझाव आएको जानकारी दिंदै भने, “त्यसपछि सरकारको कार्यढांचाअनुसार पालिकाभरिका विद्यालय खुलेका छन । मंसिर ७ गतेदेखि भौतिक उपस्थितिमा कक्षा संचालन भएको छ । विद्यालयमा अनमीसमेत राखेर स्वास्थ्य जाँच गर्ने गरिरहेका छौं ।”

इटहरी उपमहानगरपालिकाकी शिक्षा शाखा प्रमुख अम्बिका कुमारी साहले नगरक्षेत्रमा अनलाइन पठन पाठन, रेडियो र टेलिभिजन कक्षापछि अब भौतिक उपस्थितिमै कक्षा चलाउने तयारी रहेको बताइन । भनिन्, “कार्ययोजना र तयारीको विषयमा विद्यालयसंग मागेर कक्षा चलाउने तयारी छ ।”

शिक्षा पत्रकार समूह १ नम्बर प्रदेशले सामुदायिक विद्यालय संचालनको तयारी र समस्याको विषयमा आईतबार आयोजना गरेको भर्चुअल छलफलमा १ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालयका निर्देशक राजेन्द्र बुढाथोकी विकल्प अपनाएर विद्यालय संचालन गर्न सकिने विषयमा प्रदेश सरकारले समेत सम्बन्धित पालिकाहरुसंग समन्वय गर्ने काम गरेको जानकारी दिएका छन । भने, “विद्यालय संचालन सम्बन्धी कार्यढांचाले प्रस्ट पारेको छ । स्थानीय तहले बनाउने हो । कार्यक्रम संचालन गर्ने तयारी छ । हेलो विद्यार्थी कार्यक्रममा प्रदेश सरकारले पनि केही निश्चित पालिकाहरुलाई सहयोग गरेको छ ।”

प्रदेश १ का हिमाली र पहाडी जिल्ला भन्दा तराईका झापा, मोरङ अनि सुनसरीमा अधिक कोरोना संक्रमण फैलिएको छ । ती जिल्लाका विद्यालय संचालन गर्ने विषयमा कतिपय पालिकाहरुमा अझै अन्योल छ । शैक्षिक सत्र नै सकिन लागेको अवस्थामा कतिपय पालिकाले कार्ययोजना समेत बनाउन सकेका छैनन् ।

 

विजयपुर अध्यात्मीक म ...

धरान/ सामाजिक संंस्कार भड्किलो बन्दै गएको महशुष गर ...

धरान किड्जीलाई अनुमत ...

धरान/  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

‘कुम्भ स्नान पछि पिण ...

धरान/  प्रत्येक १२ वर्षमा लाग्ने पुर्ण कुम्भ ...

धरानको कार्यपालिका ब ...

धरान /मेयर हर्कराज राईले एकलौटी गरेको निर्णयलाई का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved