ट्यालेन्ट हन्टबाट २३ जना बास्केटबल खेलाडीलाई शैक्षिक छात्रवृत्ति

  • आश्विन ११, २०७७
  • कोशीपत्र/संवाददाता
alt

धरान । वर्षेनी ट्यालेन्ट हन्ट कार्यक्रमको आयोजना गरी बास्केटबल खेलाडीहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्दै आएको धरान बास्केटबल संघले यस वर्षको ट्यालेन्ट हन्टाबाट २३ जनालाई छात्रवृत्ति प्रदान गरेको छ ।

बास्केटबल खेल सँगै शिक्षामा पनि खेलाडिहरुलाई अघि बढाउन संघले विगत १५ वर्ष देखि खेलाडीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । विगत १० वर्ष देखि ट्यालेन्ट हन्ट कार्यक्रम आयोजना गरी उत्कृष्ठ ठहरिएका खेलाडिहरुलाई छात्रवृत्ति प्रदान गर्न थालेको हो । यस वर्षको एक महिना भएको ट्यालेन्ट हन्टबाट धरानका विभिन्न कलेजहरुमा २३ जनालाई छात्रवृत्ति प्रदान गरिएको प्रदेश नम्बर १ का मुख्य बास्केटबल प्रशिक्षक विकाश चाम्लिङ राईले बताए । उनका अनुसार धरान स्थित डिपोट कलेजमा १५ जना र एम्स कलेजमा ७ लाई छात्रवृत्तिका लागि सम्झौता भइसकेको छ भने १ जना अन्य विद्यालयमा छात्रवृत्ति दिने तयारीमा रहेको छ ।

संघले यस वर्षको पाचौं बास्केटबल ट्यालेन्ट हन्टबाट खेलाडिहरुलाई छात्रवृत्ति प्रदान गरेको हो । सम्झौता पत्रमा उल्लेख गरिए डिपोटले ५ जनालाई ७५ प्रतिशत र १० जनालाई ५० प्रतिशत छात्रावृत्ति प्रदान गरेको छ भने एम्सले ७ जनालाई ६० प्रतिशत छात्रवृत्ति प्रदान गरेको छ । डिपोटले विगत १५ वर्ष देखि बास्केटबल खेलाडीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ भने एम्सले विगत ३ वर्ष देखि छात्रवृत्ति दिदै आएको छ ।

विगत १० वर्ष देखि ट्यालेन्ट हन्ट कार्यक्रम गर्दै आए पनि विभिन्न कारणले निरन्तर दिन नसक्दा ५ पटक सम्म मात्रै ट्यालेन्ट हन्ट गर्न सकिएको उनले बताए । यस वर्ष पनि धरान बास्केटबल संघको आयोजनामा धरान उपमहानगरपालिकाको संयोजनमा र जिल्ला बास्केटबल संघको प्राविधिक सहयोगमा हन्टको आयोजना गरिएको हो । हन्टमा धरानका विभिन्न विद्यालयमा अध्ययरत करिब १ सय जना खेलाडिहरु सहभागि रहेका थिए । उनीहरुलाई प्रदेशका मुख्य प्रशिक्षक विकाश चाम्लिङ राई सहित हेमन्त राई, नविन राई, युगल लिम्वु, विराज लिम्वु, रन्जित लिम्वु, र सृजन आचार्यले प्रशिक्षण दिइएको थिए ।

विद्यार्थीहरुलाई खेल सँगै पढाईमा पनि जिम्मेवार बनाउन संघ, विद्यालय, विद्यार्थी र अभिभावकहरुले सम्झौता पत्रमा हस्ताक्षर गर्ने गरेका छन् । जसले गर्दा विद्यार्थीहरुको अध्ययनमा चारै पक्षलाई जिम्मेवार बनाउने राईले बताए ।

सम्झौता अनुसार छात्रवृती पाएका खेलाडीहरूले आफ्नो पहिलो प्राथमिकता अनुशासन र पढाइ हुनुपर्ने कबुलियतनामामा उल्लेख छ । छात्रवृत्ति पाएका विद्यार्थीहरुले नियमित रूपमा विद्यालयको तालिका अनुसार हाजिर भइ अध्ययन गर्नु पर्ने, सम्पूर्ण परीक्षामा सहभागी भइ उर्तिण हुन पर्ने, संघ र विद्यालयको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागिता हुन पर्ने लगायत कवुलियतनामामा उल्लेख छन । कवुलियतनामा अनुसार खेलाडिले पालना नगरेमा सम्झौता स्वतः खारेज हुनेछ ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved