धरान । उच्च अदालतमा पुगेको धरान स्थित महेन्द्र बहुमुखी क्याम्पसको जग्गा बचाउन बलियो कानुनी प्रतिरक्षा गर्न जनप्रतिनिधिहरुले पहल गर्ने प्रतिवद्धता जनाएका छन् । क्याम्पसको जग्गा बचाउन पुर्व क्याम्पस प्रमुख कुमार बहादुर कार्कीको संयोजकत्वमा समितीनै गठन गरेर अभियान संचालन गर्दै आएको छ । समितीको सल्लाहाकारका रुपमा रहेका प्रदेश संसद, संघीय संसद र धरान उपमहानगरपालिकाका मेयर र उपमेयर सँग बुधबार गरेको छलफलमा सबैले आ–आफ्नो ठाउँबाट जग्गा जोगाउन पहल गर्ने निर्णय गरेको क्याम्पसका प्रमुख दामोदर भण्डारीले बताए । उनका अनुसार धरान उपमहानगरपालिकामा बसेको बैठकमा जनप्रतिनिधिहरुले आ–आफ्नो ठाउँबाट
धरान । प्राइम भिजन इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट धरान १० ले खेल सप्ताहको शुभारम्भ गरेको छ । महाशिवरात्री पर्वको अवसरमा पाँच किलो मिटर दौड आयोजना गर्दै प्राइम भिजन स्पोर्ट्स विकको समुद्घाटन गरेको हो । समुद्घाटनमा आयोजित पीभीआइएचेम फाइभ के रनमा कक्षा १२ का वाणिज्य सङ्कायका विद्यार्थी रोशन लावती विजयी भएका छन् । उनले १९ मिनेट ५७ सेकेन्डमा दौड पूरा गरेका थिए । उपविजेता एडिएचएमका विद्यार्थी रोनिश श्रेष्ठले २२ मिनेट २८ सेकेन्डमा दौड पूरा गरे । तेस्रो स्थानमा प्रकाश दुमी राई आए । छात्रातर्फ कक्षा १२ वाणिज्य सङ्कायकि हेन्खाम राई विजयी बनिन् । उनले ३७ मिनेट ५२ सेकेन्डमा दौड पूरा गरिन् । उपविजेता
धरान । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सुनसरीका ६७ विद्यालय छानिएका छन् । आर्थिक वर्ष २०७८÷७९ मा कार्यक्रम अन्तर्गत कक्षा कोठा निर्माण, सूचना प्रविधि (आइसिटी) कक्षा सञ्चालन र प्रयोगशाला स्थापनाका लागि जिल्लाका १२ पालिकाबाट ६७ विद्यालय छनोटमा परेका हुन् । छनौटमा परेका विद्यालयहरुमा २१ वटा विद्यालयमा ४ कोठे भवन, २७ विद्यालयमा आइसीटि कक्षा सञ्चालन, ३ वटा विद्यालयमा ल्याब स्थापना, १६ वटा विद्यालयहरुमा दुई कोठे भवन निर्माणका लागि कुल १२ करोड ४९ लाख ५० हजार रुपैया बजेट विनियोजन भएका छन् । आइसिटी कक्षा सञ्चालनार्थ प्रतिविद्यालय छ लाख ५० हजार रुपैया, ल्याबका लागि प्रति विद्यालय १
धरान । प्रदेश १ मा स्थापना भएको देशको पहिलो प्राबिधिक विश्वविद्यालयले आगामी बैसाखदेखी ईन्जिनियरिङ बिषयमा स्नातक तहको पढाई सुरु गर्ने भएको छ । मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा रहेको देशकै पहिलो मनमोहन प्राबिधिक विश्वविद्यालय (एमटीयू) ले २०७९ बैसाखदेखी ईन्जिनियरिङतर्फ रेल्बे , रोपवे (केवलकार) पानी जहाज र लजिष्टिक लगायत बिषयमा स्नातक तहको पहिलो ब्याचको पढाई सुरु गर्ने भएको हो । बैसाखदेखी स्नातक तहको बिईइन सिभिल ईन्जिनियरिङ र बिईइन ईलेक्ट्रिकल एण्ड ईलेक्ट्रोनिक्स ईन्जिनियरिङ पहिलो शैक्षिक सत्रको कक्षा सुरु गर्नेगरि भर्नाका लागि आबेदन खुला गरेको प्राबिधिक विश्वविद्यालयका उपकुलपति डा सुभा
धरान । कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमणका बाबजदु पनि एसइईको परीक्षा वैशाखमा गरिने निर्णय गरिएका छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि सञ्चालन गरिने निर्णय गरेको छ । बोर्डका अनुसार परीक्षा वैशाख ९ देखि २० सम्म परीक्षा सञ्चालन गरिने भएको छ । कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले एक महिना ढिलो गरी परीक्षा तालिका तय गरेको हो । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन तय गरेकाले त्यसअघि नै परीक्षा गरिसक्न वैशाख ९ तोकिएको बोर्डले जनाएको छ ।
धरान । त्रिभुनव विश्वविद्यालयद्वारा सञ्चालित बिएचएमको चौथो सेमेष्टरको नतिजामा धरान–१६ स्थित युएन, नवोदय कलेजमा अध्ययनरत छात्रा प्रिजा डाँगी यसपटक पनि ‘धरान टपर’ र प्रदेश १ टपर बन्न सफल भएकी छिन् । चौथो सेमेष्टर अन्तर्गत फाइनलको नतिजामा प्रिजाले ३ दशमलव ८३ जिपिए प्राप्त गरेकी छिन् । क्याम्पस प्रमुख तुम्बाबोका अनुसार यो नतिजा प्रदेश १ मै उत्कृष्ट हो । त्रिविले कलेजका लागि ३३ जनाको लागि कोटा निर्धारण गरेको छ । ३३ जना विद्यार्थीले नै उत्कृष्ट नतिजा ल्याएको उनले जानकारी दिए । कलेजका अध्यक्ष ज्ञानेश्वर झाले भने, ‘अन्यको पनि नतिजा उत्कृष्ट छ, समग्र विद्यार्थी अनुपातमा धेरै वि
धरान । रंगेली नगरपालिकाले छात्राहरुलाई साईकल बितरण गरेको छ । नगरले संस्थागत तथा सामुदायिक विद्यालयबाट २०७७ सालमा एसइई उत्तीर्ण गर्ने छात्राहरूलाई साईकल वितरण गरेको हो । नगरभित्र रहेका सामुदायिक तर्फका १२ वटा माध्यमिक बिद्यालयका २ सय ९६ छात्रा र संस्थागत तर्फका ८ वटा विद्यालयका १ सय ५ जना छात्राहरुलाई साईकल बितरण गरेको छ । नगरले गत बर्षको बार्षिक बजेटबाट साईकल खरिद गर्ने निर्णय गरेपछि साईकल खरिद गरेर बितरण गरेको हो । नगरपालिकाको प्राङ्गणमा एक कार्यक्रम आयोजना गर्दे नगरपालिका साईकल बितरण गरेको हो । कार्यक्रममाको प्रमुख अतिथि नगर प्रमुख दिलिप बगडिया, उपमेयर केशव कुमारी खराल, कार्यकारी अधिकृत
धरान । बेला बितेपछि गाउँमै पनि तोरीको साग ‘चिज’ हुन्छ । सिजनमा समेत मुठाको २० रुपैयाँ भन्दा कम्तिमा पाइँदैन ‘तोरीको साग’ । उदयपुरको बेलका–९ कमलाबारीका प्रदीप खड्का घरैमा मुठाको १० रुपैयाँमा साग पाएपछि खुसी भए । तर उनले त्यो सागलाई बीसै रुपैयाँ तिरे । छिमेकमा रहेको वरपीपल माध्यमिक विद्यालयका विद्यार्थीले गरेको मिहिनेतले प्रदीप खड्कामात्र होइन, विद्यालय वरपर घर भएकाहरु सबै प्रभावित छन् । घरमा ‘सिन्का नभाँच्ने’ केटाकेटी विद्यालयमा मिहिनेतले सामूहिक खेती गरिरहेका भेटिन्छन् । विद्यार्थीको मिहिनेतको सही मूल्याङ्कन गर्दै खड्काले बीसै रुपैयाँ दिए । ‘सम
मोरङ । विराटनगर ७ स्थित मेरिल्याण्ड कलेजकी छात्रा सिम्रन अग्रवाल त्रिभुवन विश्वविद्यालयको विविएस् तेश्रो बर्षको परिक्षाफलमा सर्वाधिक अंक ल्याएर नेपाल प्रथम भएकी छिन् । उनले ८२ दशमलव ८ प्रतिशत अंक ल्याएकी हुन् । परिक्षामा ९७ जना विद्यार्थी सहभागी भएका थिए । कलेजका ३ जना डिस्टिङ्सन, २२ जना प्रथम श्रेणी सहित उत्कृष्ट नतिजा ल्याउन सफल भएको मेरिल्याण्डको प्रीन्सिपल लक्ष्मण ढकालले बताए । मेरिल्याण्ड कलेजकी छात्रा सिम्रनले २०७५ सालमा विविएस् प्रथम बर्षको परीक्षामा पनि प्रदेश प्रथम गरेकी थिईन् । त्यस्तै मेरील्याण्डका छात्र किन्जल पोख्रेल २०६९ सालमा नेपाल प्रथम भई तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भ
धरान । सामाजिक क्षेत्रमा उपयोगी रहेको शिक्षा प्रदान गर्न धरानमा पहिलो पटक ब्याचलर इन सोसियल वर्क पठनपाठन हुने भएको छ । त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा धरान–१ स्थित धरान मोडल कलेजमा बिएसडब्ल्यु विषयको अध्यापन शुरु गरिएको मंगलबार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । कार्यक्रम कोअर्डिनेटर मोहन श्रेष्ठले यो विषय जीवनउपयोगी, व्यवहारिक र स्कोप पनि भएको बताए । विषय अध्यापन गराइयो भने जीवनमा पनि उपयोग हुने र राम्रो स्कोप भएकोले विषय छानेर ल्याइएको उनको भनाई छ । क्याम्पस प्रमुख प्रविन राईका अनुसार यो चारवर्षे कार्यक्रम हो । चारदिन पढाइ हुने र दुईदिन फिल्डवर्क, कार्यअनुभव गर्नेपर्ने हुन्छ