प्रदेश १ मा विद्यालय खोल्न अझै अन्योल शिक्षा र गृह मन्त्रालयको अलग–अलग निर्देशनले स्थानीय तह हैरान

  • आश्विन १२, २०७७
  • कुमार लुइँटेल
alt फोटो : सामाजिक संजाल

विराटनगर । संघीय शिक्षा मन्त्रालयले सिकाई सहजीकरण निर्देशिका जारी गरेको छ । त्यसैलाई टेकेर धेरै विद्यालयले कक्षा तथा विद्यालय संचालनको तयारी गरेका छन । तर, गृहमन्त्रालयको अर्को निर्देशनले भने स्थानीय तह विद्यालय खोल्ने अवस्थामै पुग्न सकेका छैनन् ।

उदयपुरको त्रियुगा नगरपालिकाले लकडाउन र निषेधाज्ञा सहज भएपछि विद्यालय खोल्ने विषयमा तयारी थाल्यो । संघीय शिक्षा मन्त्रालयले जारी गरेको निर्देशनलाई टकेर भौतिक दूरी कायम गरी कक्षा चलाउने नगरपालिकाको तयारी थियो । तर, गृहमन्त्रालयले भने विद्यालय संचालन नगर्न खबरदारी गरेसंगै त्रियुगामा विद्यालय कसरी खोल्ने र कक्षा चलाउने भन्ने विषय छलफलमै सीमित बन्न पुगेको छ ।

नगरपालिकाकी उपप्रमुख देवीकुमारी चौधरीले शिक्षाबाट विद्यालय खोल्नुपर्छ भन्ने कुरा आउने गरेको तर गृहमन्त्रालयबाट सँगै खोल्नु हुँदैन भन्ने दबाब र निर्देशन पनि दिइने गरेको बताउँछिन । उनले भनिन्,“जिल्ला प्रशासनबाट समेत त्यसै हिसाबको निर्देशन आउने गरेको छ । बच्चाहरु अभिभावकको माझमा बस्न नसकेर बाहिरफेर डुल्ने र पढाई लेखाईमा बच्चाको मन जान सकेको छैन । अनलाइन कक्षा चलाउन कठिन देखिएको छ । शिक्षाबाट बन्चीत बनाएर राख्नु हुन्न । दूरी कायम गरेर भएपनि कक्षा संचालन गर्नुपर्छ ।”

झापाको धुलाबारी उच्च माध्यमिक विद्यालयका प्राचार्य महेन्द्र बिवलास लुइँटेल विद्यार्थीलाई एक महिनासम्म गृहकार्य दिने तर त्यसलाई परीक्षण गर्नेबाहेक विद्यालय नै चलाउन सक्ने अवस्था नरहेको बताउँछन । भन्छन्,“होमवर्क दिइएको छ । तर, नियमित पढाउन सक्ने अवस्था छैन । धेरै संख्या भएका विद्यालयलाई त ठूलो चुनौती छ ।”

प्रदेश १ का धेरै विद्यालय लकडाउन यता बन्द छन । निषेधाज्ञाको लामो श्रृंखलाको अन्त्य भएसंगै कतिपयले कक्षा संचालन गर्ने घोषणा गरेका छन । केहिले भौतिक दूरीसहित कक्षा संचालन गर्न थालेका छन । तर, धेरै विद्यालयका गेट अझै बन्द नै छन । कतिपय शिक्षकले घरघर पुगेर विद्यार्थीलाई गृहकार्य दिने कार्यक्रमसमेत संचालन गर्न थालेका छन । सहरी क्षेत्रका निजी विद्यालयले अनलाइन प्रविधि अपनाएर कक्षा संचालन गरेपनि सामुदायिक विद्यालय खुल्न सकेका छैनन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठन प्रदेश १ सचिव रघुनाथ मिश्रले कोभिडले शिक्षा क्षेत्र नराम्रोसंग प्रताडित भएको बताउँदै भने,“बस कुदे तर विद्यालय बन्द छन । शिक्षालाई अगाडि बढाउने सन्दर्भमा राज्यबाट ठोस कुरा आउनु पर्छ । सिकाई सहजीकरण निर्देशिका आयो केही विद्यालय खुले तर सरकारकै अर्को निकायले फरक निर्देशन दिन्छ ।” उनले इलामको चुलाचुली गाउँपालिकामा कोरोना संक्रमण नै नरहेकोले हिजोबाट विद्यालय खोलेको र आलोपालो गरेर विस्तारै खोल्नु पर्ने र राज्यको निर्देशनमा एकरुपता हुनुपर्ने बताए ।

ताप्लेजुङको फुङलिङ नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराईले अहिले विद्यालय संचालनको समस्या र सम्भावना ताप्लेजुङमा विद्यालयको खोल्न वातावरण बनाउने कोसिस गरिरहेको बताए । “बजार क्षेत्रमा पनि विद्यालय संचालनमा आएका छन । शिक्षा समितिको बैठक बसेर सबैवडाका वडाध्यक्षसंग छलफलपछि विद्यालय खोलियो तर विद्यालयबाट विद्यार्थी टाढा गएका छन उनीहरुलाई पुनः जोड्न कठिन हुन थालेको छ,”उनले भने,“वातावरण बनाई रहेका छौं । उच्च जोखिम, न्यून जोखिम र सामान्य जोखिम छुट्याएर विद्यालय संचालनमा ल्याउनु पर्छ भन्ने नै हो । पीसीआर रिर्पोट लिएर टाढाबाट आउने शिक्षकलाई मात्र पढाउन दिइने नीति नगरपालिकाको छ ।”

दमक नपा उपप्रमुख गीता अधिकारीले दमक नपाले विद्यालयमा कक्षा संचालन गर्न सूचना जारी गरिसकेको जानकारी दिइन । असोज १ बाट कक्षा संचालन गर्ने विषयमा नगरपालिकाले पहल थालेको थियो । भनिन्,“अन्तरक्रिया गरेरै गरेको हो । अवसरको रुपमा प्रयोग गर्न खोजिएको छ । जुममा पनि कक्षा चलाउने प्रयास गरिएको छ । शिक्षक विद्यार्थीलाई पनि त्यसमा जोडिएको छ । सामुदायिक विद्यालयका अभिभावकले पनि यसलाई अवसरको रुपमा लिएका छन ।” उनले अनलाइन कक्षा संचालनको सम्भावना हेरेर आफ्ना विद्यार्थी को को हुन भनेर सूचीकृत गर्न विद्याललाई निर्देशन दिइएको बताइन ।

दमक नपाले टोलटोलमा जाने, एक एक दिनमा एक कक्षा चलाउने, अभिभावकको संरक्षकत्वमा अगाडि बढ्न विद्यालयलाई उपाय सुझाएको छ । अधिकारीले एक वर्षभित्रमा स्वास्थ्यको सबै मापदण्ड अपनाएर स्थानीय तह के हो भन्ने विद्यार्थीलार्य बुझाउने पनि प्रयास हुने सुनाइन ।

नेपाल शिक्षक संघ प्रदेश १ का अध्यक्ष तेजप्रसाद चौलागाईं सुविधा सम्पन्न सहरका विद्यालय र गाउँका विद्यालय फरक दृश्य देखिएको बताउँछन । “ गाउँका धेरै विद्यार्थी त्यसै बराला भएका छन भने एकखाले विद्यार्थी ल्यापटक र मोबाइलमा पढाईलाई निरन्तरता दिइएको छ,” उनले भने,“नानीहरुका लागि बाध्यताका लागि भएपनि पढाउनै पर्ने अवस्था छ । वैकल्पिक शिक्षा सरकारी तवरबाट ल्याउने काम शुरु भएको छ । खाली समस्या कार्यान्वयनमा छ ।”

कोरोना महामारीबीच गाडी, जन्ती, मलामी सबैतिर मानिसहरु आउजाउ गर्न खुला भएको अवस्थामा विद्यालय लगाउँदै कोरोना लागि हाल्छ र सबै बिग्रन्छ भन्ने सोचाई गलत भएको बताए । उनले भने,“संघीय शिक्षा मन्त्रालयले सिकाई सहजीकरण गरेर अघि बढ भनेर निर्देशन आउँछ तर गृहमन्त्रालयबाट खबरदार विद्यालय लगाउलास भन्छ । निर्देशनको पनि एकद्वार प्रणाली हुनुपर्छ । विद्यार्थीको चापलाई हेरेर क्रमशः विद्यालय खोल्दै जानुपर्छ । वैकल्पिक उपायको लागि कम्तिका सरकारले इन्टरनेट डाटा फ्री गरिदिनु पर्छ ।”

भोजपुर उपप्रमुख ममिता राईले भौतिक दुरी कायम गराएर विद्यालय संचालन गर्ने तयारी रहेको तर लकडाउन खुलेर आवतजावत सहज भएको तर विद्यालय खोल्न नसकिएको बताउँदै भनिन्,“शिक्षकहरुलाई पीसीआर नेगेटिभ रिर्पोट लिएर आएपछि विद्यालय खोल्ने तयारी छ ।”

शिक्षक सन्तोष पोखरेलले पालिकाले आफ्नै निर्देशिका जारी गरेपनि काम हुन नसकेको बताउँदै भने,“क्वारेन्टिन राखेका विद्यालयको पूर्वाधार सुधार कसरी गर्ने । पूर्ववत अवस्थामा फर्काउने भन्ने चुनौती पनि छन ।”

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले ठाउँ र विद्यालय पिच्छेको अवस्था फरक हुने भएकोले सोहीअनुरुप कक्षा चलाउने योजना बनाउनु पर्ने बताए । भने,“एउटै सूत्रमा यसी विद्यालय संचालन गर्नुस भनेर निर्देशन दिन सकिदैन । स्थानीय आवश्यकता र अवस्था हेरेर पालिकाले अवस्था हेरी संचालन गर्न सकिन्छ । व्यवहारिक र वस्तुवादी रुपमा मात्र कक्षा चलाउन सक्ने अवस्था छ ।”

मन्त्री घिमिरेले कोरोना हिजो समान्य अवस्था थियो तर अहिले सबै जनजीवन सामान्य हुँदै जाँदा संक्रमित बढन् थालेको तर बताए । “हामी अब सबै कुरा सामान्य बनाउने भन्दै छौ । शिक्षालयबाहेक सबै क्रियाकलाप खुलिसको छ तर कोरोनाको अनुपात दिन दुई गुणा रात चौगुना बढ्दैछ,” मन्त्री घिमिरेले भने,“खुला बोर्डर छ । भारतमा पूर्ण नियन्त्रण नहुन्जेल हामी जोखिममा रहिरहन्छौ । हामीले जोरबिजोर र स्थानीय अवस्था हेरेर विद्यालय खोल्ने वातावरण बनाउनु पर्छ ।” शिक्षा पत्रकार समूह प्रदेश १ ले विद्यालय संचालनको अभ्यास र संभावनाको विषयमा सोमबार आयोजना गरेको भर्चुअल अन्तरसंवादमा मन्त्री घिमिरेले स्थानीय तहले गर्ने निर्णयमा प्रदेश सरकारको सहयोग रहने प्रतिबद्धता जनाए ।

 

 

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved