शिक्षा

    Showing 151-160 of 1,824 items.
  • अब घरबाटै गुनासो राख्न मिल्ने: धरानको बीपी प्रतिष्ठानमा डिजिटल सेवा सुरु

    धरान/  वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित सुझाव तथा गुनासो दर्ताका लागि अनलाइन प्रणाली सञ्चालनमा ल्याएको छ। अब प्रतिष्ठानमा उपचारका लागि आउने सर्वसाधारणदेखि लिएर संस्थाभित्र कार्यरत शिक्षक, कर्मचारी तथा विद्यार्थीले समेत घरमै बसेर मोबाइल वा कम्प्युटरमार्फत सजिलै आफ्ना सुझाव तथा गुनासो राख्न सक्ने भएका छन्। यसअघि सुझाव तथा गुनासो राख्नका लागि उपकुलपति कार्यालय परिसरमा रहेको योजना तथा अनुगमन महाशाखामा लिखित निवेदन दिनुपर्ने वा हरेक आइतबार दिउँसो ४ देखि ५ बजेसम्म प्रत्यक्ष रूपमा समितिसँग भेटघाट गर्नुपर्ने

    • प्रकाशित मितिः चैत १०, २०८२
    • 360 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  •   मोडर्न प्रिपेरेटरी स्कुलद्वारा इटहरीमा निःशुल्क स्वास्थ्य शिविर हुने

    इटहरी/ सुनसरीको इटहरी–६ स्थित मोडर्न प्रिपेरेटरी सेकण्डरी बोर्डिङ स्कुलले विद्यार्थी तथा अभिभावकको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। विद्यालयले आगामी चैत १३ गते, शुक्रबार बिहान १० बजेबाट विद्यालय परिसरमै एकदिने स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको जनाएको छ। शिविरमा Birat Medical College Teaching Hospitalका अनुभवी चिकित्सकहरूको टोलीले सेवा प्रदान गर्नेछ। शिविरमार्फत सहभागीहरूले सामान्य स्वास्थ्य परीक्षण, आँखाको जाँच, रक्तचाप तथा सुगर परीक्षणसँगै आवश्यक स्वास्थ्य परामर्श समेत पाउनेछन्। विद्यालयले “लक्षण देखिन अघि नै जाँच गरौं, स्व

    • प्रकाशित मितिः चैत १०, २०८२
    • 367 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मितेरी डेभलपमेन्ट बैंकको वित्तीय साक्षरता अभियान, ५ सयभन्दा बढी लाभान्वित

    धरान/  “स्मार्ट मनी टक” भन्ने नारासहित ग्लोबल मनी विक २०२६ को अवसरमा मितेरी डेभलपमेन्ट बैंक लिमिटेड ले देशका विभिन्न स्थानमा साता व्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। चैत्र २ गतेदेखि ८ गतेसम्म सञ्चालन गरिएको उक्त अभियानले विद्यार्थी, युवा र समुदायलाई लक्षित गर्दै व्यापक प्रभाव पारेको बैंकले जनाएको छ।बैंकले आफ्ना शाखा कार्यालयमार्फत धरान, तरहरा, चतरा, कालाबन्जर, अमरदह, उर्लाबारी तथा शनिश्चरे लगायतका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै वित्तीय ज्ञानको पहुँच विस्तार गरेको हो। अभियान अन्तर्गत ५ सयभन्दा बढी विद्यार्थी, शिक्षक तथा युवा प्रत्यक्ष लाभान्वित भएका छन्

    • प्रकाशित मितिः चैत ९, २०८२
    • 898 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीमा ‘कोशी मिडिया समिट’ सम्पन्न, १४ बुँदे घोषणापत्र सार्वजनिक

    सुनसरी/ इटहरीमा आयोजित ‘कोशी मिडिया समिट’ १४ बुँदे महत्वपूर्ण घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। डिजिटल पत्रिका प्रदेश खबर डटकमको आयोजनामा सम्पन्न समिटमा कोशी प्रदेशभरका पत्रकार, सञ्चार उद्यमी र विज्ञापन क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। नेपाल पत्रकार महासंघ कोशी प्रदेशको सहकार्य र नेपाल पत्रकार महासंघ सुनसरीको समन्वयमा सम्पन्न समिटले पत्रकारिता, विज्ञापन बजार र सञ्चार उद्योगका चुनौती र समाधानबारे गहन छलफल गर्दै निष्कर्षस्वरूप घोषणापत्र सार्वजनिक गरेको हो। आयोजकका तर्फबाट प्रधानसम्पादक पवन अधिकारीले मिडिया क्षेत्रका विविध विषयमा सरोकारवालाबीच भएको अन

    • प्रकाशित मितिः चैत ८, २०८२
    • 206 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पानबारीको रायचौरीमा जन सहभागिताबाट कल्भर्ट निर्माण

    पानबारी/ धरान–६ पानबारीको रायचौरी जंगल बस्तीमा स्थानीयवासीले फेरि एकपटक उदाहरणीय काम थालेका छन्। आवतजावतमा वर्षौंदेखि समस्या झेल्दै आएका बासिन्दाले अब कसैको मुख नताकी आफ्नै पहलमा कल्भर्ट निर्माण सुरु गरेका हुन्। रायचौरी खेलमैदानदेखि पूर्वतर्फ जाने ग्राभेल सडकका तीन स्थानमा जनसहभागितामार्फत धमाधम कल्भर्ट निर्माण भइरहेको सगरमाथा टोल विकास संस्थाका उपेन्द्र पौडेलले जानकारी दिए। उनका अनुसार वर्षायाममा कुलोमा पानी बग्दा बाटो नै अवरुद्ध हुने समस्या समाधान गर्न यो अभियान थालिएको हो। “पहिले काठको कल्भर्ट बनाइएको थियो, तर समयसँगै बिग्रियो। त्यसैले अहिले सबै मिलेर सिमेन्टको दिगो कल्भ

    • प्रकाशित मितिः चैत ८, २०८२
    • 1,000 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सिलाम साक्मा बाल विकास केन्द्रमा शैक्षिक सामग्री वितरण

    धरान/ धरान उपमहानगरपालिका–१५ का वडाध्यक्ष नरेश इवारमले सामुदायिक बाल विकास केन्द्रहरू बालबालिकाको भविष्य निर्माणको महत्वपूर्ण आधार भएको बताएका छन्। उनले सिलाम साक्मा नमुना बाल विकास केन्द्रमा आयोजित खेलकुद तथा शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्। उनले केन्द्रमा क–ख–ग वा ए–बी–सी–डी सिकाउने मात्र नभई बालबालिकालाई सभ्य व्यवहार, सकारात्मक सोच र राम्रो वातावरणमा हुर्काउने उद्देश्य रहेको स्पष्ट पारे। “बालबालिकाको प्रारम्भिक शिक्षा नै भविष्यको जग हो,” उनले भने। सिलाम साक्मा बाल विकास केन्द्रमा हाल २६ जना बालबालिका अध्

    • प्रकाशित मितिः चैत ६, २०८२
    • 354 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ‘एसईई आइडल–६’ को तयारी सुरु, निःशुल्क फारम वितरण

    पानबारी/ “शिक्षाका लागि सङ्गीत” भन्ने मूल नारासहित प्रतिभा खोजी अभियानका रूपमा सञ्चालन हुँदै आएको एसईई आइडल–६ को तयारी धरानमा सुरु भएको छ। सन् २०१९ देखि निरन्तर आयोजना हुँदै आएको यस प्रतियोगिताको छैटौं संस्करणको पहिलो खुल्ला अडिसन आगामी २०८३ साल वैशाख ५ गते (शनिबार) हुने आयोजकले जनाएको छ। एफ.टि.एल. अनलाइन टिभी फक्ताङ्लुङ खबर को आयोजनामा प्रत्येक वर्षझैं यस वर्ष पनि धरानमै कार्यक्रम सञ्चालन हुने भएको हो। एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको यो प्रतियोगिता प्रदेशस्तरीय हो। प्रतियोगितामा खुल्ला गायन, नृत्य र वक्तृत्वक

    • प्रकाशित मितिः चैत ४, २०८२
    • 561 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रमा महुलि लघुवितद्बारा बिद्यार्थीलाई बित्तीय साक्षरता कार्यक्रम

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा महुली लघुवित वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बाङ्गे बजार सुनसरीले बिद्यार्थीहरुलाई एक दिवसिय वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम आयोजना गरेको छ । मङलवार महुली लघुवित वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बाङ्गे बजार सुनसरीले वराहक्षेत्र नगरपालिका वडा नं ७ तित्रिगाछिमा रहेको महेन्द्र माध्यमिक बिद्यालयमा कक्षा ११ मा अध्यनरत बिद्यार्थीहरुलाई उक्त बित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो । बिद्यार्थीहरुलाई वित्तीय संस्था, वित्तीय क्रियाकलापहरूको बारेमा ज्ञान प्रदान , वित्तीय निर्णयहरु साथै व्यक्तिहरूले बैंकमा बचत खाता खोल्न, बचत गर्

    • प्रकाशित मितिः चैत ३, २०८२
    • 208 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मुनबिम एकेडेमीको २१ औ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रुपमा सम्पन्न

    धरान/सुनसरीको बराहक्षेत्र ५ मा रहेको मुनबिम एकेडेमीले विद्यालयको २१ औ वार्षिकोत्सव तथा अभिभावको दिवस भव्य रुपमा सम्पन्न गरेको छ।विद्यालयले दुई दिन अभिभावक दिवस मनाएको छ।  दोस्रो दिन विद्यालयका फाउण्डर तथा शिक्षक यज्ञ बहादुर सुब्वाको सभाध्यक्षता र प्याब्सन बराहक्षेत्रका अध्यक्ष खेमराज राईको प्रमुख आतिथ्यमा कार्यक्रम राखिएको थियो। कार्यक्रमका प्रमुख अतिथि खेमराज राईले विद्यार्थीले तयार पारेको रोबटिकद्वारा कार्यक्रमको उदघाटन गरेका थिए। दोस्रो दिनको कार्यक्रम कक्षा ४देखि कक्षा १० सम्मको कार्यक्रम राखिएको विद्यालयका सहायक प्रिन्सिपल विदुर चौलागाईले बताए। कार्यक्रममा विद्यार्थीहरुले राष्ट्र

    • प्रकाशित मितिः चैत १, २०८२
    • 398 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिद्यार्थीहरुद्बारा बलात्*कार र हत्याको दोषीलाई कडा कारवाहीको माग गर्दै वराहक्षेत्र विरोध प्रदर्शन

    वराहक्षेत्र/ सप्तकोशी बहुमुखी क्याम्पसका बिद्यार्थीहरुले सुर्खेतमा बालिका इनिशा बिकको बलात्कारपछि हत्या भएको जघन्य घटनामा संलग्न दोषीहरूलाई कानुनको दायरामा ल्याई कडा कारवाहीको माग गर्दै आईतवार वराहक्षेत्रको चक्रघट्टीमा विरोध प्रदर्शन गरेका छन् । ‘बलात्कार र हत्याका विरुद्ध हाम्रो आवाज’ मूल नारा सहित सडकमा उत्रिएका प्रदर्शनकारी विद्यार्थीहरूले दोषीलाई कडाभन्दा कडा कारबाही गर्न र पीडितलाई न्याय दिलाउन माग गरेका थिए । प्रदर्शनका क्रममा सहभागीहरूले इनिशा बिकको बलात्कारपछि हत्या भएको जघन्य घटनामा संलग्न दोषीहरूलाई कानुनको दायरामा ल्याई कडा कारवाहीको माग गर्दै नाराबाजि समेत गरेका

    • प्रकाशित मितिः चैत १, २०८२
    • 287 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved