धरानका मेयर र उपमेयरद्वारा कक्षा १२ को परिक्षा अनुगमन

  • मंसिर ११, २०७७
  • कोशीपत्र/संवाददाता
alt

धरान । देशभर कक्षा १२ को परिक्षा गत मङ्गलबारबाट सञ्चालन भएको छ । धरान उपमहानगरले आज विहान (विहीबार) परिक्षाको तेस्रो दिन संयुक्त रुपमा धरानका विभिन्न स्कुलमा गई कक्षा १२ को परिक्षा अनुगमन गरेका छन् ।

कोभिड–१९ को जोखिमप्रति सजग हुँदै जनस्वास्थ्यका मापदण्ड पालना गरी ४० नम्बरका लागि लिइएको सो परीक्षाको अनुगमन गर्न मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदी, शिक्षा शाखा अधिकृत रामचन्द्र कार्की र प्रशासकिय प्रमुख विदुर प्रसाद खनाल परिक्षाको संयुक्त रुपमा अनुगमन गर्न पुगेका हुन् ।

मेयर र उपमेयरसहितको टोलिले धरानका पब्लिक उच्च माध्यमिक विद्यालय, युएन कलेज र नवोदय माध्यमिक विद्यालयमा पुगेर परिक्षा अनुगमन गरिएको जनाएको छ ।

मेयर तिलक राईले कक्षा १२ को परीक्षा सन्तोषजनक र व्यवस्थित ढंगबाट सञ्चालन भईरहेको जानकारी दिए । मेयर राईका अनुसार अनुगमन गरिएको विद्यालयमा परिक्षार्थी र शिक्षकले स्वास्थ्य मापदण्डको पालना गरेको पाईएको थियो । अनुगमनका क्रममा निजि विद्यालयमा स्वास्थ्य फोकल पर्शन राखिएको भेटिएको बताउँदै मेयर राईले सामुदायिक विद्यालयमा पनि स्वास्थ्य फोकल पर्शन (स्टाफ नर्श) राख्न आवश्यक रहेको बताए । अब धरानमा स्वास्थ्य प्रोटोकलको पालना गरि विद्यालयहरु खुलाउने तयारी भईरहेको पनि मेयर राईले बताए ।

उपमेयर मञ्जु भण्डारी सुवेदीले अनुमगन गरिएको विद्यालयहरुमा मर्यादित र व्यवस्थित तरिकाले परिक्षा सञ्चालन भईरहेको पाइएको बताईन् । परीक्षाको चुस्त व्यवस्थापनबाट सञ्चालन भईरहेको प्रति आफू सन्तुष्ट रहेको उनले सुनाईन् ।

धरान १२ स्थित रहेको पब्लिक उच्च माध्यमिक विद्यालयका प्रध्यानध्यापक ईन्द्र मोहन झाले परिक्षा अत्यन्तै मर्यादित ढंगबाट सञ्चालन भईरहेको बताउँदै अब चाडै नै विद्यालयहरु खुलाउनुपर्ने बताए ।

लामो समय बन्दाबन्दी भएको कारण विद्यार्थीहरुको भविष्य नै डामाडोल हुने स्थितिमा पुगेको उनले बताए । प्रत्येक विद्यालयमा हेल्थ डेस्कको व्यवस्था गरी फोकल पर्शनको रुपमा एक जना स्टाफ नर्श राखि विद्यालय सञ्चालन हुनुपर्ने बताए । गत वैशाख ८ गतेका लागि तोकिएको परीक्षा कोभिड–१९ र बन्दाबन्दीका कारण स्थगन भएको थियो ।

धरान उपमहागरका शिक्षा तथा खेलकुद शाखाका अधिकृत रामचन्द्र कार्कीले शिक्षा मन्त्रालयबाट नै विद्यालय खुला गर्न निर्देशन आएको बताउँदै विद्यालयका प्रध्यानाध्यापक र अभिभावकहरुसँग समन्वय गरेर विद्यालयहरु खुलाउने तयारी भईरहेको जानकारी दिए । उनका अनुसार सबैको मनसाय नै विद्यालय खुलाउनुपर्नेछ ।

यस विषयमा शिक्षक र अभिभावकहरु पनि सकरात्मक रहेको उनले सुनाए । ‘विद्यालयहरु खुल्छ, केही दिन अघिमात्र यस विषयमा विद्यालयका प्रध्यानाध्यापक र अभिभावकहरुसंग धरान उपमहानगरको बैठक भएको थियो, आज विद्यालयका प्रध्यानाध्यापकहरुले मेयरलाई सुझाव प्रतिवेदन बुझाउँदैछ’ उनले भने ।

वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका माईक्रोबायोलोजि विभागका एडिसनल प्रोफेसर डा. नारायणराज भट्टराईले यस्तो विषम परिस्थितिमा विद्यालय खुलाउन उचित नहुने बताएका छन् ।

बालबालिकाहरुमा मास्क लगाउने बानि नभएको बताउँदै उनले भने, ‘घरबाट अभिभावकहरुले बालबालिकालाई मास्क लगाएर विद्यालय पठाएका हुन्छन्, घर फर्किन्दा मास्क हुँदैन, विद्यालयमा धेरै खाल्को विद्यार्थी हुन्छन्, जसले गर्दा बालबालिका मात्र नभई अभिभावकमा समेत संक्रमण सर्न सक्छ ।’

जाडो मौसम सुरुभएसँगै बालबालिका झन् संक्रमण खतरा हुन सक्ने उनको भनाई छ । अहिलेको अवस्थामा अनलाईन माध्यमबाट नै अध्ययन गराउन ठिक रहेको उनले बताए ।

127176430_137946974413493_3510628988392924118_n 127033741_442441980476121_7638626470590420978_n

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved