धरान/ मंगलबार श्री सम्यक शिक्षा आधारभूत विद्यालय धरान १७ उदय टोलले आफ्नो २५ औं बार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।
१७ नं वडा कार्यालयका वडा अध्यक्ष श्री सूूर्यबहादुर (मनोज) भट्टराई ज्यूू प्रमुख अतिथि रहेको थिए । सो कार्यक्रममा शैक्षिक सत्र २०८० मा कक्षा प्रथम, दोस्रो र तेस्रो हुनेलाई पुरस्कार वितरण गरिएको थियो ।
पुरस्कृत हुनेहरुमा क्रमश: एल.के.जी. मा बेबो राई, विपिसा राई र दिप्सन राई, कक्षा एकमा एलिसा राई, आयुुसा धामी, सोनिम गुरुङ, कक्षा दुुईमा आहाना राई, रेशम वि.क., रेवन वि.क., कक्षा तीनमा आस्थान् राई, आशिष कुँवर छन् ।
त्यसैगरि सोया तामाङ, कक्षा चारमा देश लिम्बु, समिर सुयल, शितल राई, कक्षा पाँचमा अस्मिता कुँवर, शितल तामाङ, आरती बराईली, कक्षा छ मा आँचल राई, निखिला वि.क., दिपक सुयल, कक्षा सातमा श्रद्धा राई, मोहन रुचाल र सुसान्त तामाङलाई पुुरस्कार वितरण गरेको थियो ।
वर्षको उत्कृष्ट छात्र कक्षा आठमा अध्ययनरत् मोहन रुचाल र उत्कृष्ट छात्रा कक्षा छ मा अध्ययनरत् शितल तामाङलाई दुई हजार र प्रमाण पत्र सहित पुरस्कृत गरेको थियो । साथै धरान राउण्ड टेबल २६ ले विद्यालयलाई १० थात डेस्क बेञ्च, १५० थान कापी, कक्षाकोठा मर्मत पनि गरेको थियो ।
विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीमती कमला बुढाथोकी ज्यूको सभापतित्वमा सम्पन्न भएको हो ।
सो कार्यक्रममा विगत आठ वर्षदेखि विद्यालयलाई भौतिक तथा स्टेशनरी सहयोग गर्नुु हुने धरान राउण्ड टेबल २६ लाई सम्मान गरेको थियो ।
सो कार्यक्रममा सम्यक शिक्षा समूहका अध्यक्ष अनुपमा शाक्य, धरान राउण्ड टेबल २६ का अध्यक्ष सेन्के अग्रवाल तथा पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।